केटाहरु किन यस्तो साधनको प्रयोग गर्न मानदैन्न ? खास कुरा यस्तो



हाम्रो इकोनोमि

 

एक अध्ययनले युवाले यौन सम्पर्कको समयमा कन्डमको प्रयोग गर्ने रुचिमा कमी आएको देखाएको छ।

अमेरीकाको इन्डियाना विश्वविद्यालयले गरेको एक अध्ययनले युवामा कन्डमको प्रयोग गर्नुपर्छ भन्ने मानसिकता घट्दै गएको देखाएको हो। सन् २००२ देखि २०१० सम्ममा आफ्नो पहिलो यौन सम्पर्कको समयमा करिब ८० प्रतिशत युवाले कन्डमको प्रयोग गर्ने बताएका थिए। तर हालै गरिएको अध्ययनले सो संख्या घटेको देखाएको छ।

उक्त अनुसन्धानका प्रमुख डेबी हेर्बिनिकले युवामा कन्डमको बारेमा गलत धारणा रहेको तथा उनीहरुमा गर्भ रोक्न मात्र कन्डम प्रयोग हुने बुझाइ रहेको बताइन्। साथै उनले युवाहरुमा यौन सम्पर्कको समयमा कन्डमको प्रयोग गर्दा पूर्ण रुपमा सन्तुष्टी पाइँदैन भन्ने गलत धारणा रहेको बताइन्।

‘कन्डम गर्भ रोक्न मात्र प्रयोग गर्ने होइन, अहिले महिलाहरु असुरक्षित गर्भ रोक्न पिल्स तथा अन्य गर्भ निरोधक साधन प्रयोग गर्छन् जुन राम्रो पक्ष हो, तर कन्डमको प्रयोगले अन्य यौन रोग सर्न दिँदैन,’ उनले भनिन्। उनले आफ्नो यौन साथीमा कुनै यौन रोग भए नभएको थहाँ नहुने भएकाले कन्डमको प्रयोग अत्यन्तै जरुरी भएको बताइन्।

उनले युवामा भएको अश्लिल चलचित्र हेर्ने बानीका कारण पनि कन्डमको प्रयोग घटेको हो। उनले भनिन् ‘अहिले धेरै युवाहरुले अश्लिल चलचित्र हेरेर यौन जीवनका बारेमा जानकारी लिन्छन्, उनीहरुले त्यहाँ यौन सम्पर्कको समयमा कन्डमको प्रयोग भएको देख्दैनन् र परिणाम स्वरुप उनीहरु पनि कन्डम प्रयोग गर्न रुचाउँदैनन्,’ उनले भनिन्, ‘म सधै युवाले कन्डमको प्रयोग गरोस् भन्ने चहान्न तर आफ्नो पार्टनरभन्दा दोस्रो महिलासँग यौन सम्पर्क राख्ने हो भने कन्डमको प्रयोग गर्नु अत्यन्त जरुरी छ।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...