दुई महिला शिक्षकले कक्षा १० मा अध्यानरत युवकलाई मदिरा खुवाइ बलात्कार



 

दुई जना महिला शिक्षकले केटालाई बलात्कार गरेका छन् । उनिहरूले कक्षा १० मा अध्यानरत केटा विद्यार्थीलाई मदिरा सेवन गराई बलात्कार गरेका हुन् ।

क्यालिफोर्नियाको कोविना शहरको याे घटना जहाँ दुई महिला शिक्षकले छात्रको यौन शोषण गरेका छन् ।

शिक्षीकाहरूले छात्रलाई एकान्तमा बोलाएर पहिला मदिरा सेवन गराएर छात्रहरुसंग योनसम्बन्ध राखेकाे अर्थात केटा विद्यार्थीको बलात्कार गरेका छन् ।यो घटनापछि पनि ति महिला शिक्षकाले फेरी केटा विद्यार्थीको गु्रपमा जाने योजना बनाईन् ।

ती महिला शिक्षक दोस्रो पटक एक नयाँ महिला शिक्षक मिशेल हिरेलीलाई संगै ल्याएर आईन् । दुइ शिक्षिका मिलेर फेरी विद्यार्थीलाई रक्सी पिलाएर दुई केटा विद्यार्थीको बलात्कार गरेकाे घटना बहिरीएकाे छ ।

एजेन्सीएजेन्सी,मेक्सिकोका राष्ट्रपतिले देशलाई जोगाउन आफुले चढ्ने विमान बेच्ने घोषणा गरेका छन् ।

राष्ट्रिपति आन्ड्रेस म्यानुएल लोपेस ओब्राडोरले पछिल्लो समय केही आर्थिक संकटबाट गुज्रिरहेको मेक्सिकाको समस्या केही हदसम्म भए पनि देशको

समस्या समाधान होस भन्ने हेतुले आफुले प्रयोग गर्दै आएको विलासी विमान बेच्ने घोषणा गरेका हुन् ।

वामपन्थी पृष्ठभूमि भएका राष्ट्रपति ओब्राडेरले विमान बेचेर आएको रकमबाट गैरकानुनी आप्रवासन नियन्त्रण गर्न खर्च गर्ने घोषणा गरेका हुन् । उनले चढ्ने बोइङ ड्रिमलाइनर ७८७ सिरिजको विमानको अनुमानित मुल्य १५ करोड अमेरिकी डलर रहेको बताईएको छ ।

ओब्राडेर जब राष्ट्रपतिको रुपमा चयन भएका थिए उनले आफुले निजी विमान नचढ्ने र सार्वजनिक विमान नै चढ्ने घोषणा गरेका थिए । यता अमेरिकाको धम्कीपछि देशको लागि उनले विमान बेच्ने निर्णय गरेका हुन् ।

पछिल्लो समय मेक्सिकोका आप्रवासी अवैधरुपमा अमेरिका अत्याधिक छिर्न थालेपछि डोनाल्ड ट्रम्पले यसलाई नरोके दण्डात्मक कर भोग्नु पर्ने चेतावनी दिएपछि मेक्सिकोले अमेरिकासंग आप्रवासी रोक्न सक्दो कदम चाल्ने सहमति गरेको थियो ।

नारायणी नदीमा पानीजहाज सन्चालनको सम्भाव्यतासम्बन्धी पहिलो चरणको अध्ययन सुरु भएको छ ।

जल तथा ऊर्जा आयोगको सचिवालयले मंगलबारबाट पहिलो चरणको अध्ययन सुरु गरेको हो ।

चितवनको दासढुंगादेखि नेपाल–भारत सिमानामा पर्ने गण्डक ब्यारेजसम्म करिब ९० किलोमिटर क्षेत्रमा नारायणी नदीको गहिराइ नाप्ने काम भइरहेको हो ।

आवश्यक तथ्यांक संकलन गरिसकेपछि प्रारम्भिक अध्ययन गर्ने र त्यसको आधारमा अर्को वर्ष विस्तृत अध्ययनको काम अघि बढाउने योजना रहेको जल तथा ऊर्जा आयोगको सचिवालयका सहसचिव ऋषिराम शर्माले जानकारी दिए ।

नाप जाँचको सम्पूर्ण काम एक महिनाभित्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ ।

दुई दिनको अवधिमा १५ किलोमिटर क्षेत्रमा प्रारम्भिक अध्ययन सकिइसकेको छ । अहिलेसम्म कममा ३ देखि बढीमा १२ मिटरसम्म गहिरो स्थान फेला परेको अध्ययन टोलीले जनाए को छ ।

‘सबै अध्ययन सकिइसकेपछि कुन प्रकारको जहाज चलाउने भन्ने टुंगो लाग्ने छ । ठूलो जहाज चलाउने नै भए ड्याम बाध्नुपर्ने पनि हुनसक्छ,’ अध्ययन टोलीमा संलग्न परामर्शदाता इनोभेटिभ इन्जिनियरिङ सर्भिसेज प्रालिका प्रवन्ध निर्देशक अनुप खनालले भने, ‘यद्यपि अहिलेको हाम्रो प्रारम्भिक अध्ययन गहिराइ नाप्ने मात्र हो ।’

नारायणी नदीको गहिराइ नाप्न डीजीपीएस प्रणालीमा चल्ने इको साउन्डर र मोटरबोट जस्ता आधुनिक उपकरणको प्रयोग गरिएको छ ।

यो मेसिन यसअघि भेरी बबई बहुउद्देश्यीय परियोजनामा पहिलो पटक प्रयोग गरिएको थियो र सफल पनि भएको थियो।खनालका अनुसार यो अन्तर्रा्ष्ट्रिय स्तरको प्रविधि हो र यसले गर्ने नापजाँच विश्वासिलो हुन्छ ।

यो मेसिनलाई डुंगा र्वा याफ्टिङ बोटमा जडान गरी सजिलैसँग नदी वा तालको गहिराइ नाप्न सकिन्छ । नारायणी नदीमा अहिले पानीको बहाव बढेकाले मोटर बोटमा जडान गरेर गहिराइ नाप्ने काम भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग