नेपालमै नेटवर्किङ वेश्यावृत्ति : स्कुल ड्रेसमै बालिका सहित ८ जना पक्राउपछि खुल्यो यस्तो तथ्य



 

नेपालमापनि अनौठो तरिकाले बेश्यावृत्ति हुने गरेको खुल्न आएको छ । पूर्वी नेपालको इटहरीबाट नेटवर्किङ वेश्यावृत्ति भईरहेको खुलासा भएको हो ।

इटहरीको पश्चिम लाईनमा अहिले पनि खुलेआम यौनधन्दा चलिरहेको भन्दै गाउँलेहरु नै विरोधमा उत्रिएपछि प्रहरीले मिसन चलाइरहेको छ ।

प्रहरीको मिसनले लामो समय देखि यौनधन्दामा संलग्न हुदै आएको इटहरीको पारिजात होटलमा स्कुलकै ड्रेसमा विद्यार्थी सहित जोडीलाई गाउलेहरुले पक्राउ गरेका हुन ।

इटहरी र मोरङका केहि क्षेत्रमा यौनधन्दा गराउँदै आएकी ज्ञानु राई पछिल्लो केहि समय यता पुःन यौनधन्दाको सेटिङ गदै आएको खुलासा भएको छ ।

परिजात होटलकी ज्ञानु राईले अहिले पनि काठमाण्डौ लगायतको क्षेत्रबाट युवतीहरु ल्याउँने र यौनधन्दा गराउँने गरेकी छिन ।

आईतबार सानो बालिका स्कुलकै ड्रेसमा पारिजात होटलमा छिरे पछि गाउँलेहरुले प्रहरी बोलाएर पक्राउ गरेका थिए ।

पश्चित लाईनमा यौनधन्दा बढेको भन्दै स्थानीले विरोध गरेका हुन । केहि होटलका सञ्चालीकाहरुले काठमाण्डौ, हेटौडा, बुटवल, पोखरादेखिका केटीहरु झिकाएर यौन धन्दा चलाउने गरेको प्रहरी स्रोत्रले बताएको छ ।

उनीहरुको नेटवर्किङ देशभरी नै रहेको बुझिएको छ । एउटा ठाउँका स्थानीय त्यहीका लागि चिनिने भएकाले त्यो ठाँउमा सम्पर्कमा आएका युवती अर्को ठाउँमा पठाउने र त्यो ठाउँका लागि अर्को ठाउँबाट युवती झिकाएर बेश्याबृत्ति गराइरहेको खुल्न आएको हो ।

इलाका प्रहरी पकलीका इन्स्पेक्टर जितेश दाहालका अनुसार स्कुल ब्याग किताव सहित होटलमा १८ बर्षिय बालिका भेटिएको बताए ।

पारिजात होटलमा स्कुल जान्छु भनेर बालिका आएको रहेछिन युवक सहित हामीले पक्राउ गरेका हौ इन्स्पेक्टर दाहालले भने । उनले आईतबार मात्र होटलहरुबाट ४ जोडीलाई पक्राउ गरिएको जनाए ।

मनव वेचविखान मुद्धामा लामो समय जेल बसेर आएकी होटल प्याराडाईसकी सञ्चालीका शोभा दाहालले पनि पुन यौनधन्दा सुरु गरेको पाईएको छ । उनको होटलबाट पनि प्रहरीले १ जोडीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

स्थानीयबासीहरुले यौनधन्दा गराउँनेहरुले गाउ ठाउँकै बदनाम गरेको भन्दै आपत्ती जनाएका छन ।

सोही ठाउँमा आईतबारनै पेन्स होटलमा खुलेआम यौनधन्दा गराईरहेको देखे पछि गाउँलेले विरोध गरेका थिए । यसरी यौनधन्दा नगराउँनु भन्दै होटलमा पुगेका हिरा गिरीलाई मरासन्य हुने गरि कुटपिट गरेको थिए । गिरीको हाल विराटनगरमा उपचार भईरहेको छ ।

पेन्स होटलका सञ्चालक तथा बाउण्सरहरुको कुटाईबाट गिरी सँगै कृष्ण पौडेल र सुर्यकिरण खत्री लगायत घाईते भएका छन । उनीहरु सँगै अन्य गाउँलेहरु विरोध गर्न होटल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग