जापानी सम्राटको राज्याभिषेक सर्‍यो, राष्ट्रपति भण्डारी म्यानमारबाटै स्वदेश फर्कने



हाम्रो इकोनोमि

 

जापान सरकारले त्यहाँका नयाँ सम्राट नारूहिताको राज्याभिषेक समारोह तीन सातापछि नोभेम्बर १० का लागि सार्ने भएको छ । उक्त राज्याभिषेक समारोहमा समेत सहभागी हुने कार्यक्रमसहित म्यानमार भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी जापान नगई त्यहाँबाट नेपाल फर्कने भएकी छिन् ।

सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भने, ‘राज्याभिषेक समारोह सरेको हो भने राष्ट्रपति जापान जानुहुन्न । म्यानमारको भ्रमण सकेर स्वदेश फर्कनुहुनेछ ।’
जापानको सरकारले आइतबार बैठक बसी राज्याभिषेकको नयाँ तालिका सार्वजनिक गर्ने समाचारमा जनाइएको छ ।

राष्ट्रपति भण्डारीले आइतबारसम्म म्यानमारको भ्रमण पूरा गरी त्यतैबाट आइतबार जापान जाने कार्यक्रम थियो ।

राष्ट्रपति म्यानमार जाँदा जापान भ्रमणबारे मौन बसेको परराष्ट्र मन्त्रालयले भने शुक्रबार मात्रै जापान भ्रमण गर्ने जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस
ट्रम्पद्वारा दुई साताको युद्धविराम घोषणा

  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्बन्धित बढ्दो तनावकाबीच दुई साताको युद्धविराम घोषणा...

इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...