मध्यरातमा सुस्माले फेसबुकमा आक्रोशपुर्ण स्टाटस पोस्ट गरिन्



हाम्रो इकोनोमि

 

नायिका सुस्मा कार्कीले सोमबार आफ्नो फेसबुकबाट बोल्ड तस्बिर सार्वजनिक गरिन् । स्विमिङ्ग पुलको तस्बिर सार्वजनिक गर्ने बित्तिकै विभिन्न खाले गसिप बन्न थाल्यो ।

उनको विकिनीको तस्बिर पहिलो पटक मिडियामा छाएको भने होइन । तर सोमबार सामाजिक सञ्जालमा आफुले पोस्ट गरेको तस्बिर एकाएक चर्चामा आउने थालेपछि सुस्मालाई सकस भएछ क्यारे ।

मध्यरातमा उनले फेसबुकमा आक्रोशपुर्ण स्टाटस पोस्ट गरिन् ।

सोमबार राती ११ बजेतिर सुस्माले आफ्नो फेसबुक स्टाटसमा लेखेकी छिन्, ‘अब स्विमिङ पुलमा कुर्था लगाएर स्विमिङ गर्नु पर्ला ।

काम नपाएकाहरु पैसा कमाउनको लागि अरुको फेसबुकबाट फोटो तान्दै समाचार बनाउछन् । भिकारीहरु अर्काको फोटो प्रयोग गरेर पैसा कमाऊ ।’

सुस्माले भने जस्तै कुर्था लगाएर स्विमिङ खेल्न सोभा नदेला । तर पैसा कमाउन फोटो तानेर समाचार बनाउँछन् भन्ने आरोपको खण्डन भैरहेको छ ।

अझ भिकारी भनी उनले गरेको सम्बोधनले उनको वैचारिक स्तर झल्काउने धेरैको टिप्पणी छ । केही दिन अगाडी मात्रै आफ्नो फोटोलाई नकारात्मक टिप्पणी गर्नेलाई अर्की नायिका साम्राज्ञी शाहले कुकुरका संज्ञा दिएकी थिइन् ।

उसो त सुस्मा कार्की आफै विभिन्न स्क्याण्डलमा परि रहिन्छन् । आफैं मरेको स्टाटस लेख्न लगाएर केही साल अगाडी सुस्माले धेरैले शशंकित बनाएकी थिइन् भने सलमान खानसँग खिचेको फोटो फेसबुकमा राखेर उनी चर्चामा आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...