ओली सरकारले दियो भारतलाई कडा जवाफ : नागरिकको स्वास्थ्य बचाउन तरकारी रोक्यौं



हाम्रो इकोनोमि

 

सरकारले आमनागरिकको स्वास्थ्यको ख्याल गर्दै भारतबाट आयात भइरहेको विषादीयुक्त तरकारीमा रोक लगाइएको जानकारी दिएको छ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले आफ्नो देशका उत्पादित तरकारी रोकिएको सम्बन्धमा भारतले देखाएको असन्तुष्टिबारे यसो भनेका हुन्।

आफ्नो देशमा उत्पदित तरकारी नेपालमा छिर्न नदिएको भन्दै भारतीय दूतावासले केही दिन अघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेको थियो ।

दूतावासले लेखेको पत्रमा नरकारी आयात प्रक्रिया निर्वाध सुचारु गराउन आग्रह गरिएको थियो ।

यही सन्दर्भमा मन्त्री बास्कोटाले सरकारको धारणा ल्याएका हुन्। तरकारी तथा फलफूल चेकजाँच नियमित प्रक्रिया हो । यसमा अरु कुनै कारण छैनु, बास्कोटाले भने, नागरिकको स्वास्थ्यको कुरा भएकाले चेकजाँच हुनु राम्रो हो। प्राविधिक समस्या परेको भए हल गर्छौं।

मन्त्री बास्कोटाले नेपालबाट भारत जाने र भारतबाट नेपाल आउने सबै कुरा विषादीरहित हुनुपर्ने अडान राखे। उनले चीन र भारत जहाँबाट आए पनि विषादीरहित तरकारी आउनुपर्ने दोहोर्‍याए।

नागरिकको स्वास्थ्यका लागि यो चेकजाँच गर्नु कुरा राम्रो हो ।

यो त सबैले गर्दा राम्रो हुन्छु, उनले भने, त्यसमा कुनै प्राविधिक सामाग्रीको कारणले झन्झटिलो भएको भए सहज बनाउनुपर्छ । हामी त्यसो गर्न तयार छौँ।

मन्त्री बास्कोटाले कुनै पनि देशले कसैको पनि स्वास्थ्यमा खेलबाड गर्न नहुने बताए । हाम्रो उत्पादनले भारतीयको स्वास्थ्यको खेलबाट गर्न मिल्छ।

न भारतीय उत्पादले नेपालका नागरिको स्वास्थयमा खेलबाड गर्न मिल्छु, उनले भने, यसबारेमा दुवै सरकार संवेदनशील हुनुपर्छ, यो पहिलो शर्त पनि हो। विषादीरहित तरकाी उत्पादनमा उत्पादक सजग हुनुपर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...