श्रीमतीले सुन्दरताको सिमा नाघेपछि श्रीमानले उठाए दुनिया चकित पार्ने यस्तो कदम !



 

 

एक युवक आफ्नी श्रीमतीको सुन्दरता देखेर जलन हुन थालेपछि निकै खतरनाक काम गरेका छन् । भारतको मुम्बइमा बस्ने आफ्नी श्रीमती शहरका पुरुषहरुको कुदृष्टि पर्ने ड*रले उनले आफ्नी श्रीमतीको अनुहारभरी लामखुट्टे मा*र्ने क्वाइल अड्याउने स्ट्याण्डले नराम्रोसँग कोतरीदिएका थिए ।

मिडिया रिपोर्टका अनुसार यो घ*टनालाई अहिले मुम्बइको क्रा*इम ब्रान्चले हेरिरहेको छ । आरोपीको नाम राज रायकवार बताइएको छ ।

यो घ*टना पछि उनकी श्रीमतीले घरेलु हिंसा र दाइजोको विषयमा मुद्दा दर्ता गराएकी थिइन् । त्यस पछि उनीविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको हो ।

बहुविवाह गराएको आरोपमा फिल्म निर्देशक सम्झना र फोटोपत्रकार विकास रौनियारविरुद्द मुद्दा

नायिका शिल्पा पोख्रेल र निर्माता छबी ओझाको बहुबिबाह गराएको आरोपमा फिल्म निर्देशक सम्झना रौनियार र फोटोपत्रकार विकास रौनियारविरुद्द मुद्दा परेको छ । विकास रौनियार शिल्पाले भाई टिका लगाएकी दाई हुन् भने सम्झना विकासकी पत्नी हुन् ।

छबीकी जेठी पत्नी हेमाले बहुविवाह मुद्धा गरेसँगै रौनियार दम्पत्तीविरुद्ध पनि मुद्धा परेको हो । हेमाको मुद्धा हेरिरहेको यूनाइटेड नेपाल लिगल सर्भिसेजले निर्देशक विकास र सम्झनासँगै काठमाडौं महानगरपालिका वडा नं। ८ का वडा अध्यक्ष समेतको विरुद्धमा उजुरी दिएको छ ।

उनीहरुमाथी बहुविवाह गराएको आरोप लगाइएको छ । छवी र शिल्पाको विवाहका साक्षी बसेका सम्झना र विकाससँगै बहुविवाह दर्ता गरेका वडा अध्यक्ष सहित विवाह दर्ता प्रक्रियामा सामेल भएका सम्पूर्ण कर्मचारी विरुद्ध उजुरी परेको हो । शिल्पालाई बैनी बनाएका रौनियार दम्पत्तीले विवाहमा कन्यादान दिएका थिए ।

उनीहरु दोषी ठहर भएमा बहुविवाहको मुद्धामा दोषी ठहर भएकाहरुलाई तोकिएको सजायको आधा सजाय उनीहरुले समेत भोग्नु पर्ने हुन्छ । बहुविवाहको मुद्धामा दोषीलाई १ देखि ५ वर्षसम्म जेल र १० देखि ५० हजारसम्मको जरिवाना हुने व्यवस्था छ । साक्षीहरुको हकमा माथि उल्लेखित सजायको आधा सजाय हुने व्यवस्था छ ।

 

प्रचण्डकी नातिनी होइन, गायिका स्मिता दाहाल !

स्मिता दाहालले नेपाली गायन उद्योगमा निरन्तर राम्रा गीत पस्कन थालेकी छन् । उनले क्षमता र स्वरको गुणस्तरकै कारण निरन्तर गीत गाउने अवसर पाइरहेकी हुन् ।

कतिपयले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी भएका कारणले नै उनको गायन निरन्तर चलिरहेको आरोप लगाउने गरेका छन् । स्मिता आफैंले भने विभिन्न अन्तरवार्ताहरूमा भनेकी छन्,‘मेरो परिचय गायिका स्मिता दाहालका रूपमा नै स्थापित गर्न चहान्छु, प्रचण्डकी नातिनी भनेर होइन ।’

शुक्रबार मात्रै उनको स्वर भरिएको गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको थियो । त्यसको केही दिन अघि पनि उनको स्वर भरिएको गीत सार्वजनिक भएकै थियो ।

यो निरन्तरताको कसी भनेको उनको क्षमताकै प्रभाव हो । त्यसैले संगीतकारहरूले पनि उनको स्वरको गुणस्तरताको मापन गरी राम्रा गीतहरूमा समावेश गराउन थालेका छन् ।

यसले उनको परिचयको आधार स्वतन्त्र पनि बनाएको छ । अब, उनलाई प्रचण्डकी नातिनी होइन, गायिक स्मिता दाहाल भनेर चिन्न र चिनाउन कुनै पनि अड्चन छैन । किनभने उनले दर्जनौं गीतमा सफलता हात पारीसकेकी छन् ।

उनका गायन रहेका गीतका म्युजिक भिडियोमा नामी कलाकारले अभिनय गरिसकेका छन् । प्रियंका कार्की, आँचल शर्मालगायतका चल्तीका अभिनेत्रीले उनको स्वरको म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

जसरी राणाहरूको परिवारमा जन्मिएर आफ्नो लेखन कलाको फरक पहिचान बनाउन बालकृष्ण सम सफल भए, स्मिता पनि त्यहि लयमा हिँडेकी छन् । उनको परिश्रमको पूर्वाद्धमा प्रचण्डसँग जोडेर व्याख्या गरिए पनि कालान्तरमा उनको स्वरका कारणले आफ्नो निजी परिचय बनाउन दाहाल सफल हुनेछिन् ।

परिवारले पनि उनलाई राजनीतिमा आउन दबाब दिएको छैन । उनले जुन क्षेत्रमा आफूलाई स्थापित गर्न खोजेकी छन्, सोही क्षेत्रको निरन्तरताका लागि प्रोत्साहन गरेका छन् । खासगरी स्मिताकी आमा गंगा दाहालले । प्रचण्डका हरेक राजनीतिक गतिविधिको तालिका र कार्यक्रम तयलगायतका काममा अभ्यस्त भए पनि गंगाले स्मिताको गायनलाई प्रोत्साहन गर्न सँधै सहयोग गरेकी छन् ।

स्मिताको क्षमताको त प्रचण्ड आफैंले पनि कदर गरेका छन् र कतिपय एल्बम बिमोचनका कार्यक्रममा भनेका थिए,‘स्मितासँग बेग्लै र फरक क्षमताको गायन कला छ । यसलाई निरन्तरता दिँदै सफल गायक बन्ने गतिमा उनी हिँडेकी छन् । मेरो सहयोग र समर्थन जारी रहनेछ ।’

एक संगीतकार भन्छन्,‘नाता र परिचयले अवसरका लागि ढिलो वा चाँडो स्थान पाए पनि कला हुने मानिस स्वतन्त्र परिचय बोकेर हिँड्न सक्छ । त्यसैको उदाहरण हुन्, स्मिता दाहाल । उनी राजनीतिक परिवारको घरानामा जन्मिए पनि गायनमा लगाव हुनु र निरन्तरता दिनु अस्वभाविक कलाको उपज हो ।’

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग