यस्ता निर्दयी बाबु, बीमा रकम पाउन छोरीकै हत्या



हाम्रो इकोनोमि

 

राैतहटमा एक बाबुले आफ्नै ४ वर्षीया छाेरीको हत्या गरेका छन् । रौतहटको मौलापुर नगरपालिका–६, पथरा बुधरामका रामकिशोर राय यादवले ४ वर्षीया छोरी लक्ष्मीकुमारी यादवको असार १६ गते हत्या गरेका हुन् ।  सुतिरहेकै अवस्थामा हराएकी लक्ष्मीको शव भोलिपल्ट बिहान गाँउकै एक पोखरीमा भेटिएको थियो ।

 

राम किशोरको गतिविधि शंकास्पद लागेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । जीवन बीमा कम्पनीबाट पाउने रकमको लोभमा छोरीको हत्या गरेको उनले स्वीकार गरिसकेका छन् ।

 

यादवले गरुडाको प्रभु लाइफ इन्सुरेन्स कम्पनीमा गएको जेठ १९ गते छोरीको २५ लाखको जीवन बीमा गराएका थिए  । हत्या गर्ने र बीमाको रकम निकाल्ने योजना अनुरुप नै छोरीको बीमा गराएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

 

बीमा बापतको पहिलो किस्ता करिब पौने २ लाख उनले बैंकलाई बुझाइसकेका थिए ।  बीमा गराएको २९ औं दिनमा हत्या गरेको बुझिएको छ । बीमा गरेको एक महिनाभित्र बिमित व्यक्तिको मृत्यु भएमा दोब्बर रकम भुक्तानी पाउने कुरा सुनेकाले यसो गरेको उनको बयान दिएका छन् ।

 

जिल्ला प्रहरी कार्यालय रौतहटमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा रौतहट प्रहरीका डिएसपी तथा प्रवक्ता नविन कार्कीले बिमाको रकम हात पार्नको लागि नवालिक छोरीको निर्ममतापूर्वक हत्या गरेको बताए । राति आमासँगै सुतिरहेकी छोरीलाई बोकेर लगेको र नाक मुख थुनेर हत्या गरी पोखरीमा फालेको यादवले स्वीकारेका छन् ।

 

नाबालिका लक्ष्मीको शव फेला परेपछि प्रहरी अनुसन्धान गर्दै जाँदा रामकिशोरले विमाको ठूलो रकम हात पर्न आफनै कान्छी छोरीको निर्ममतापूर्वक हत्या गरिएको रहस्य खुलेको थियो ।

 

यादवलाई मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...