पहिलोपटक युवतीहरुको चाहना भए पनि शारिरीक सम्पर्क गर्न किन तर्सिन्छन् ? बाहिरीयो यस्तो तथ्य



 

 

इच्छा हुँदापनि पहिलोपटक यौनसम्पर्क गर्दा युवतीहरु तर्सिन्छन् किन ?

युवतीहरुलाई सहबास गर्न इच्छा, चाहना भए पनि उनीहरु सहवास गर्न एकदमै डराउँछन् ।

सहवास गर्दा तिनीहरुलाई केही गर्ने आँट वा हिम्मत नआउने, आफसे आफ आत्मबल घटेर जाने हुन्छ जसले गर्दा कसैसँग पनि सहवास गर्न चाहदैनन् ।

तपाईंलाई थाहै होला कि विभिन्न परिस्थिति हुन्छन् जुन परिस्थितिमा व्यक्तिलाई डर लाग्छ । यो एउटा स्वाभाविक प्रक्रिया पनि हो ।

सहवास राख्दा यौन साथी कस्तो पर्ला भन्ने डर, नचिनेको व्यक्तिसँग सहवास राख्दा यौन रोग लाग्ने डर वा कसैसँग सहवास राख्दा कसैले देख्ला कि भन्ने डर वा विवाह पूर्व सहवास राख्दा कसैले थाहा पाउला कि भन्ने डर लाग्छ ।

विशेष गरेर डर लाग्नु पर्ने कारण साधारण वा सानो भए पनि यसप्रति व्यक्तिले देखाउने प्रतिक्रिया भने असामान्य रूपमा बढी हुन्छ र व्यक्ति भयभित हुन पुग्छ ।

डर वा भय उत्पन्न गराउने तत्वको अनुपस्थितिमा वा अति नै थोरै भए पनि व्यक्ति आफ्नो सोचकै भरमा अति नै भयभीत हुने स्थिति भने असामान्य हो, तपाईंलाई पनि यस्तै भएको देखिन्छ । छोटकरीमा भन्ने हो तपाईमा सहबास इच्छा भए पनि सहवासको भयले सताएको छ ।

सहवासको भय भएका व्यक्ति सहवासको सुरुवात गर्न खोज्दा वा यसको विचार मात्र आए पनि भयभित हुन्छन्, संत्रासबाट आक्रान्त हुने स्थिती आउँछ ।

तपाईंका कतिपय लक्षण डर लागेर आउने होस् वा मुटु कमजोर भएकाले होस् यो स्थितीसंग सम्बन्धित भए जस्तो देखिन्छ ।

पहिले कुनै सहवास आघात पुग्ने किसिमको अप्रिय घटना यसको कारण भएको पाइन्छ । अर्का तिर कतिपय व्यक्ति आफ्नो शरीर वा व्यक्तित्व राम्रो नभएको मानेर असुरक्षा अनि हीनभावनाले ग्रसित हुन्छन् जसले गर्दा यस्तो स्थिति आइपर्न सक्छ ।

पहिलोपटक सहवास गर्दा भयलाई कसरी कम गर्न सकिएला भने आध्याँरोदेखि होस् वा सर्पदेखि भयभित हुने कुरा धेरैले बुझ्न सक्लान तर धेरै ले यौन सम्पर्कदेखि नै भयभित हुने कुरा बुझ्न गाह्रो हुन्छ किनभने सहवास राख्न सबैजसो नै लालायित हुन्छन् । यस्तो समस्याको समाधान गर्न नसकिने होइन तर यो व्यक्तिअनुसार फरक-फरक हुनसक्छ ।

यस प्रकारको भयको जडसम्म पुग्न आवश्यक छ । तपाईंले यसको जडसम्म पुग्न आफैंलाई र आफ्नो विगतका घटना र त्यसले आफूलाई पारेको प्रभावका बारेमा केलाउनु पर्ने हुन्छ ।

त्यसका लागि तपाईंले मनोचिकित्सक, मनोरोग विशेषज्ञ वा मनोपरामर्श दिने व्यक्तिको सहायता लिनुपर्ने हुन्छ ।

यो पक्कै हो कि यस्ता किसिमका समस्या समाधान गर्न र सामान्य स्थितिमा आउन समय लाग्न सक्छ तर तपाईं आत्मविश्वासका साथ अघि बढ्नुभयो भने यस्ता समस्याको समाधान सम्भव छ । 

किन पुरुषलाई शारिरीक सम्पर्क गर्ने बित्तिकै निन्द्रा लाग्छ पूरा हेनुहोस्

महिला र पुरुषबीच यौनसम्पर्क भइसकेपछि कतिपय पुरुषहरु तुरुन्तै निदाउने गर्छन् भने कतिपय महिलाहरुमा त्यसको असर २४ घण्टासम्म देखिने गर्छ ।

यौनसम्बन्ध राख्नेवित्तिकै महिलालाई अंगालो नहाली वा कुराकानी नगरी निदाउने पुरुषप्रति महिलाहरुको धारणा फरक हुने गर्छ । जस्तो कि स्वार्थी, माया नगर्ने, असन्तोषी जस्ता आरोपहरु लगाउने गर्छन् ।

तर, के वास्तवमै यौनसम्पर्क राख्नेवित्तिकै निदाउने पुरुष साँच्चै स्वार्थी हुन्छन् त ? किन पुरुषलाई यौनसम्पर्क राख्नेवित्तिकै निन्द्रा लाग्छ ?

सामान्यतयाः रातको समयमा यौनसम्पर्क राख्ने गरिन्छ । रातको समयमा प्रायः मानिसहरु थाकेका हुन्छन् । यौनसम्पर्क राख्नेवित्तिकै निन्द्रा लाग्नुको पहिलो कारण यहि नै हो । तर, यौनसम्बन्ध प्राकृतिक प्रक्रिया हो ।

यौनसम्बन्धको बारेमा महिला र पुरुषको शरीरमा भिन्न प्रकारको प्रतिक्रिया उत्पन्न हुन्छ । महिला अग्रानिज्म अझै उत्तेजित हुन्छ र महिलाहरु यौनसम्बन्धपछि झन् बढी पुरुषको मायामा पर्छन् ।

पुरुष अग्रानिज्म भने यौनसम्बन्धपछि इज्याकुलेट हुन्छ र हर्मोन उत्पादन हुन्छ । जसले शरीरमा आलस्यता पैदा गर्छ साथै यौनसम्पर्कको दौरान शरीर निकै थाक्ने भएकाले पुरुषहरु छिट्टै निदाउने विभिन्न अनुसन्धानमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग