पुरुषले कुन उमेरका युवतीसंग यौन सम्पर्क गर्न मन पराउछन् ? युवतीले किन रोज्छन् पाका पार्टनर ?



हाम्रो इकोनोमि

 

सबै उमेर समूहका पुरुषको रोजाइमा २०-२५ वर्षे उमेरका युवती पर्ने गरेको एक अध्ययनले देखाएको छ ।

फिनल्याण्डमा १८ देखि ४९ वर्ष उमेरका मानिसहरुमा गरिएको अध्ययनले २०-२५ वर्षे उमेरकी युवतीप्रति पुरुषहरु सबैभन्दा बढि आकषिर्त हुने गरेको पाइएको छ ।

१२ हजार ७ सय ५६ जना महिला तथा पुरुषमा उक्त अध्ययन गरिएको थियो ।

त्यसमा सहभागीहरुलाई कुन उमेर समूहका विपरित लिंगीसँग बढि यौनिक आकर्षण हुने तथा कुन उमेरका सँग सम्भोग हुने गरेको छ ? भन्ने खालका प्रश्न गरिएको थियो ।

अध्ययनका क्रममा आफ्नो किशोरावस्थाको उत्तरार्ध तथा २० वर्षको आसपासको उमेरका युवतीहरु आफुभन्दा झण्डै ४ वर्ष जेठो युवक आफ्नो पार्टनर बनोस् भन्ने चाहन्छन् ।

तर महिलाहरुको उमेर जति बढ्दै जान्छ उनीहरु आफ्नो पार्टनर र आफुबीचको उमेरको अन्तर कम चाहन्छन् ।

तर पुरुषहरुमा भने महिलाप्रतिको आकर्षणका सन्दर्भमा उमेरमा एकरुपमा पाइयो ।

अध्ययनमा सहभागी सबै उमेर समूहका पुरुषहरुले २०-२५ वर्षे उमेरका महिलालाई रोजाइमा पारेको देखिएको छ ।

शोधकर्ताहरुका अनुसार महिला र पुरुषमा कुन उमेरको विपरित लिंगीप्रति आकषिर्त हुने भन्ने कुरा क्रमविकाशले तय गरेको हो ।

महिलाले आफ्नो भन्दा पाको उमेरको पुरुष रोज्नुका कारण भनेको पाको उमेरको पुरुषले आफुलाई चाहिएको श्रोत प्रदान गर्नसक्छ भन्ने लालसा नै हो ।

शोधकर्ताहरुका अनुसार पुरुषको यौनिक रोजाइ उसको सन्तान प्राप्तिको योजनाका आधारमा तय भएको हुन्छ ।

पुरुषहरु प्रायः उर्वर उमेर समूहका महिलाप्रति आकषिर्त हुन्छन् ।

महिलामा सबैभन्दा उच्च प्रजनन क्षमता २० को दशकको मध्यतिर हुने र ३५ वर्षपछि घट्दै जाने पाइएको छ ।

यो सम्बन्धि शोध इभोलुसन एण्ड ह्युम बिहेभियर जर्नलमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...