‘घाँटी भन्दा तल त राम्री नै छे’ को प्रचार गर्दा केकीलाई यति ठुलो फसाद



हाम्रो इकोनोमि

 

महिला हिंसाको बिरोधमा सधैँजसो आवाज उठाउँदै आएकी अभिनेत्रीमा पर्छिन् केकी अधिकारी । सोहि कारण पनि धेरैले उनलाई प्रशंसा गर्दै आएका छन् । तर, अहिले आएर उनि एउटा सानो गल्तीका कारण ठुलो लफडामा तानिएकी छिन् ।

एक हप्ताअघि आर्जन पाण्डेले अभिनय गरेको गीत केकीले आफ्नो अफिसियल पेजमा शेयर गरेकी थिइन् । पाण्डे केकीका निकै नजिकका साथि (वजारमा चलेअनुसार अघोषित प्रेमी) हुन् ।

उनले अभिनय गरेको गीत ‘घाँटी भन्दा तल त राम्री नै छे’ हो । सो गीतमा मोडल छिन्, केकीको नजिकका साथी रिमा विश्वकर्मा र आर्जन । रिमा पनि महिला हिंसाका विषयमा पटक–पटक आवाज उठाउने अभिनेत्रीमा पर्छिन् । गीत अहिलेपनि युट्युवमा पाइन्छ ।

रिमाले आफ्नो फेसबुकदेखि हटाएपनि केकी र आर्जनको फेसवुकमा भने यथावत छ ।

खासमा उक्त गीतका शव्दहरुले महिलालाई होच्याउने, र तल पार्न खोजेको भन्दै धेरैले महिलाको अपमान गरेकोले उक्त गीत तुरुन्तै हटाइनुपर्ने माग गरिरहेका छन् । सामाजिक सन्जालमा निकै विरोध भैरहेको छ ।

गीतको विरोध गर्नेमा दर्शक मात्रै छैनन्, कलाकारहरु पनि छन् । गायिका आस्था राउत, संगीतकार चेतन सापकोटा, निर्मल शर्मा, दिपकराज गिरी, पत्रकार डब्बु क्षेत्री लगायत धेरैले गीतको चर्को विरोध गरेका छन्, केकी तथा रिमाको पनि उत्तिकै आलोचना भैरहेको छ । प्रतीक पौडेलको म्युजिकमा आर्जन आफैले स्वर दिएको

सामाजिक सन्जालमा चर्को आलोचना भैरहेपनि आर्जन, केकी, रीमा कसैले आफ्नो धारणा राखेका छैनन् ।

प्रतीक पौडेलको म्युजिकमा आर्जन आफैले स्वर दिएको उक्त गीत अहिलेसम्म १ लाख २७ हजारले हेरेका छन् ।

युट्युवमा आएका अधिकांश कमेन्टले गालि मात्रै गरिएको छ । राम्रो प्रशंसा भेट्टाउन गाह्रै पर्छ ।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...