सुरेन्द्र केसीलाई अभिनेत्री करिश्माको चेतावनी : आइन्दा बोल्दा विचार गर्नुहोला



 

अभिनेत्री करिश्मा मानन्धरले राजनीतिक विश्लेषक सुरेन्द्र केसीमाथि कडा प्रहार गरेकी छन् ।

सामाजिक संजाल फेसबुकमा एक स्टाटस राख्दै उनले केसीको व्यक्तित्वमाथि नै प्रश्न उठाएकी छन् ।

आफ्ना श्रीमान् विदोद मानन्धरले पोखरामा सुरेन्द्रलाई भेटेर आफू करिश्माको श्रीमान् भनेर परिचय दिएको प्रति उनले केहीदिनअघि मिडियामा अन्तर्वार्ता दिँदै आलोचना गरेका थिए ।

उनको आलोचनाप्रति करिश्माको प्रश्न छ, ‘यदि करिश्मा केसीले आफ्नो जात बदलेर करिश्मा मानन्धर गर्न सक्छ भने विनोदजीले म करिश्मा मानन्धरको श्रीमान् भन्दा के बेइज्जत भयो रु वाहाजस्तो व्यक्तित्वबाट मैले यो आशा गरेको थिइन ।’

श्रीमान् विनोदको बचाउ गर्दै करिश्माले आयन्दा बोल्दा विचार गर्नसमेत सुझाव दिएकी छन् ।

हेर्नुस् करिश्माको स्टाटस :

डा. सुरेन्द्र के.सी विश्लेषक , बोलिरहनु हुन्छ , तर कहिलेकाही के बोल्नु हुन्छ के !!!त्यो वाहाको बोलाइको आधारमा वहाको व्यक्तित्व आन्दाज गर्न मुस्किल जस्तो !!

हालै एउटा अन्तरवार्तामा वाहाले भन्नू भयेको रहेछ कि सिनेमाका व्यक्तिहरुले आफ्नो व्यबहार र आचरणका कारण आफुलाइ निम्न स्तरमा पारेका छन र उदाहरण दिदा मेरो श्रीमान बिनोद जी को नाम लिनुभएको रहेछ ।

पोखरामा बिनोद जी ले वाहालाई देखेपछि आफै गएर भेट्नु भयोरे अनि म करिश्माको श्रीमान भन्नू भयो रे तेस्ले बिनोद जी ले आफ्नो इज्जत घटाउनु भयो रे !! वाहाले म बिनोद मानन्धर भनेर किन नचिनाएको रे एस्ता त छन अनि के इज्जत हुनुरे ! ( बिनोद मानन्धर , ईश्वर मानन्धरको इतिहास हेर्नुस् अलिकति ) येदि करिश्मा के. सी ले आफ्नो जात बद्लेर करिश्मा मानन्धर गर्न सक्छ भने बिनोद जी ले म करिश्मा मानन्धरको श्रीमान भन्दा के बेइज्जत भयो ?

वाहाजस्तो व्यक्तित्व बाट मैले यो आसा गरेको थिइन ।

जबकी जब बिनोद जी पोखराबाट फर्किनु भयो कस्तो उत्साहित भयेर भन्दै हुनुहुन्थ्यो र भन्दै हुनुहुन्थ्यो मैले पोखरामा डा. सुरेन्द्र के . सी लाई भेटेनी , म आफै बोल्न गए , ( बिनोद जी ले सुरेन्द्र के.सी को सबै अन्तरवार्ता फलो गर्नुहुन्छ र वाहाको भनाइ मनपराउनु हुन्छ )

बिनोद जी ले आफ्नो परिचय दिदा करिश्माको श्रीमान भनेको ले बिनोद जी कसरी इज्जत बिहिन हुनुभयो डा . के सी ?

जो मानिस आफू राजा जस्तो बनेर हिड्न चाहान्छ नि उस्ले आफ्नो श्रीमतीलाई रानी सरहको व्यबहार गर्छ ।

अनि जो मनिस तपाईंको आगाडी सम्मानका साथ झुकेर बोल्न आउँछ नि त्यो उस्को कमजोरी होइन त्यो उस्को बडप्पन हुन्छ ।

तेइबेला तपाई , बिनोद र मेरि छोरी कविताको युटुब कुराकानी जब मेरो छोरिले सेयर गरन ममि भन्दा मैले गरिन, त्यो कुरामा कबु म संग रिसाएको थियो !! त्यो तपाईं प्रती उस्को सम्मान थियो बुझ्नुभयो ! तर त्यो कुराकानीमा मेरो परिवारको साधारण पन देखेर तपाईंको आनुहारको बेवास्ता मैले पढेकोले त्यो सेयर गरिन ।

आफ्नो ज्ञानलाई दम्भ होइन हजारौं नबलेका दियो बाल्ने ज्योती बनाउनुस ।

बिनोद मानन्धर तपाईंको तुलनामा कुनै कुरामा कम छैन ।

सबैभन्दा ठुलोकुरा उहाँमा मानवता छ र उहाले तपाईंले जस्तो आरुको नचाहने जजमेन्ट गरेर अरुको बारे गलत व्याख्या गर्नुहुन्न ।

अब आइन्दा बोल्दा विचार गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग