सलमानले आफ्नी प्रेमिकालाई दिए यस्तो ‘बर्थडे गिफ्ट’हेर्नुहोस्



 

बलिउड अभिनेता सलमान खानले आफ्नी प्रेमिका लुलिया वन्तुरलाई उनको जन्मदिनको अवसरमा ‘डायमन्ड रिङ’ उपहार दिएका छन् ।यही साता जुलाइ २४ मा मनाइएको उनको जन्मदिनको अवसरमा सलमानलाई गहना उपहार दिन उनकै आमाले सुझाव दिएकी थिइन् । ३९ वर्षीया गायिका लुलिया रोमानियाकी नागरिक हुन् ।

सलमानले ‘बर्थडे गिफ्ट’को रुपमा हिराको औँठी उपहार दिएको कुरालाई बलिउडमा गस्सिप बनाइएको छ । इन्डियन मिडियाका अनुसार सलमान पछिल्लो केही वर्षयता लुलियासँग गहिरो प्रेममा छन् ।रोमानियन ‘टेलिभिजन शो’को होस्ट रहेकी लुलियाले केही वर्षयता बलिउडमा पनि काम गर्दैआएकी छन् । ‘रेस ३’ लगायत फिल्ममा गीत गाइसकेकी छन् ।

नेपाली चलचित्र क्षेत्रका यी ६ महँगा नायकहरु , लिन्छन् यति धेरै पारिश्रमिक
काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा केही यस्ता कलाकारहरु रहेका छन् । जसको पारिश्रमिक सुनेर तपाईलाई अचम्म लाग्न सक्छ । किनभने उनीहरु अहिलेका चर्चित र महंगो कलाकारहरु हुन् । जो आफ्नो डेब्यू चलचित्रबाटै चर्चाको शिखरमा पुगे । आज हामी त्यस्तै नेपालका ६ महँगो नायकहरुको बारेमा कुरा गदै छौँ । हेर्नुस् ,को को हुन् ?

अनमोल केसी
अनमोल केसी अहिलेको चर्चित र महँगो नायक हुन् । उनले चलचित्र होस्टेलबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए । उनको पछिल्लो समय ए मेरो हजुरले राम्रो ब्यापार गरेको छ । त्यसपछि अहिले अनमोलको नयाँ चलचित्र ‘ब्याचलर बन्टी’ को लागी ५० लाख पारिश्रमिक लिएका छन् ।

प्रदिप खड्का
‘प्रेम गीत’ चलचित्रबाट राम्रो सफलता हात पारेका नायक प्रदिप खड्का पनि नेपालका महंगा नायक हुन् । उनले चलचित्र ‘रोजी’का लागि २५ लाख रारिश्रमिक लिएका थिए । पदिपले आफ्नो चलचित्र ‘इस्केप’बाट चलचित्रमा प्रवेश गरेका थिए । जुन चलचित्र सफल भएन् ।

पल शाह
नेपाली चलचित्र ‘नाइ नभन्नु ल ४’ बाट डेब्यू गरेका नायक पल शाह पनि अहिलेका महँगा र चर्चित नायक हुन् । उनले ‘हृदय भरी’ चलचित्रका लागि २० लाख पारिश्रमिक लिएका थिए ।पछिल्लो समय उनको विर बिक्रम २ चलचित्र रिलिज भएको थियो । जसले बक्स अफिसमा राम्रै ब्यापार गर्यो । पलले चलचित्रमा डेब्यू गर्नुभन्दा पहिले धेरै म्युजिक भिडियोमा काम गरिसकेका थिए ।

आकाश श्रेष्ठ
अहिलेका चर्चित मोडल तथा नायक आकाश श्रेष्ठले ‘म तीम्रै हुँ’ चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा डेब्यू गरेका थिए । उनी पनि अहिलेको महंगा र ब्यस्त नायक हुन् । उनले चलचित्र ‘सम्हालिन्छ कहिले मन’का लागि १८ लाख पारिश्रमिक लिएका थिए ।

पुष्प खड्का
पछिल्लो समय चलचित्रबाट राम्रो सफलता हात पारेको नायक पुष्प खड्का पनि अहिलेको ब्यस्त र महँगा नायक हुन् । नेपाली चलचित्र ‘अझैपनि’ डेब्यू गरेको पुष्पको पछिल्लो समय मगंलमय बाट एकाएक चर्चामा आएका थिए । उनले केही समय अगाडि दार्जिलिङका निर्देशकले अफर गरेको एक चलचित्रका लागि ३० लाख मागेका बताइन्छ । हाल उनी चलचित्र मारुनीमा ब्यस्त छन् ।

विपिन कार्की
हरेक चलचित्रको फरक फरक अभिनयको कारण चर्चामा आएका नायक विपिन कार्की पनि महँगा नायक हुन् । नेपाली चलचित्रमा ‘छड्के’ बाट डेब्यू गरेका विपिन ‘पशुपती प्रसाद’ को भष्मे डनको भूमिकाले निकै चर्चामा आएका थिए । उनले पनि एक चलचित्रको लागी १८ लाख पारिश्रमिक लिने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग