फेरि भाइरल बन्याे शिक्षक-विद्यार्थीकाे लाजमर्दो भिडियो



 

 

चम्पारणको केसरियामा एक शिक्षकले मर्यादाको रेखा नाघेर पवित्र सम्बन्धलाई लज्जित बनाइदिएका छन् ।

त्यहाँको चाद पसरास्थित मध्य विद्यालयका प्रधान शिक्षकको यो कर्तुतले पुरै इलाका स्तब्ध बनेको छ ।शिक्षक रुपेश कुमार सिंहले आफ्नै विद्यालयकी एक नाबालिक छात्रालाई यौनसिकार बनाएका थिए ।

यो अवैध सम्बन्धको अश्लील भिडियो समेत लिक भएपछि भाइरलै बनेको छ ।यो घटना प्रमुख जिल्ला अधिकारी अनुपम कुमारको जनता दरबारसम्म पनि पुगेको छ ।

डीडीसीको आदेशमा डीईओले घटनाको जाँच गरिरहेको छ ।यसैबीचमा विद्यालयका अध्यक्ष जितेन्द्र कुमार मिश्राले पनि प्रहरीमा मुद्दा दर्ता गराएका छन् ।

तर प्रहरीले न्यायालयबाट पक्राउ पूर्जी नपाएका कारण अहिलेसम्म आरोपी शिक्षकलाई गिरफ्तार गरेको छैन् ।

ट्युसन क्लासमा भयो सेक्स समाचार अनुसार मध्य विद्यालयका शिक्षक रुपेश कोचिङ क्लास पनि चलाउथे । उनले कोचिङमै विद्यालयकी छात्रालाई आफ्नो सिकार बनाएका हुन् ।

त्यही बेला भिडियो क्लिप बनेको थियो । प्रहरीले भिडियो कसले बनायो र छात्रासँग अरुले पनि अवैध सम्बन्ध राखे की भन्ने बारेमा अनुसन्धान गरिरहेको छ ।भिडियो नै सार्वजनिक भएपछि रुपेशलाई जागिरबाट बर्खास्त गरिएको छ । प्रहरी उपरीक्षक मुन्द्रिका प्रसादले घटनाको प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको बताएका छन् ।

यो पनि पढ्नुस् – हिमालय एअरलाइन्सले साउन ६ गते (जुलाई २२) देखि काठमाण्डाै-ढाका सीधा उडान गर्ने भएको छ।काठमाण्डाै-ढाका रुटमा एयरलाइन्सले १५० इकोनोमी क्लास र ८ प्रिमियम इकनोमी क्लास सिट क्षमता भएकाे न्यारो बडी जहाज ए ३२०–२१४ उक्त रुटमा सञ्चालनमा ल्याउने बताइएकाे छ ।

एयरलाइन्ससँग अहिले तीन वटा नयाँ एयरबस ३२०–२०० का जहाजहरु उपलब्ध छन् ।व्यावसायिक तथा घुमघाम प्रयोजनका लागि बंगलादेश जाने यात्रुलाई लक्षित गरि नयाँ उडान तालिका सार्वजनिक गरिएको एयरलाइन्सले जानकारी दिएको छ।मध्यपूर्वी एसियाका गन्तव्य स्थलहरु दोहा, दुबई/आबुधाबी तथा दमामको नियमित उडानसँगै, ढाकाको नयाँ उडानले बंगलादेशसहित मध्यपूर्वी एसियाका यात्रुका लागि काठमाण्डौ ट्रान्जिट हबको विकल्प बन्ने एयरलाइन्सकाे अपेक्षा छ ।

हिमालय एअरलाइन्सले हप्ताको तीन दिन ढाका उडान गर्ने कम्पनीले जनाएकाे छ । एयरलाइन्सको एच९ ६७८ बिमानले काठमाडौंबाट स्थानीय समय ११ः१० मा उडान गर्ने र स्थानीय समय १३ः१० मा ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनेछ।एच ९ ६७९ विमानले ढाकाबाट स्थानीय समय २ः१० मा उडान गर्ने त्यसै दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३ः२० मा उत्रने बताएकाे छ। दुईतर्फी उडानमै प्रिमियम इकाेनोमी क्लासमा २५ किलोसम्मको ब्याग निःशुल्क हुने र इकाेनोमी क्लासमा २० केजीसम्मको छुट हुने कम्पनीले जनाएकाे छ।

एअरलाइन्सले ‘एसएयर एयर बीडी’ कम्पनीलाई लाई आफ्नो साधारण बिक्री एजेन्ट (जीएसए) को रुपमा नियुक्त गरेको छ ।‘एसएयर एयर बीडी’ले बंगलादेशमा हिमालय एयरलाइन्सको प्रतिनिधित्व गर्दै बिक्री, बजारीकरण, बजार विकास, आरक्षण र टिकट सम्बन्धी सेवाहरु प्रदान गर्ने जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग