संसद् बैठक आह्वान गर्न प्रतिपक्षी दलहरूको माग



हाम्रो इकोनोमि

 

प्रतिपक्षी दलहरूले सरकारसँग यथाशीघ्र संसद् बैठक आह्वान गर्न माग गरेका छन् । नेपाली कांग्रेसको आह्वानमा सोमबार बसेको प्रतिपक्षी दलहरूको बैठकले सरकारसँग तत्काल संसद् बैठक आह्वान गर्न माग गरेका हुन् । बैठकमा सहभागी नेपाल कम्युनिस्ट पार्टीका नेता प्रमेश हमालले बैठकबाट दलहरूले सरकारसँग संसद् बैठक आह्वान गर्न माग गरेका जानकारी दिए । प्रतिपक्षी दलको तर्फबाट यथाशीघ्र संसद बैठक आह्वान गरियोस् भन्ने माग गर्ने निर्णय गरेका छौं बैठकपछि उनले भने ।

सद् बैठक आह्वान गरेर जनताका विषयहरु, राष्ट्रियताका विषयहरू, लोकतन्त्रका विषयहरू र संविधान माथि उठेका कतिपय प्रश्नको बारेमा गम्भीर रुपमा छलफल गर्नुपर्ने निर्णय गरिएको उनले जानकारी दिए । नेता हमालले बैठकमा सामसायिमक राजनीतिक विषयामा गमभीर छलफल गरेको बताए । छलफलले नेपालको राजनीतकि वृत्तमा गम्भीर समस्याहरु देखिएको महसुस गरेको उनले बताए । राष्ट्रियताको सम्बन्धमा पनि गम्भीर प्रश्नहरू उठेको छ हमालले भने त्यस्तै किसिमले जनजिविकाको सवालमा र विपद्बाट जनताले पाउनुपर्ने मुक्ति, पुननिर्माणका कुराहरु बारेमा पनि हामीले गम्भीर छलफल गर्‍यौं ।

प्रतिक्रिया दिनुहोस
माछापुच्छ्रे बैंकको नाफा र सञ्चालन मुनाफा दुवैमा वृद्धि

    माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आफ्नो खुद...

कुमारी बैंकको नाफा एक अर्बमाथि

    कुमारी बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा एक अर्ब...

प्रभु बैंकको नाफा वृद्धिमाथि प्रश्न

    प्रभु बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा...

एभरेष्ट बैंकको खुद नाफा १ अर्ब २५ करोड

  एभरेष्ट बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ अर्ब २५...