महिलाहरु कति उमेरसम्म यौन सम्पर्कमा सक्रिय हुन्छन..?



 

कतिपय व्यक्तिलाई पाको उमेरमा यौनचाहना हुनु र यौनसम्बन्धी कार्यमा सक्रिय हुनु सामान्य नै हो।

पुरुषहरूका लागि केही हदमा समाजले यो कुरा स्वीकार गर्ने भए पनि महिलाको सन्दर्भमा नकारात्मक भावना अलि बढी नै छ।

महिनावारी बन्द भए पनि यौनजीवन नै समाप्त भएको हो कि जस्तो गरिन्छ, तर वास्तविकता त्यस्तो हुँदैन।

उमेरसँगै महिलामा के-कस्ता शारीरिक परिवर्तनहरू हुन्छन् रु समयको गतिसँगै उमेर बढ्नु अनि शरीर तथा त्यसको कार्य सम्पादन क्षमतामा परिवर्तन हुनु सामान्य तथा निरन्तर भैरहने प्रक्रिया हो।

यसको प्रभाव हाम्रो शरीरका सबै अङ्गप्रत्यङ्ग तथा कार्य सक्षमता दुवैमा देखिन्छ।

गरिएको एक अध्ययनमा ५० देखि ५९ वर्षका ९३ प्रतिशत महिलाले आफूले यौनसम्पर्क राख्ने गरेका बताए। ७० वर्ष वा त्योभन्दा माथिका महिलाका लागि यो प्रतिशत ६५ थियो। ५० देखि ५९ वर्षका पुरुषको कुरा गर्दा यो ९८ प्रतिशत थियो भने ७० वर्ष वा माथिका उमेरका लागि यो ७९ प्रतिशत थियो। पाका उमेरका व्यक्तिहरू यौन आकर्षक हुँदैनन् र यौनको मामिलामा रुचाइँदैनन् भन्ने सोच व्याप्त रहे पनि त्यो मिथ्या सोच नै हो।

महिलाले चाहे भने जुन उमेरमा पनि यौनसम्पर्क राख्न सक्छन्। महिला आफैंले पनि यौनसम्बन्धी कुरामा सक्रिय हुनु हुँदैन भन्ने मानसिकताबाट बाहिर निस्कनुपर्छ।

दम्पतीबीच एकआपसमा खुला एवं प्रभावकारी कुराकानी पाका व्यक्तिको यौन जीवनमा सुधारका लागि राम्रो कुरा हो।

आफ्नो रुचिअनुसार आफ्नो यौन साथीसँग के चाहन्छु वा के रुचाउँदिनँ भन्ने विषयमा स्पष्ट कुराकानी गर्नुपर्छ। त्यसैगरी महिनावारी बन्द भएपछि पहिलेको तुलनामा योनिको लचकता केही कम भएको

तथा योनि रस आउने क्रम पनि कम भएको अनुभव महिलाहरूले गरेका हुन्छन्। त्यसैले पानीमा घुल्ने किसिमको चिप्लो पदार्थ (जस्तै कि एस्ट्रोग्लाइड) प्रयोग गरे सुख्खापनको समस्या कम गर्न सकिन्छ।

यस्तो चिप्लो पदार्थ योनि तथा लिङ्ग दुवैमा लगाउन सकिन्छ। उत्तेजक लाग्ने नयाँ आसन वा क्रियाकलापमा संलग्न हुनु सहयोगी हुन्छ। त्यसैगरी यौनसम्पर्क राख्ने समय पनि परिवर्तन गर्नु राम्रो हुन्छ।

कतिपय स्थितिमा अन्य स्वास्थ समस्याका वा त्यसको उपचारका कारण यौन जीवनमा नकारात्मक प्रभाव परेको हुनसक्छ।

एलर्जी, रक्तचाप तथा मानसिक रोगको उपचारका क्रममा खाइने कतिपय औषधीका नकारात्मक प्रभाव हुन सक्छन्।

पुरुषलाई मोहीत पार्ने चार राशी भएका युवतीहरु

व्यक्तिको जीवनमा निकै प्रभाव पारेको हुन्छ । राशी अनुसार व्यक्तिको स्वभाव चरित्र र भविष्यलाई सजिलै नियाल्न सक्ने ज्योतिष शास्त्रले बताएको छ ।

त्यस्तै कतिपय राशी भएका व्यक्तिहरु यस्तो हुन्छन् जसमा अन्य मानिसलाई सजिलै आर्कषण गर्न सक्ने शक्ति दिएको हुन्छ । त्यसैले आज हामी त्यस्तै शक्ति भएका केही राशीको बारेमा बताउन गइरहेका छौँ ।

जुन राशी भएका युवतीहरुले पुरुषहरुलाई सजिलै मोहित पारेका हुन्छन् । हेरौँ कुन कुन हुन् ती राशीहरु

१.वृश्चिक राशी : यो राशी भएका युवतीहरुसँग जो कोही पुरुषहरु मोहित हुने गर्छन् । उनीहरुको आँखामा भएको एक सम्मोहन क्षमताको कारण उनीहरुले जो कोहीलाई मोहीत बनाउने गर्छ ।

२.मीन राशी : यसा राशी भएका युवतीहरु निकै रोमान्टिक हुने गर्छन् । अधिकांस पुरुषहरु यो राशी भएका महिलाहरुसँग सजिलै माया जालमा फस्ने गर्छन् । उनीहरुमा मिठो कुरा गरेर पुरुषलाई आफ्नो बसमा पानै सक्ने क्षमता रहेको हुन्छ ।

३.मिथुन राशी : यो राशीका युवतीहरुलाई अप्सरासँग तुलना गरिन्छ । उनीहरुले जस्तोसुकै पुरुषलाई पनि आर्कषित पार्ने गर्छन् । सुन्दरता नभएपनि यो राशी भएका युवतीहरुले पुरुषहरुलाई आफ्नो काबूमा राख्न सक्ने क्षमता भएको हुन्छ । उनीहरुमा बुढ्यौली हुँदा सम्म पनि जवान देखिने गर्छ ।

४.वृष राशी : बृष राशीका युवतीहरुलाई सुन्दर देवीसँग तुलना गरिएको छ। उनीहरुसँग अरु व्यक्तिमा आफ्नो अधिकार कायमा राख्न सक्ने क्षमता रहेको हुन्छ । उनीहरुले पुरुषलाई छिट्टै मन पराउँछन्।

 

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग