महिलाले ३० कटेपछि अनिवार्य गराउनुपर्ने ५ परीक्षणहरु हेर्नुहोस्



हाम्रो इकोनोमि

 

 

उमेरसँगै हर्मोनमा परिवर्तन आउने हुँदा महिला बढी प्रताडी हुनेगर्छन्।त्यसैले ३० वर्ष उमेर पार गरेका महिलालाई समय समयमा स्वास्थ्य जाँच गराउनुपर्ने विज्ञहरु सल्लाह दिन्छन्।

पछिल्लो समय कतिपय महिला पाठेघरको मुखको क्यान्सर,स्तन क्यान्सर, हड्डी खिइने,थाइराइडजस्ता रोगबाट ग्रसित हुने गरेका छन्।यस्ता रोग लागिसकेपछि नियन्त्रण गर्न र उपचार विधि पनि महंगो भएकाले यस्ता रोग लागेका महिला अकालमै ज्यान गुमाउन बाध्य छन्।

समयमै यस्ता रोगको परीक्षण गर्दा रोग लाग्नबाट बच्न सकिन्छ। यदि रोग लागिसकेको भएपनि समयमै उपचार गर्न सकिन्छ।परीक्षण महंगो पनि छैन। त्यसैले ३० वर्ष उमेर पार गरेका महिलाले यी ५ वटा टेस्ट गराउनु अतिआवश्यक छ।

मेमोग्राम : पछिल्लो समय महिलामा स्तन क्यान्सरको खतरा बढ्दै गएको छ।स्तन क्यान्सर तथा ट्युमर परीक्षणका लागि विभिन्न विधि भएपनि मेमोग्राम सस्तो विधि मानिन्छ। यो विधिबाट स्तनको एक्सरे लिइन्छ।महिलामा ४० वर्ष उमेर कटिसकेपछि स्तन क्यान्सरको खतरा बढ्ने भएकाले विज्ञको सल्लाहअनुसार मेमोग्राम गराउनुपर्छ।

प्याप स्मेयर टेस्ट : पाठेघरको क्यान्सर पत्ता लगाउने विधि हो प्याम स्मेयर।स्तन क्यान्सरपछि देखिने रोगमा पर्छ पाठेघर मुखको क्यान्सर।प्याप स्मेयर एक साधारण परीक्षण हो। प्याप स्मेयर टेष्टमा महिलाको योनीबाट निश्चित मात्रामा कोशिका निकालेर परीक्षणका लागि ल्याबमा पठाइने गरिन्छ। यो जाँच गर्दा महिलालाई कुनै प्रकारको पीडा महसुस हुँदैन।तीन दशक पार गरेका महिलाले यो टेस्ट गराउनु जरुरी छ।

एचपीवी भाइरस टेस्ट : एचपीवी अर्थात् ह्युमन पेपिलोमा भाइरस एक निकै खतरनाक भाइरस हो।यो सबैभन्दा तीब्र रुपमा फैलने भाइरस हो। कतिपय स्थितिमा यो भाइरसबाट लाग्ने रोगको लक्षण पनि थाहा हुँदैन।प्रायजसो यौन सम्पर्कपछि यो भाइरस फैलने संभावना बढी रहन्छ।

थाइराइड टेस्ट : अनावश्यक तौल बढ्ने बित्तिकै शरीरमा हर्मोनको असन्तुलन हुन्छ।एक अध्ययनअनुसार पुरुषभन्दा महिलामा थाइराइडको समस्या दश गुणा बढी हुन्छ।स्वास्थ्य विज्ञका अनुसार थाइराइड हर्मोन मानव शरीरका लागि आवश्यक हुन्छ। तर यसको मात्रामा गडबड भएमा यसले रोगको रुप लिनेगर्छ। थाइराइडको प्रकारअनुसार उपचार विधि पनि फरक छ।त्यसैले प्रत्येक महिलाले थाइराड हर्मोनबारे स्वास्थ्य जाँच गराउनुपर्छ।

बोन डेन्सिटी टेस्ट : उमेरअनुसार हड्डीजन्य समस्या पनि देखापर्छन्। शरीरमा हड्डीको अवस्थाबारे पनि टेस्ट गराउन सकिन्छ।शरीरमा लाग्ने सानातिना चोटपटकले पनि हड्डी कमजोर बनाउनमा ठूलो भूमिका खेल्छन्।शरीरमा हड्डीको अवस्थाबारे थाहा पाउन बोन डेन्सिटी टेस्ट गराउनु आवश्यक छ।आजकाल गलत खानपानले २० वर्ष उमेर नपुग्दै महिलामा हड्डीको समस्या देखिने गरेको छ।त्यसैले सन्तुलित खानपान खानुका साथै समयमै हड्डीको अवस्थाबारे जाँच गराउनुपर्छ।

प्रतिक्रिया दिनुहोस
सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

मोरङमा दुई बालिकाको हत्या

गत २८ असारमा सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर किनारमा झाडीमा नग्न अवस्थामा एक बालिकाको...

देशभर सबै अस्पतालका नर्सहरू आन्दोलनमा

    न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राख्दै नर्सहरू आन्दोलित...