समाचारको शक्ति : साउदीको कोठाभित्र बिरामी भएर छटपटाइरहेका नेपालीको मन्त्रीको पहलमा उद्धार



हाम्रो इकोनोमि

 

 

काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले साउदी अरवको जेद्धामा कोठामा छटपटाइरहेका श्रमिकको भाइरल भिडियो आएपछि उद्धारका लागि पहल गर्नुभएको छ । उहाँले उपचार र उद्धारका लागि पहल गरेपछि साउदी अरेबियास्थित नेपाली दूतावासले तत्कालै चासो दियो ।

शनिवार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नेपाली श्रमिक जाजरकोटका आइस राना पीडाले छटपटाइरहेको तस्वीर र भिडियो प्रकाशित भएको थियो । आइतवार नेपाली दूतावासका कर्मचारी र श्रम सहचारी सहितको टोली उहाँ रहेको स्थानमा गएर उहाँको अवस्थाबारे जानकारी लिएको छ ।

श्रम सहचारी प्रेम उपाध्याय र भाषा अनुवादकसहित दूतावासको टोली राना भएको ठाउँमा गइ उपचारका लागि स्थानीय अस्पतालमा लग्नुभएको सुखद खबर आएको छ । नेपाली दूतावासले रानासहित जेद्धामा अलपत्र परेका आठ जना नेपाली श्रमिकहरुको दैनिक खानाको प्रवन्ध गर्दै आएको थियो ।

आठमध्ये एकजना नेपाल फर्किसक्नुभएको छ भने अन्य छ जना मंगलवार नेपाल फर्कने तयारीमा हुनुहुन्छ । रानाको पनि नेपाल फर्कने टिकटको व्यवस्था गरिएको थियो । तर, उहाँमाथि पुलिस केस भएकोले एक्जिट भिसाको लागि समय लाग्ने नेपाली दूतावासले जनाएको छ ।

 

उहाँ बिरामी परेपछि नेपाल फर्कने व्यवस्थाका लागि नेपाली दूतावासले आइतवार नै इमिग्रेसनलाई पत्राचार समेत गरेको नेपाली काउन्सिलर शत्रुधन पोखरेलले बताउनुभयो ।रानाको अवस्था अहिले सामान्य रहेको पोखरेलले बताउनुभयो । जनबोलीलाई प्राप्त भिडियो यस्तो थियो ।

प्रतिक्रिया दिनुहोस
हेटौंडा बजारको घरटहरामा भोलिबाट डोजर चलाउने तयारी

   हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्गको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र...

बुढानीलकण्ठ नगरपालिकाको १२औं स्थापना दिवस सम्पन्न

  बुढानीलकण्ठ नगरपालिकाको १२औं स्थापना दिवस मनाइएको छ । मंगलबार नगरपालिकाको प्राङ्गण, हात्तीगौडामा...

हेटौँडा बजारको ५३१ घर भत्काँउदै सरकार

     सडक डिभिजन हेटौँडाले २५–२५ गज सडक बिस्तार गर्दा हेटौँडा उपमहानगरपालिकाले बिस्थापित...

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...