प्रेमिकाकी आमासँग शारीरिक सम्पर्क



 

 

एक युवकले सामाजिक सञ्जालमा डेटिङको सबैभन्दा आश्चर्य पार्ने घटना सेयर गरेका छन् । घटना पढ्दा सबैलाई अचम्म लाग्यो । उनीहरुले यसलाई कुनै कथाभन्दा कम ठानेका छैनन् ।

टिन्डर(डेटिङ एप्लिकेसन/वेबसाइट)मा म्याच भएपछि युवक र युवातीबिच प्रेम बस्न पुग्यो । उनीहरुबीच सम्बन्ध राम्रो हुँदै गएपछि युवतीले आफ्नो अभिभावकसँग भेट्न ती युवकलाई बोलाइन् । तर त्यहिँ साँझ युवकले जीवनमा नसोचेको घटनाको सामना गर्नुपर्यो ।

२१ वर्षको युवकले केहीवर्ष पहिला ४० वर्षीया महिलासँग शारीरिक सम्बन्ध राखेका थिए । एक बारमा भेटिएका दुईजना शारीरिक सम्बन्धसम्म पुगेको थियो ।

बारमा भेटिएको महिलासँगको केही महिनापछि युवकको भेट डेटिङ साइट टिन्डरमा १९ वर्षकी युवतीसँग भयो | त्यसपछि उनीहरु बीच प्रेमसम्बन्ध शुरु भयो । दुवैबीचको सम्बन्ध राम्रो हुँदै गएपछि युवतीले उनलाई आफ्नो अभिभावकसँग भेट्न बोलाइन् ।

तर, केटीको घरछेउ पुगेपछि केटाको होस उड्यो । केटाले देखेको घर त्यहि थियो जहाँ उ गर्लफ्रेन्डको आमासँग आइसकेको थियो । केटाले दुःखी हुँदै आफ्नो सबैकुरा गर्लफ्रेन्डलाई बतायो ।

शुरुवातमा गर्लफ्रेन्डलाई मजाकजस्तो लागिरहेको थियो । तर युवकले उसको आमाको नाम नै भनिदिएपछि केटीले उसको कुरामा विश्वास गरिन् । त्यसपछि उनीहरुको ब्रेकअप भयो ।

युवकले सोसल साइट रेड्डिटमा आफ्नो नाम नलेखि यसरी पूरा घटना लेखेका छन् । एजेन्सी

पहिलो भेटमै शारीरिक सम्पर्क भयो, के गर्ने ?

पहिलो भेटमा शारीरिक सम्पर्क भयो भने त्यो प्रेम सम्बन्ध अगाडि बढ्दैन । किनभने यस्तो सम्बन्धमा एकअर्कामा शंका बढदै जान्छ ।’ केही बर्षअघि एक तालिममा प्रसंगवस तपाईंले यसै भन्नुभएको थियो । आज तपाईंको त्यो भनाइ मेरो जीवन-भोगाई बनेको छ । केही समय अघि रोजगारीको सिलसिलामा एक युवतीसँग परिचय भयो । फिल्डमा थियौं । उस्तै काम र एकै क्षेत्रमा भएकाले हामी नजिक भयौं । हामीवीच शारीरिक सम्बन्ध पनि रहन गयो । शारीरिक सम्पर्कपछि उनलाई केही पश्चाताप लागेको हुनुपर्छ, मैले यस्तै महसुष गरेको छु ।

 

उक्त घटनाको एक वर्षपछि अर्थात अहिले उनी मबाट टाढिदै गएकी छिन् । जबकी हामीले एकअर्कासँगै जीवन विताउने योजना बनाएका थियौं । त्यही अनुसार नै पहिलो पटक शारीरिक सम्पर्क भएको थियो । तर, अहिले उनको आनीबानी फेरिएको छ । उनी खिन्न देखिन्छन् । शारीरिक सम्पर्कका लागि पनि राजी छैनन् । उनी टाढाको यात्रामा वा एकान्तमा जान इच्छुक छैनन् ।

 

म उनीप्रति असाध्यै आकषिर्त छु र जीवनसाथी बनाउन चाहन्छु । तर, उनी क्रमस टाढिदैछिन् । मलाई लाग्छ, पहिलो भेटमै शारीरिक सम्पर्क राखेकाले उनले मेरो आनीबानीमाथि शंका गरेकी छिन् । हुन त मलाई पनि उनीमाथि त्यस्तै शंका लागेको थियो । एकै भेटमा शारीरिक सम्पर्कका लागि राजी हुने कस्ती केटी होलान् भनेर सोचेको थिएँ । तर, अहिले त्यस्तो लाग्दैन । मैले त्यो घटनालाई एउटा संयोग मानेको छु ।

 

तर, उनीभने के मलाई शंकाकै नजरले हेरिरहेकी छिन् ? के ममाथि उनको विश्वास टुटेको छ ? पहिलो भेटमै शारीरिक सम्पर्क गरेपछि मित्रता वा सम्बन्ध टुट्छ ? प्रेम सम्बन्ध राख्ने मनासयमा पुगिसकेको बेला शारीरिक सम्पर्क राख्नु ठिक थिएन ? -रमेश

 

रमेशजी, तपाईले आफ्नो उमेर खुलाउनु भएको छैन । तालिमका क्रममा मैंले यो कुरा धेरै स्थानमा भनेका कारण तपाईं कुन तालिममा सहभागी हुनुहुन्थ्यो थाहा हुन सकेन ।  यद्यपी तपाईं अविवाहित भएको र कलेजहरुका कार्यक्रममा भेट भएको हुनसक्छ भन्ने अनुमान गर्न सक्छु । त्यही आधारमा उत्तर दिने प्रयास गरेकी छु ।

 

अनुमान गर्दा तपाईहरु दुवैजना युवा अवस्थामा हुनुहुन्छ । यस्तो उमेरमा विपरीत लि*ङ्गीप्रति आकषिर्त हुनु स्वाभाविक नै हो । मुख्य कुरा यही बेला प्रेममा फस्ने उमेर पनि हो । शरीरमा एकप्रकारको ज्वर प्रशारित भएको हुन्छ । त्यसैले पहिलो भेटमै केही समय व्यथित गर्दा शारीरिक सम्पर्क हुनुलाई मैले आश्चर्य मानेकी छैन । किनभने यो स्वभाविक प्रक्रियाभित्रै पर्छ ।

 

शारीरिक सम्पर्कपछि तपाईंले त्यो घटनालाई जीवनभर सधैं रहने प्रेमपूर्ण काम मान्नु भएको छ कि तत्कालको आवेग, त्यो कुरा छुट्याउनु पर्ने हुन्छ । जीवनभर रहने घटना मान्नु भएको छ भने त्यसलाई अघि बढाउन केही सम्झौता गर्नुपर्ने हुन्छ ।

 

तपाईंहरु शारीरिक सम्पर्क मात्रै हुनुहुन्छ कि प्रेममा पनि अगाडि बढि सक्नुभएको यो कुरा बुझ्न आवश्यक छ । एक पल्ट अचानक शारीरिक सम्पर्क भएको हो भने त्यो कुरा त्यहीँ सकिनु पर्छ । तर प्रेम सम्बन्ध पनि छैन र प्रत्येक भेटमा शारीरिक सम्पर्क हुन्छ भने चाहीँ यो चिन्ताको विषय हो ।

 

तपाईंको प्रश्नबाट तपाईंहरुलाई नजिक हुनासाथ शारीरिक सम्पर्कमै पुग्ने गरेको कारणले चिन्ता बढ्न थालेको देखिन्छ । साथै निजी जीवनमा वा प्रेममा अप्ठेरो स्थिति आउला कि भन्ने चिन्ता पनि उत्तिकै देखिन्छ । भेट हुनासाथ शारीरिक सम्पर्कमा पुगिहालेकोले प्रेमीलाई केही आत्मग्लानी भएको हुनसक्छ । त्यो कुरा तपाईले संकेतको रुपमा पाउनुभएको छ र त्यसले तपाईलाई छटपटी गराएको छ ।

 

हुनत यो उमेर यसरी छटपटाउने खालको पनि हो । तुरुन्तै शारीरिक सम्पर्क भैहालेकोले पनि छटपटाहट बढेको हुनसक्छ । युवतीलाई आफूले बचाएर राखेको भर्जिननेस तोडिएकोमा केही पश्चाताप पनि हुनसक्छ । तपाईहरुको छटपटाहटमा यस्ता थुप्रै पक्षहरुको भूमिका रहेको छ ।

पहिलाका अध्ययनहरुले देखाए अनुसार पहिलो डेटिङ्गमै पनि शारीरिक सम्पर्क भैहालेमा यसले जोडीको दीर्घकालिन सम्वन्धमा खासै असर पर्दैन ।

केही अध्ययनले चाही पहिलो डेटिङ्गमानै हुने शारीरिक सम्बन्धले पार्टनर माथि शंका पैदा हुने वताएको छ । विशेष गरेर शारीरिक समबन्ध पहिलो भेटमानै हुने व्यक्तिले सामाजिक वा प्रेम सम्वन्धलाई बलियो बनाउछ त भन्नेमानै दुविधा भएको पाईन्छ ।

 

अनुसन्धानकर्ताहरुले पहिलो डेटिङमै शारीरिक सम्पर्क हुनासाथ सम्वन्ध नै बिग्रने भनेका छैनन् । तर उनीहरुको भनाईमा गुणस्तरीय शारीरिक सम्पर्क र गुणस्तरीय जीवनका लागि लामो चिनजान वा पटकपटकका डेटिङपछि मात्र शारीरिक सम्पर्क भए राम्रो हुन्छ ।

मनोबैज्ञानिक हिसावले हेर्दा जसरी तपाईहरु अगाडि बढ्नुभयो, त्यसरी नै तपाईंहरुका बीच केही असहज वातावरण बनेको जस्तो देखिन्छ र त्यसको असरले तनावमा धकेलेको देखिन्छ । यसलाई राम्रो मान्न सकिदैन ।

 

एउटा कौतुहल शान्त पार्ने क्रममा अझ थप छटपटी पैदा भएको छ । पढ्नुपर्ने बेलामा अनेक छटपटी भएको छ । हरेक कुरा स्वाभाविक ढंगले अगाडि बढेको खण्डमा त्यसले नतिजा राम्रो दिन्छ । एक अर्कालाई बुझ्न, आफ्नो संस्कृति र नियम कानूनले दिने अनुमति, पारिवारिक स्वीकृति जस्ता पक्षहरुलाई सहज बनाउन केही समय लाग्छ ।

 

एकअर्कालाई बुझ्ने, शारीरिक सम्पर्कका सकारात्मक नकारात्मक पाटाको अध्ययन विश्लेषण गर्ने, भविष्यको के कस्तो योजना बनाउन लागिएको हो, त्यसबारेमा स्पष्ट हुने, जीवनका उच्च प्राथमिकताहरु र न्युन प्राथमिकताहरुका बारेमा राम्ररी थाहा पाउने र आपसमा सञ्चार गर्ने गर्नाले अझ सामिप्यता बढाउँछ, प्रेम सम्वन्ध घनिभूत हुन्छ । यसले बिभिन्न शंका उपशंकाहरु पैदा गर्दैन र मानसिक असर पनि नकारात्मक हुँदैन । यसले पछिको गुणस्तरीय जीवनलाई पनि सहयोग नै गर्छ ।

 

प्रेमीलाई पहिलो शारीरिक सम्पर्कले कति असर गरेको छ भन्ने थाहै नपाई तपाई बढी छटपटिनु भएको हुन सक्छ । यसका लागि तपाईले उनलाई राम्ररी सोध्ने र पछिका दिनहरुमा सहमतिमा अगाडि बढ्न सकिने कुरा बताउनुपर्छ ।

 

अर्थात प्रेमीको प्रतिक्रिया के छ भन्ने स्पष्टरुपमा थाहा पाउनुहोस । समाधान त्यही निस्कन सक्छ । उनलाई नराम्रो असर परेको छ भने पनि आपसमा छलफल गरेर दिल खुलस्त पार्न सकिन्छ । यसले दुबैलाई थप नजिक ल्याउन मद्दत पुर्‍याउँछ ।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग