काठमाडौंमै भेटिन्छन् यस्ता भारतीय भीआईपी मगन्ते, यसरी ठगिन्छन नेपाली



हाम्रो इकोनोमि

 

काठमाडौंमा भिकारीको संख्या कम छैन । सडक पेटीमा दुख विसाएर भिक माग्दै जीवन गुजारा गर्नेको दैनिक सँधैजसो देखिएकै हो । तर, आजभोली यस्ता मगन्ते पनि सक्रिय छन् जो साधारण हिसाबको सहयोग लिँदैनन्, अंग्रेजी बोल्छन् र दैनिकजसो मागेरै गुजारा चलाउने गरेका छन् । ति नेपाली नभएर अधिकतम संख्यामा भारतीय रहेको पाइएको छ ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री रोजगार कोषबाट मगन्तेलाई सक्षम बनाउने र मागी खाने नबनाउने घोषणा गरेका छन् तर भारतीय मगन्तेले हैरानी दिएकोप्रति ध्यान दिएका छैनन् । त्यसमा पनि यीनिहरू ‘भीआईपी’ पनि देखिन्छन् ।

 

यीनिहरूको कपडा सफा हुन्छ । माग्ने शैलीचाहिँ उही । सडकमा हिँडेका अलिक हुनेखाने देख्नासाथ सहयोगको नाममा कागज तेर्साएर मोटै रकम दैनिक जसो उठाउने गर्छन् ।

 

केही महिला अंग्रेजीमा बोलेर सहयोग माग गर्छन् । उनीहरूलाई सहयोग गर्नेले सोध्छ, कहाँ हो तपाईको घर ? उनीहरूको प्रस्ट जवाफ हुन्छ– भारत ।

 

संगठित रूपमा नै सञ्जाल फिजाए जसरी यस्ता मगन्ते फेला पर्ने गरेका छन् । खासगरी काठमाडौंका ‘भीआईपी एरिया’हरू दरबारमार्ग, लाजिम्पाट, चाबहिल, लैनचौर, ठमेललगायतका क्षेत्रमा यस्ता मगन्ते भेटिन्छन् । उनीहरू सिधा भिक माग्दैनन्, कुनै खास आश्रम या विविध नाममा एउटा कागजमा सन्देश लेखेका हुन्छन् अनि, सय रूपैंया भन्दा ज्यादा रकम दिएर हस्ताक्षर गर्न लगाउँछन् ।

 

यसरी माग्नेहरूमा महिलाको संख्या ज्यादा रहेको छ । र, यस्ता महिला पाँचतारे होटललगायतका क्षेत्रमा बढी सक्रिय रहने गरेका छन् । याक एन्डी यति होटल क्षेत्रमा यो समूह अझ सक्रिय छन् । ‘यी माग्ने हुन् कि साँच्चैको सहयोग माग गरिरहेका हुन् थाहा हुँदैन तर राम्रो अंग्रेजी भाषा बोलेर चन्दा उठाउँछन्’, सर्वसाधारण भन्छन्,‘यति भनेपछि कसरी नदिनू ?’

 

भारतीय लोक सभा चुनावका बेला त्यहाँका कतिपय माग्नेलाई नेपालतिर खेदाइएका कारण पनि राजधानी र आसपासका क्षेत्रमा यस्ता व्यक्तिको संख्या बढेको अनुमान गरिएको छ ।

 

अर्कोतिर, विश्वबजारमा फैलिएको माग्नेहरूको सन्जाल र कमाइएको दृष्टिकोण राखेर कतिपय माग्ने सहयोगी सहरतिर छिर्ने गरेको चर्चा छ । भारतको तुलनामा नेपाली भावुकतामा बग्ने भएका कारण पनि उनीहरू काठमाडौंसम्म आइपुगेको बताइन्छ ।

 

यस्ता माग्नेहरूको बसाई र रहनसहन पनि भीआईपी नै हुने गरेका कतिपय दृष्टान्तले प्रस्ट पारेको छ ।  २३ हजार ४ सय पाउन्ड वार्षिक आम्दानी भएका माग्नेहरू पनि भेटिएका छन् । ३१ बर्षका डानियल टेरी नामका एक मगन्तेले हप्तामा कम्तिमा ८० पाउन्ड वचत गर्नेगरेको विभिन्न रिपोर्टमा उल्लेख छ ।

 

डानियल स्लिपिङ व्यागमा सुतेर माग्ने काममा अभ्यस्त हुने गरेका थिए । उनी रकम क्यासमा माग्ने गर्दथे र लन्डनको वाटरफ्रन्ट भन्ने ठाउँमा बस्दथे । विभिन्न निषेधित सहरहरूमा माग्ने क्रममा पक्राउ परी अदालतमा उपस्थित गराएका उनले अदालतमा दिएको बयानमा यस्तो उल्लेख गरेका रहेछन् की उनको वार्षिक आम्दानी २३ हजार ४ सय पाउन्ड हुन्छ । यस्तै शैलीमा अहिले काठमाडौंका मुख्य सहर र चोकमा मगन्तेको संख्या बढेको हो ।

प्रतिक्रिया दिनुहोस
एमालेमा उपाध्यक्षलाई विभाग र सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी तोक्ने तयारी

    नेकपा एमालेको भोलि बस्ने सचिवालय बैठकले नेताहरुको कार्यविभाजन प्रस्ताव पारित गर्ने...

प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो : एमाले

  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहले संसद्लाई छल्ने, अपमान गर्ने...

हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनमा आज पनि प्रधानमन्त्री बालेन शाहको...

प्रधानमन्त्री, मन्त्रीहरू सदनबाट भागे : हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्प्रति सरकार जवाफदेही नभएको भन्दै...