कति मिनेटको यौनसम्बन्धमा मिल्छ पूर्ण सन्तुष्टि ?



हाम्रो इकोनोमि

 

महिला र पुरुषबीचको यौनसम्बन्धमा दुबैको सन्तुष्टिका लागि आदर्श समय २४ मिनेटको हुने एक अनुसन्धानले देखाएको छ ।

तर अनुसन्धान भन्छ– अधिकांश यौनसम्बन्धहरुमा भने यो औषतन १८ मिनेटमैं टुंगिन्छ ।

कतिपयमा यो भन्दा पनि कम समयमानै टुंगिने अनुसन्धानले बताएका छन् ।

अनुसन्धानका अनुसार, यौनसम्बन्धमा पूर्व कामक्रिडा नहुनु र पुरुषको अंग पूर्णरुपमा तयार नहुने या शीघ्र स्खलन यसको मुख्य कारण हो ।

यसले गर्दा हरेक पाँचमा एकजना महिला असन्तुष्ट नै रहने गर्दछन् ।

डेनिस अनुसन्धानमा ३ सय जना महिलाको यौन जीवनको अध्ययन गरिएको थियो । महिलाहरु पूर्ण उत्तेजनामा पुग्न १५ मिनेट लाग्ने उनीहरुले बताए ।

सेक्समा : तपाइ कति मिनेट टिक्नुहुन्छ र कुन श्रेणीमा पर्नुहुन्छ हेर्नुस्

तर, यहि विषयलाई लिएर व्यक्तिले धेरै टाउको दुखाईरहेको पाइन्छ । कि खासमा शारीरिक क्रियाकलापमा सहभागी हुँदै गर्दा कति समयमा स्खलन हुनु सामान्य हो भनेर ।

नेपालमा यसको अनुसन्धान भइसकेको छैन तर पश्चिमा देशमा भने यौन क्रियाकलाप गरिरहेका पार्टनरबीचको सामान्य सेक्स अवधी छुट्याएको छ ।

अमेरिकी र क्यानेडियन यौन चिकित्सकहरुले गरेको अध्ययनले सामान्य अवस्थामा यौन क्रियाकलापमा लिप्त भएका पार्टनरबीच ३ देखि १३ मिनेटसम्ममा सन्तुष्टी पाइसक्ने छन् । अर्थात ३ देखि १३ मिनेटको बीचमा उनीहरु स्खलित भइसक्ने छन् ।

यो अध्ययनमा यौन चिकित्सक, मनोचिकित्सक, फिजिसियन, सामाजिक कार्यकर्ता, निजी चिकित्सक तथा नर्सहरु गरी ५० जनालाई सहभागी गराईएको थियो । जसले हजारौँ विरामीहरुलाई दशौँ बर्ष देखि हेरिरहेको छ ।

र उनीहरुको यौन क्रियाकलापबारे समेत बुझेको छ ।

उनीहरुका अनुसार समान्यत यौनसम्पर्क शुरु गरेको व्यक्ति ३ देखि ७ मिनेट भित्रै स्खलित हुनसक्छ । यो अवधीलाई उनीहरुले पर्याप्तता भनेका छन । त्यस्तै यौन सम्पर्क शुरु भएको ७ देखि १३ मिनेटसम्म टिक्नेलाई अत्यन्त आनन्ददायी सेक्स भनेका छन् ।

यदि कोही व्यक्तिले १ देखि २ मिनेट भित्र स्खलित भयो भने त्यो अत्यन्तै छोटो अवधीको सेक्स र १० देखि ३० मिनेटसम्म पनि स्खलित भएन भने त्यो अत्यन्तै लामो अवधीको सेक्स भनेर उल्लेख गरेका छन् ।

युवा–युवतीहरुलाई निकै कम उमेरमा यौन सम्बन्ध स्थापित गरेर आफ्नो कुमारित्व गुमाएकोमा निकै अफसोच हुने ब्रिटेनमा यौन व्यवहारमाथि गरिएको एक अनुसन्धानले खुलासा गरेको छ ।

किशोरावस्थामा भएका एक तिहाई बढी महिला र एक चौथाईभन्दा बढी पुरुषले पहिलो पटक यौनसम्बन्ध राख्दा, आफ्नो उमेर सही नभएको स्विकार गरेका छन् ।

ब्रिटेनमा यौन सम्बन्धका लागि कानूनी रुपमा १६ वर्ष वा सोभन्दा माथि हुनुपर्छ ।

नेशनल सर्भे अफ सेक्सुअल एटिट्युड एण्ड लाइफस्टाइल पोलले हालै देशव्यापी रुपमा सर्वेक्षण गरेको छ ।

जसअनुसार थुप्रै मानिसहरु यो उमेरमा सम्बन्ध स्थापित गर्नका लागि तयार नहुन पनि सक्छन् ।

यो सर्वेक्षण हरेक १० वर्षमा गरिन्छ जसले ब्रिटेनमा यौन व्यवहारको एक विस्तृत जानकारी प्रदान गर्छ । हालैको सर्वेक्षणको नतिजा लण्डन स्कूल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनमा बिएमजे सेक्सुअल एण्ड रिप्रोडक्टिभ हेल्थमा प्रकाशित भएको थियो ।

यो सर्वे तीन हजार युवायुवतीमाथि थरिएको थियो जुन सन् २०१०–२०१२ मा पुरा भयो ।

के भन्छ सर्वे ? युवा–युवतीको प्रतिक्रियाबाट पत्ता लागेअनुसार ४० प्रतिशत युवती र २६ प्रतिशत युवकलाई यौनसम्बन्धको उनीहरुको पहिलो अनुभव सही समयमा नभएको बताएका छन् ।

जब उनीहरुसँग थप विस्तृतमा कुरा गरियो तब धेरैजसोलाई अझै केही समय प्रतिक्षा गर्नुपर्ने थियो भन्ने लाग्ने गरेको बताए जबकी केहीले मात्रै कम उमेरमा नै यौन सम्बन्ध स्थापित गर्नुपर्नेमा सहमती जनाए । धैरेजसोले १८ वर्षको हुँदा यौनसम्बन्ध स्थापित भएको बताए ।

आधा जतिले आफू १७ वर्षको हुँदा सम्बन्ध बनाएको बताए, भने एक तिहाईले १६ वर्षअघि नै यौनसम्बन्ध नै बनाएको बताए ।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...