रारा घुम्न गएकी सदीक्षाको मृत्यु



हाम्रो इकोनोमि

 

मुगुको रारा क्षेत्र घुम्न आएकी काठमाडौं महानगरपालिकाकी ३० वर्षीया सदीक्षा घिमिरेको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार घिमिरेको शुक्रबार बिहान ७:२५ बजे जिल्ला अस्पताल मुगुमा निधन भएको हो ।

घिमिरे चैत ३ गते आफ्ना दुई साथी शिशिर कोइराला (३३) र विशाल सुवेदी (२६) सँग रारा ताल घुम्न मुगु पुगेकी थिइन् । उनीहरू तीनैजना रारा क्षेत्रको सल्लेरीमा रहेको ‘डाँफे’ होटलमा बस्दै आएका थिए ।

भ्रमणकै क्रममा अचानक स्वास्थ्य समस्या देखिएपछि घिमिरेलाई उपचारका लागि जिल्ला अस्पताल मुगु लगिएको थियो । तर, उपचारकै क्रममा उनको ज्यान गएको हो । प्रहरीका अनुसार उनलाई लेक लागेको हुन सक्ने प्रारम्भिक अनुमान छ । यद्यपि मृत्युको यथार्थ कारण पोस्टमार्टम रिपोर्टपछि मात्र खुल्ने जिल्ला अस्पताल मुगुका स्वास्थ्य सेवा व्यवस्थापक डा. निर्मल नगरकोटीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...