दुनियाँकै सबैभन्दा छाडा बिबाह तर यसकारण तस्वीर दुनियाँले नै गर्दैछन् सेयर [७ तस्वीर]
आज हामी यस्ता तस्वीर देखाउँदै छौ । जुन दुनियाँकै सबैभन्दा छाडा बिबाह भनिएको छ । र इन्टरनेटमा सबैभन्दा भाईरल छन् । द्नियाँले सेयर गरेका तस्वीर आखिर कस्ता छन् त यहाँ अपलोड गर्दैछौ ।
एउटा सुन्दा हामीलाई सामान्य लाग्न सक्छ हामीले किन बिबाह गर्छौ यसको कसरी उत्पति भएको थियो र प्रकारहरु के(के हो त जान्नुहोस आज बिबाहको बारेमा केहि रोचक र अनौठो कुराहरु यस्ता छन् । मानव जीवनलाई आदर्श रुपमा सञ्चालन गर्न विवाहको चलन सुरु भएको हो । आफ्नो सम्पत्ति अरुलाई दान दिँदा विधिपूर्वक दिने चलनजस्तै कन्याका पिताले आफ्नी छोरीलाई धार्मिक विधि अपनाएर कुमारको हातमा सुम्पने चलन चलेको हो ।
विवाहको प्रचलन मानिसहरुमा मात्रै छ । विवाह प्राचीनकालदेखि चलिआएको एउटा संस्कार हो । विश्वकै पहिलो लिखित ग्रन्थ मानिने ऋग्वेदमा सूर्य र सूर्याको प्रसङ्गमा विवाह संस्कारका सबै वैदिक मन्त्रहरु उल्लेख गरिएका छन् । विवाह संस्कारसँग सम्बन्धित सबै क्रियाकलाप ९पाणिग्रहण आदि० पनि ऋग्वेदमा उल्लेख छन् । भन्नुको तात्पर्य के भने वैवाहिक प्रथा त्यस बेलादेखि नै प्रचलनमा थियो । चार वेदमध्ये सबैभन्दा पछिल्लो अथर्व वेदमा पनि विवाह संस्कारबारे उल्लेख छ ।
पुरातनकालमा भने विवाहको चलन थिएन । विवाहको चलनबारे हाम्रा पुराणमा एउटा रोचक कथा पाइन्छ । ऋषि उद्दालकका छोराकी पत्नीलाई कुनै बलियो व्यक्तिले जबर्जस्ती लैजान बल गर्यो । यो देखेर उद्दालकले कुनै प्रतिक्रिया जनाएनन् । उद्दालकका छोरा श्वेतकेतुलाई आफ्नी आमामाथि बलजफ्ती भएको मन परेन । उनले त्यसको प्रतिकार गरे । उद्दालकले छोरालाई भने, ‘नरोक, यो हाम्रो पहिलेदेखिकै सामाजिक परम्परा हो ।’ यस घटनाले श्वेतकेतुलाई यति असर गर्यो कि पछि उनले जबरजस्ती अर्कालाई उठाउने व्यवस्था अन्त्य गरे ।
उनले एक पत्नी–एक पतिको व्यवस्थाको पैरवी गरे । अर्को एउटा प्रसङ्गअनुसार दीर्घतमस नाम गरेका ऋषि थिए । उनी जन्मान्ध थिए । उनको निरङ्कुश यौनाचारको बानी सहन नसकेर पत्नीले उनलाई त्यागिन् । यो देखेर दीर्घतमसले महिलाले श्रीमान्लाई छोड्न नहुने नियम बनाए । यी सबै घटनामा पतिपत्नीको अनिवार्यता देखिए पनि विवाह र धार्मिक क्रिया जोडिएका थिएनन् ।
पत्नीको महत्व कति हुन्छ भन्ने झल्काउनका लागि रामायणको एउटा कथा रोचक छ । रामले जीवनमा सीताबाहेक कसैसँग विवाह गरेनन् । सीतालाई पवित्रताको नाममा जंगल छाडेपछि भएको अश्वमेध यज्ञ पूरा हुन सकेन । उनले सीताको प्रतिमा बनाएर यज्ञ पूरा गरे ।
महाभारत कालसम्म आइपुग्दा चार वर्णाश्रमको व्यवस्था भइसकेको देखिन्छ । महाभारतको आदिपर्वमा आश्रमधर्म र पतिव्रतधर्मका बारेमा उल्लेख गरिएको पाइन्छ ।
शिक्षा ग्रहण गर्न गुरुगुल जाने र त्यहाँ ब्रह्मचर्याश्रम सकिएपछि धार्मिक विधिअनुसार विवाह गर्ने चलन चल्यो । विवाह एउटा संस्कारवान् व्यक्तिका लागि अनिवार्य मानिन थालियो । दुई आत्माको पवित्र बन्धनको रुपमा लिन थालियो । मनुष्य अविवाहित हुँदासम्म अधुरो भएको मानिन थालियो ।
फिसोन, टेलर आदि पश्चिमी विद्वानका अनुसार विविध व्यापार र बन्दोबस्तीबाट अकूत सम्पत्ति जम्मा हुन थालेपछि मात्रै एउटा पुरुषले धेरै पत्नी राख्ने चलन विकसित भयो । सम्पत्तिमा दाबी विरोधका किचलो उठ्न थालेपछि मात्रै एउटी पत्नीसँग धार्मिक विवाह गर्ने, सम्पत्तिको हकदार धर्मपत्नीका सन्तानको मात्र हुनेजस्ता नियम थपिन थाल्यो ।