बाहुन र नेवार केटा एकै मण्डपमा : दलित दिदीबहिनीसँग भयो बिबाह



हाम्रो इकोनोमि

 

अमेरिकामा बसेका मोहनलाई भने त्यस्तो अवरोध नआएको बताए । उनीहरूले मण्डपमा साथ जिउने मर्न कसम खादै सात फेरा लगाए । अनौठो संयोग भनौ, दश वर्ष अगाडि सुजीप र मोहन पत्रमित्रताबाट चिनजान भएका थिए । उनै सुजीप र मोहन अहिले साढु दाइ–साढुभाइ बनेका छन् ।

 

पण्डित ओमजीत गजमेरलाई सघाउँदै भेटिएका दलित सेवा सङ्घ वराहक्षेत्रका अध्यक्ष लंकमान विकले समाजमा कुरीति हटाउन यस्ता बिबाह उदारहणीय बनेको बताए । २१ औं शताब्दीमा यस्ता कुरीति चीर्नु आवश्यक रहेको बेहुलाद्वयले बताए ।

‘समाजमा मर्दा पर्दा साह्रगाह्रो पर्दा मान्छे नै चाहिन्छ जात त चााहिदैन् । अनि किन यस्तो विभेद ? हामी यस्ता कुरिती लाई चुनौती दिन नै विवाह गरेका हौं ।’ बेहुलाद्वयले भने ।

अन्तरजातीय त्यसमा पनि दलितसँग बाहुन र नेवार दुलाहा भन्दा अचम्म लाग्ला । तर, वराहक्षेत्रको चतरास्थित पुनर्वासमा आइतबार यस्तै उदाहरणीय बिबाह भएको छ ।

जातीय छुवाछुत र भेदभावले ग्रसित नेपाली समाजमा बाहुन र नेवार दुलाहाले दलित युवतीलाई एकै मण्डपमा विहे गर्र्दै उदाहरण पेश गरेका हुन् ।वराहक्षेत्रको चक्रघट्टीमा मोहन शर्मा र सुजिप श्रेष्ठले एकै घरको दिदीबहिनीसँग विहे गरेका हुन् ।

मोहनले माइली बहिनी रञ्जनासँग विहे गर्दा सुजीपले जेठी बहिनी सृजना बराइलीसँग लगनगाँठो कसे । सिर्जना र सुजीपबीच स्कुल पढ्दैदेखि मायाप्रेम झाँगिएपछि उनीहरूले यसअघि नै विहे गरेको बुबा बलबहादुर बराइलीले बताए ।

तर, औपचारिक रूपमा भने आइतबार मात्रै विहे भएको छ । यता रञ्जनाले फेसबुकमार्फत् मोहनसँग चिनजान भएपछि दुवैले विहे गर्ने निधो गरेको बुबा बलबहादुर बताउँछन् ।

अमेरिकाको पेन्सलियामा बस्दै आएका मोहनले एकै मण्डपमा विहे गर्नेबारे आफ्ना साढु दाइ सुजीपसँग सल्लाह गरे । सोहीअनुरूप उनी दुई दिनअघि मात्रै अमेरिकाबाट आइपुगेका हुन् ।

झापा बिर्तामोड निवासी मोहन जन्ती लिएर आइपुगे । यता सुजीप पनि जन्ती लिएर एकसाथ भेला भए । सुजीपका अनुसार आमाबुबा विहेको लागि पहिले नै राजी भ ए पनि समाजको डरले चुप भए पनि अहिले आएर विहे गर्दा फरक अनुभव भयो ।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...