सरस्वती लामा भन्छिन पहिला मजा लिएर हेर्छन अनि पछि छि-छी गर्छन [भिडियो हेर्नुहोस ]



 

 

पछिल्लो समय रक गीत गाएर चर्चा कमाउन सफल भएकी गायिका हुन् सरस्वती लामा । हाल उनी स्टेजमा कार्यक्रमहरुमा हिपहप र रक गीत गाउदै नाच्न र नचाउननै व्यस्त छिन् । “उडि जाने हावा” बोलको गीतबाट गायन क्षेत्रमा प्रवेश गरेकी हुन ।

सोलुखुम्बु जिल्लाकी सरस्वती लामा हट कलाकारको लिस्टमा पर्ने गर्छिन् । उनले गीत लेख्ने देखि लिएर सङ्गीत दिने, भिडियो निर्देशन तथा मोडलिङ पनि आफै गर्छिन्।

उनले गाएका कतिपय गीत चर्चामा पनि रहेको छ । गीत लेख्नेदेखि संगीत भर्ने र भिडियो निर्देशन समेत आफै गर्ने उनी गीत गाएर भन्दा पनि अङ्ग प्रदर्शनले चर्चामा आइरहेकी छन् । उनको सक्रियता गीतमा मात्र छैन मोडलिङमा पनि छ ।

तर, यता धेरै काम गर्दा पनि उनलाई चिन्नेहरु गायिका वा मोडल मात्र भन्दा पनि ‘भल्गर’ गायिका भन्छन् ।

एक युट्युब च्यानलसँगको कुराकानीमा उनले दर्शकले आफ्नो प्रस्तुतिले मनोरंजन लिन्छन् अनी छिछि भन्दै गाली गर्ने गरेको गुनासो गरेकी छिन्। ‘धेरै मानिसहरु छन्, जो आउँछन्, सेल्फी खिच्छन् । प्रस्तुतीमा रमाउँछन् । तर पछि तिनैले ‘सरस्वती उच्छृङ्खल छे’ भन्छन् ‘, उनले भनेकी छिन्।

कुनै समय फिल्मका ‘हिरोइन’हरु ‘ग्ल्यामरस’ र ‘सेक्सी’ देखिने निहुँमा ‘भल्गारिटी’ पस्किन्थे । त्यसमा चर्चामा आउने उनीहरुको स्वार्थ लुकेको हुन्थ्यो । जतिखेर रेखा थापाहरु चर्चामा आइरहे ।चर्चाको ‘हत्कण्डा’मध्ये एक ‘भल्गारिटी’ हो ।

हिरोइन रेखा थापा, रेजिना उप्रेती, पुजना प्रधानहरु त्यही ‘फर्मूला’ले चर्चामै टिकिरहेका थिए । त्यो समयमा उनीहरुलाई ‘अवतारी नायिका’सम्म भनिन्थे ।

अब अवतार फेर्ने पालो गायिकाहरुको आएको छ । सबैलाई गायिकाहरुलाई भन्न खोजिएको होइन । केही यस्ता गायिका छन्, जो चर्चाकै लागि स्टेजमा ‘भल्गर’ हुँदै आएका छन् । यसले सम्बन्धित क्षेत्रका संघसस्था र व्यक्तिहरुलाई भने टाउ दुखाएको छ ।

लोकगायिका ज्योति मगरमात्र नभएर ‘रक गायिका’को उपमा भिरेकी सरस्वती लामा जस्ताहरु पछिल्लो समय गीतभन्दा ‘फिट’ बिकाइरहेका छन् । नेपाली संगीत क्षेत्रमा गायनभन्दा ग्ल्यामरस बढीलाई ‘फिट’ भनिन्छ ।

‘फिट’ हुनकै लागि ज्योतिले छोटो पहिरनमा प्रस्तुत हुँदै आएकी छन् ।मानौ, ज्योतिका लागि लामो पहिरन बन्न वर्जित छ । देश–विदेशका स्टेजमा ज्योति आधा नितम्ब देखाएर प्रस्तुत हुने गर्छिन् । द्विअर्थी शब्द बोल्नेशैली त सामान्य बन्दै गएको छ । तर, ज्योति आफ्नो ‘भल्गारिटी स्टाइल’लाई सहर्ष स्वीकार्छिन।

‘छोटो र पारदर्शी लुगा लाउँदैमा केही नबिग्रिने’ उनको बुझाइ छ । उनले एक अन्तर्वातामा भनिन्, ‘अहिलेको जमानामा छोटो लुगाको विरोध गर्नु भनेको समयअनुसार चल्नु नसक्नु हो ।’
‘भल्गर ड्रेसअप’ र भावभंगीकै कारण चर्चामा आइरहने ज्योति बेला–कुबेला विवादमा समेत आउने गरेकी छन् ।

तर, ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’भने जस्तै विरोध गर्नेहरु कराइरहेका छन्, देखाउनेहरुले देखाइरहेकै छ ।ग्ल्यामरस भावभंगी ज्योतिका लागि ‘ट्याग’ बनिसकेको छ । तर, यसैबेला ‘रक गायिका’ सरस्वतीहरु संगीत क्षेत्रमा यसरी देखिए कि हलिउड गायिका केटी पेरी र लेडी गागाहरुलाई माथ खुवाउँदैछन् ।

हुन त सकरात्मक र नकारात्मक कुरामा कसैको प्रभाव हुन सामान्य हो । गायिका इन्दिरा जोशीलाई हलिउड पपस्टार साकिराको प्रभाव छ । जसका कारण उनी अहिले यो स्थानमा छिन् ।आफूलाई ‘नेपाली साकिरा’ भन्न रुचाउँने इन्दिरा नेपाली संगीत क्षेत्रमा टिकिरहनु ‘साकिरा फर्मूृला’ नै हो किनकि, दर्शक तथा श्रोताले उनको गायन खाशै रुचाउँदैनन् ।

गायन नरुचाए पनि साकिराको नक्कल र ‘ग्ल्यामरस’शैलीका कारण उनका लाखौ फ्यान र प्रशंसक छन् ।ग्ल्यामरसको नाउँमा ‘भल्गारिटी’ पस्किँदै आएकी सरस्वतीलाई लेडी गागाको प्रभाव परेको छ । उनको हाउभाउ र स्टाइल तथा डे«सअपले त्यही बताउँछ ।

संगीत क्षेत्रमा लामो समय संघर्ष गरेर पनि आफूलाई स्थापित र चर्चामा ल्याउन नसकेपछि ‘गागा नक्कल’ अंगिकार गरेकी सरस्वती थोरै समयमा धेरैपटक विवादमा आइसकेकी छन् ।

पारदर्शी पहिरनसँगै बेला–कुबेला मिडियासँग प्रस्तुत हुँदा बोल्ने शैलीका कारण उनी विवादमा आउने गरेकी हुन् ।

केही महिनाअघि एक यु–ट्युब च्यानललाई दिएको अन्तर्वातामा ‘कि पूँजीले चल्छ कि … ले चल्छ’ भनेपछि विवादमा आइन् ।हुन त ज्योति, सरस्वतीहरुमात्र नभएर अधिकांश गायिकाले अन्तर्वातामा द्विअर्थी ‘अश्लील’ लाग्ने शब्द बोल्न थालेका छन् ।

विशेषगरी वर्षे च्याउजस्तै फस्टाएका यु–ट्युब च्यानलहरुले त्यस्ता अन्तर्वाता लिने गरेका छन् । लिने र दिने उस्तै भएपछि सेलिबे्रटी भनिएकाहरुको अन्तर्वार्ता यु–ट्युबमा सुन्नु र हेरिनसक्नुको अवस्था आएको छ ।

यस्ता यु–ट्युब च्यानलहरुले त्यस्तै ‘भल्गर’वा‘अश्लील’ बोल्ने कलाकारलाई खोजी–खोजी अन्तर्वार्ता लिने गर्छन्

। जसले बोल्न लजाउने र देखाउन डराउनेहरु ओझेलमा पर्दै गएका छन् ।कला र प्रतिभा भएर पनि सिधा–साधा भएहरु ओझेलमा पर्न थालेपछि संगीतकार संघ नेपाल, गीतकार संघ जस्ता सम्बन्धीत संघसंस्थाहरुले ‘भल्गरलाई प्रोत्साहन नगर्न’ मिडियाकर्मीसँग आग्रह गर्न थालेका छन् ।

साथै, मेला, महोत्सवहरुमा समेत भल्गर गायिकाहरुको प्रस्तुतीको वर्चश्व हुन थालेपछि त्यस्तालाई संगीत सम्बन्धित केही संघसंस्थाहरुले ‘बहिस्कार गर्न’ आग्रह गरिएको छ ।

पुरा भिडियो हेर्नको लागि नेपाल आजको ’ सरस्वती लामा सँगको भिडियो हेर्नुहोला ।

https://www.youtube.com/watch?v=eSgjIVezWJ8

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग