यी हुन् विश्वका अनौठा र अचम्मलाग्दा १० रेस्टुरेण्ट



धेरै जसोलाई फुर्सदको बेला र भोकले छट्पट्याएको बेला राम्रो अनि मीठो खाने कुरा पाइने रेस्टुरेण्टमा जान मन लाग्छ । खासमा भन्ने हो भने आफ्नो नजिकको साथीहरूसँग रेस्टुरेण्टमा समय बिताउन पाउँदा त्यो पल नै अनमोल हुन्छ। तर के तपाईँ यी १० रेस्टुरेण्टहरूमा जाने हिम्मत गर्न सक्नुहुन्छ ? यी १० रेस्टुरेण्टहरू आफैमा असाधारण, अनौठो र अजीब, त्यसको साथसाथै सुन्दर र अद्वीतिय पनि छ ।

१. ‘स्काइसिटि’, क्यानडा

‘स्काइसिटि’, क्यानडा

जमीनबाट १५० फिट माथि बसेर पनि आरामले खान पाउनु, मानिसको लागि अब सपना मात्रै भएन, यो त सत्यतामा परिणत भइसकेको छ । यो रेस्टुरेण्टको नाम ‘स्काइसिटी’ हो। तस्विर हेर्नुहोस् त, ‘तस्विर आफै बोल्नेछ !’

‘स्काइसिटि’, क्यानडा

२ ‘रेडवुड्स ट्रिहाउस’, न्यूजिल्याण्ड

‘रेडवुड्स ट्रिहाउस’, न्यूजिल्याण्ड

जमीनबाट ३२ फिट माथि त्यो पनि रूखमा बसेर खान मिल्ने रेस्टुरेण्ट हो यो ‘रेडवुड्स ट्रिहाउस’। रूखलाई घेरेर गोलो बस्ने ठाउँ र सुन्दर प्रकाश दिएर बनाइएको छ यसलाई । यो न्यूजिल्याण्डको ‘वार्कवोर्थ’ भन्ने ठाउँमा पर्दछ। यो ठाउँमा ३० जना सम्म बस्न मिल्दछ ।

‘रेडवुड्स ट्रिहाउस’, न्यूजिल्याण्ड

३. ‘मोडर्न टोइलेट’, ताइवान, चीन

‘मोडर्न टोइलेट’, ताइवान, चीन

यो रेस्टुरेण्ट तपाईँले सोच्नुभएको भन्दा पनि अजीब छ । यहाँ टोइलेटको प्यानको आकारमा बनेको भाँडामा खाने कुराहरू दिइन्छ । यहाँको बस्ने ठाउँ पनि टोइलेटको जस्तै आकारमा बनेको छ । क्या अचम्म !!

‘मोडर्न टोइलेट’, ताइवान, चीन

४. ‘इथा अण्डर सि रेस्टुरेण्ट’, माल्दिभ्स

‘इथा अण्डर सि रेस्टुरेण्ट’, माल्दिभ्स

माल्दिभ्समा अवस्थित यो रेस्टुरेण्टमा पानी मुनि जिउँदो माछाले घेरिरहेको दृश्य हेर्दै खान पाउँदा साँच्चै नै सपना देखेजस्तै हुँदो हो ।

‘इथा अण्डर सि रेस्टुरेण्ट’, माल्दिभ्स

५. ‘ए३८० इन–फ्लाइट किचेन’, ताइपेइ, चीन

‘ए३८० इन–फ्लाइट किचेन’, ताइपेइ, चीन

चीनको ताइपेइमा अवस्थित यो रेस्टुरेण्टलाई ए३८० विमानमा परिवर्तन गरिएको छ । यस विमानमा बसेर खाना खानको लागि महङ्गो टिकेट काटेर जान पनि पर्दैन ।

‘ए३८० इन–फ्लाइट किचेन’, ताइपेइ, चीन

६. ‘हाजिमे रेस्टुरेण्ट’, थाइल्याण्ड

‘हाजिमे रेस्टुरेण्ट’, थाइल्याण्ड

रोबटले नै तपाईँको अर्डर लिएर, सर्भ गरेर अनि बिल पनि रोबटले नै लिएर आउँदा तपाईँलाई कस्तो महशुस हुन्छरु ब्याङ्कक, थाइल्याण्डमा एउटा रेस्टुरेण्ट छ जसको नाम ‘हाजिमे रेस्टुरेण्ट’ हो जहाँ तपाइँलाई रोबटले नै सेवा प्रदान गर्नेछ ।

‘हाजिमे रेस्टुरेण्ट’, थाइल्याण्ड

७. ‘काउण्ट ड्रयाकुला क्लब’, रोमानिया

‘काउण्ट ड्रयाकुला क्लब’, रोमानिया

यो यस्तो डरलाग्दो रेस्टुरेण्ट हो जहाँ बस्दा तपाईँलाई पुरानो युगमा गएको भान हुन्छ । यो रेस्टुरेण्टमा धेरै कोठाहरू छन् र हरेक कोठामा आ-आफ्नै भिन्न वातावरण सिर्जना गरिएको छ। हरेक कोठामा ड्रयाकुला र भ्यामपायर भएको भान पनि हुने यो रेस्टुरेण्टमा जानु रोचक नै हुँदो हो ।

‘काउण्ट ड्रयाकुला क्लब’, रोमानिया

८. ‘क्लदिङ्ग अप्सनल डिनर्स, म्यानह्याटन

‘क्लदिङ्ग अप्सनल डिनर्स, म्यानह्याटन

नग्न कार्यकर्ता, ‘जोन जे। अर्डोभर’ले म्यानह्याटन, न्युवोर्कमा हरेक महिनामा एउटा विशेष कार्यक्रमको आयोजना गर्छन्, जहाँ मानिसहरू त्यहाँ आएर नग्न भएर रेस्टुरेण्टमा खानुपर्ने हुन्छ । यो हरेक महिनाको एकदिन हुन्छ र शहरकै रोचक विषयको कुरा हुन्छ ।

‘क्लदिङ्ग अप्सनल डिनर्स, म्यानह्याटन

९. ‘डिज्यास्टर क्याफे’, स्पेन

‘डिज्यास्टर क्याफे’, स्पेन

नामले नै बताउँछ कि यो रेस्टुरेण्टमा सेवा प्रदान गर्दा डिज्यास्टर, यानिकी ‘विपत्तिजनक’ तरिकाले गरिन्छ। ७.८ को भूकम्प गएजस्तो अनि तुफान चलेर सबै उडाउन लागेजस्तो वातावरणमा एकदमै रोचक ढङ्गले खान पाइने यो रेस्टुरेण्ट पनि अचम्मको छ ।

‘डिज्यास्टर क्याफे’, स्पेन

१०. ‘क्यानिबालिस्टिक रेस्टुरेण्ट’, जापान

 ‘क्यानिबालिस्टिक रेस्टुरेण्ट’, जापान

‘क्यानिबल’ यानिकी, मानिसको मासु खाने ! तर ढुक्क हुनुहोस्, यहाँ मानिसको मासु दिँदैन, यहाँ त मानिसको जस्तै शरीर बनाएर त्यहाँभित्र खाने कुराहरू राखेर दिइन्छ । यसो हेर्दा मानिसलाई नै काटेर मासु खाएजस्तो दृश्य देखिन्छ, यो रेस्टुरेण्टमा ! उक्त शरीरलाई ‘न्योताइमोरी’ भनिन्छ र त्यसभित्र जापानी खाना सुसी र ससिमिको सेवा गरिन्छ ।

 ‘क्यानिबालिस्टिक रेस्टुरेण्ट’, जापान

 

प्रतिक्रिया दिनुहोस
दक्षिण कोरियामा विमान दुर्घटना, १७९ जनाको मृत्यु, २ को उद्धार

    दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा १७९ जनाको मृत्यु भएको

दक्षिण कोरियामा विमान दुर्घटना, ६४ जनाको मृत्यु

    दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६४

रवि लामिछानेको बयान सकियो

  पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

भुटानी राजपरिवारको सदस्यहरु काठमाडौंमा

    भुटानी राजपरिवारका सदस्यहरु निजी भ्रमणका लागि काठमाडौं आएका छन् । विहीबार