चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान



हाम्रो इकोनोमि

 

अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई वटा विधामा अन्तर्र्राष्ट्रिय सम्मान प्राप्त गरेको छ । थाइल्याण्डको फुकेटस्थित र्‍याडिसन रिसोर्ट एन्ड सुइट्समा सम्पन्न ‘ग्लोब समिट, २०२५’ मा चर्चिल इन्स्टिच्युटले उत्कृष्ट सम्मेलनपत्र र उत्कृष्ट प्रस्तुतिकरण विधामा उक्त सम्मान प्राप्त गरेको चर्चिल इन्स्टिच्युटका निर्देशक सागर लोहनीले बताए ।

‘ग्लोबल लिडरसिप इन हस्पिटालिटी एन्ड टुरिजम म्यानेजमेन्ट’ शीर्षकमा आयोजित दोस्रो संस्करणको ग्लोब समिट यही जुन २१ देखि २३ सम्म आयोजना भएको थियो । निर्देशक लोहनीले भने, “यो सम्मानले विश्वको आतिथ्यता र पर्यटन क्षेत्रलाई थप सुदृढ बनाउने अनुसन्धानप्रतिको हाम्रो प्रतिबद्धतामा थप बल पुगेको छ, यस अन्तर्राष्ट्रिय मञ्चमा चर्चिलकोतर्फबाट प्रतिनिधित्व गर्ने सबैलाई धन्यवाद दिन चाहन्छौँ ।” सम्मेलन पर्यटन तथा आतिथ्य क्षेत्रमा नवप्रवर्तन, दिगोपना र नेतृत्व विषयमा केन्द्रित थियो ।

सम्मेलनमा विश्वभरका पर्यटन, आतिथ्य र शिक्षा क्षेत्रका विज्ञ, प्राध्यापक तथा उद्योग नेतृत्वकर्ताहरूको उल्लेखनीय उपस्थिति थियो । त्यस अवसरमा चर्चिल इन्स्टिच्युटका प्राध्यापकहरूले प्रस्तुत गरेका दुई अनुसन्धानपत्रले सबैको ध्यान खिचेको थियो । सम्मेलनमा डा सिद्धार्थ जैन, डा सय्यद महमुद अहमद र डा रोन्सिनले सम्मेलनपत्र प्रस्तुत गरेका थिए । साथै प्रस्तुतिकरणतर्फ प्रस्तुतकर्ता डा थोमस डेनिगनका साथमा सहलेखकहरु डा सिद्धार्थ जैन र डा सय्यद महमुद अहमद थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...