झ्याप्प हेर्दा परूषकाे नजर महिलाकाे कुन अंगमा हुने गर्दछ
कुनै सुन्दर युवतीलाई देख्दा पुरुषको पहिलो नजर युवतीको कुन अंगमा पर्ला ? पहिलोपटक कुनै महिलालाई भेट्दा पुरुषले झ्वाट्ट कुन अंगमा नजर डुलाउला ? धेरैको उत्तर हुनसक्छ वक्षस्थल ।
तर एक अध्ययनले भने यो कुरा झुटो सावित गरिदिएको छ । एक अन्तराष्ट्रिय सर्भेक्षणबाट प्राप्त नतिजालाई विश्वास गर्ने हो भने पुरुषको पहिलो नजर महिलाको आँखामा पर्दछ ।
पहिलो नजर महिलाको आँखामा जुधाइसकेपछि पुरुषले त्यसपछि महिलाको कुन अंग हेर्छ होला ? यसमा पनि तपाइँको अनुमान नमिल्न सक्छ । पुरुषले दोश्रो नजर महिलाको मुख अर्थात् मुस्कानमा लगाउँछ ।
तेश्रो नजर बल्ल महिलाको वक्षस्थल वा कम्मर भन्दा तल्लो भागतिर पर्छ ।
डेलीमेलमा छापिएको खबर अनुसार सर्भेक्षणमा सहभागि गराइएका ७० प्रतिशत पुरुषले पहिलोपटक महिलासँग भेट हुँदा आफ्नो पहिलो नजर महिलाको आँखामा पर्ने बताए ।
बेलायती संस्था ड्रपले १ हजार पुरुष र १ हजार महिलामा गरेको सर्भेक्षण अनुसार महिलाको वक्षस्थल पुरुषको हेराइएको तेश्रो प्राथमिकतामा पर्छ ।
सर्भेक्षण अनुसार कतिपय पुरुषले महिलाको वजन तथा हेयर स्टाइलमा पनि विशेष ध्यान दिन्छन् ।
यी सबै कुरा राम्रो लागेपछि मात्र पुरुषले महिलाले लगाएका लुगा तथा महिलाको उचाइमा ध्यान दिन्छन् ।
पुरुषहरुले सबैभन्दा बढि बेवास्ता गर्ने वा सबैभन्दा पछि हेर्ने अंग भनेको महिलाको नाक रहेछ ।
अध्ययन अनुसार महिलाहरुले भने पुरुषको छातिमा पहिलो नजर पूराउँछन् । त्यसपछि पुरुषको उचाइ तथा छालाको रंगमा ध्यान दिन्छन् ।
नचिनेको युवकले म्यासेजमा आफ्नो लिंग पठाएपछि युवतीले फकाईन यस्तो अनौठो जवाफ
व्रिटेनकी एक महिलालाई नचिनेको युवकले आफ्नो लिंगको फोटो पठाएपछि युरोपमा हंगामा मच्चिएको छ ।
नचिनेको पुरुषले लिंग नै पठाएपछि महिलाले पनि कडा जवाफ दिएकी छिन् ।
जसलाई बहादुरी कदम भनेर मानिसहरुले प्रशंसा गरिरहेका छन् ।
व्रिटेनकी समांताले म्यानेष्टरको एक होटलबाट सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोस्ट गरेकी थिइन् ।
त्यसको लगत्तै एक नचिनेका पुरुषले कमेन्ट गरे– ‘आफ्नो इन्बक्स चेक गर ।’
समांताले इनबक्स चेक गर्दा जेम्स नामका ती पुरुषले म्यासेजमा समांतालाई आफ्नो लिंगको फोटो पठाएका थिए ।
पहिला त सामांताले सोचिन यो हर्कतलाई त्यसै सहेर बसौं । जस्तो कि अधिकांश हामी महिलाहरुको परम्परा सिकाइएको हुन्छ ।
तर, उनले यो हर्कतविरुद्ध लाग्ने र अरु पुरुषले यस्तो हर्कत नगरुन भन्ने पाठ सिकाउन लाग्ने सोचिन् ।
त्यसपछि सामांताले ती पुरुषलाई जवाफमा लिंगका थुप्रै फोटो पठाउन सुरु गरिन् । जसमा कोही रंगीन र कार्टुन लिंग थिए ।
समांताले जब यस्ता लिंगका फोटो जेम्सलाई पठाउन थालिन तब जेम्सले जवाफमा भने– अब न पठाउ मलाई वान्ता हुने जस्तो भइसक्यो ।
फेरि उनले अगाडि म्यासेज लेखे– मैलै जे पनि म्यासेज पठाए कृपया त्यसलाई सार्वजनिक नगरिदिनुहोला ।
बीबीसीसँग कुरा गर्दै सामांताले भनिन्– म सबै पुरुषलाई बताउन चाहन्छु कि सबै महिला यस्तो हर्कत सहन सक्दैन् ।
चुप लागेर बस्न सक्दैनन् ।
तपाईको इज्जत सबैको अगाडि नांगो पार्नेछु । समांताले यो पूरा शब्दलाई फेसबुकमा पनि पोस्ट गरेकी छिन् ।
कैयौ मानिसले शेयर पनि गरेका छन् । एजेन्सी