अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक



हाम्रो इकोनोमि

 

 

नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो अञ्जु श्रेष्ठ । बुबा ईन्द्र्र बहादुर श्रेष्ठ र आमा गंगामाया श्रेष्ठकी सन्तानको रुपमा २०४८ साल असोज २१ गते जन्मीएकी गायीका अन्जु श्रेष्ठ ललितपुरको कुपन्डोलकी स्थायि बासिन्दा हुन् । कलानिधी ईन्दीरा संगीत महाबिधालयबाट शास्त्रिीय संगीतमा डिप्लोमा गरेकी श्रेष्ठले वि.सं २०७२ सालमा आफ्नै शब्द र स्वरमा ‘रातो साडी’ बोलको तिज गीत मार्फत औपचारिक संगीत यात्रा सुरु गरेकी हुन् ।

शुक्रबार उनको नयाँ गजल ‘यो माया नि कस्तो’ भिडियो सहित सार्वजनिक भएको छ । अमेरिका निवासी साहित्यकार तथा गीतकार भूपेन्द्र महतको शब्द तथा दिप घतानीको संगीतमा रहेको यस गजलको भिडियोमा गायिका श्रेष्ठ स्वयंको अभिनय देख्न सकिन्छ । उसो त यस अघिका अधिकांश आफ्ना गीतका भिडियोमा श्रेष्ठ स्वयंले अभिनय गर्दै आएकी छन् । सञ्जिव बराईलीको संगीत संयोजन रहेको गजलको भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका हुन् ।

प्रेमको गहिराईका भिन्न भिन्न आयामहरुलाई उत्तिकै महत्वका साथ हेरिएको यस गजलमा संयोग र वियोगको अवस्थालाई स्वकार भावमा रहेर कलात्मक रुपमा चित्रण गरिएको छ । उत्सव दाहालको छायाँकन तथा विकास दाहालको सम्पादन रहेको भिडियोको प्रोडक्सन म्यानेजरमा दिपेन्द्र गौतम रहेका छन् । दशक लामो आफ्नो साँगीतिक यात्रामा आधुनिक, पप, गजल, बाल गीत लगायत दर्जनौं गीतहरुमा आवाज भरेकी उनि साहित्यकर्मी निकट गायिका हुन् । यस अघि पनि प्रज्वल अधिकारी, विकास प्रहर, शिव पलाँस, सुषमा देवकोटा लगायतका युवा स्रष्टाहरुसंग सहकार्य गर्दै आएकी श्रेष्ठका सबै विधागत गीतहरुको शाब्दिक मिठास पृथक पाईन्छ ।

उसो त उनि आफैं पनि राम्रो गीत लेख्ने क्षमता राख्दछिन् । ‘आँखा बन्द गरिरहेँ’, ‘मनले आफ्नो ठाने’पछि लगायतका गीतहरु गायिका श्रेष्ठका शव्द सृजना हुन् । स्कुले जीवनमा गायनसंगै चित्रकला, नृत्य, दौड, भलिवल, लङ्गजम्प लगायतका खेलहरुमा पनि उत्तिकै सक्रिय थिईन् । सानैबाट स्कुलमा हुने कार्यक्रममा उद्घोषिका भएर कार्यक्रम समेत चलाएकी उनि यतिबेला सञ्चारकर्मीका रुपमा पनि सक्रिय छिन् ।

नेपाल पत्रकार मञ्चको नयाँ कार्यसमिति सदस्य समेत रहेकी श्रेष्ठ मिडिया हाउस ‘केटिएम भ्वाईस’ अन्तरगत ‘सेलिब्रेटी भ्वाईस’ कार्यक्रमकी प्रस्तोता पनि हुन् । ‘रातो साडी’, ‘रंगीयो तिजले’, ‘खोजिरहेछु’, ‘ढाकाटोपी’, लगायतका गीतहरु हुँदै सुरु भएको गायिका श्रेष्ठको पछिल्लो समय सार्वजनिक गीतहरु ‘तिमिसंगै’ र ‘खोला जस्तो जिन्दगी’ पनि सकारात्कम चर्चा सहित अघि बढिरहेका छन् । नयाँ गीतहरुको सार्वजनिकको तयारीमा समेत रहेकी श्रेष्ठ र गायक प्रताप दासको आवाजमा रहेको ‘पहिलो मिलन’ गीत पनि बजारमा आउने अन्तिम तयारीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...

भोटेकोशी बाढीपीडितका लागि बुढानीलकण्ठका कर्मचारीले १५ लाख ७२ हजार आर्थिक सहयोग गर्ने

     रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो...

रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...