झाँक्रीसँग यौन सम्बन्ध राख्न नमान्दा श्रीमतीलाई नदीमा डुबाए



हाम्रो इकोनोमि

 

तान्त्रिकसँग यौन सम्बन्ध राख्न नमानेको भन्दै भारतको उत्तर प्रदेशमा श्रीमानले श्रीमतीलाई नदीमा डुबाएर हत्या गरेका छन् ।

३२ वर्षीया महिलाले तान्त्रिकसँग यौन सम्बन्ध राख्न नमानेका कारण उनलाई नदीमा डुबाएर हत्या गरेको प्रहरीले जनाएको छ ।

सो घटनामा संलग्न ती महिलाका श्रीमान् र तान्त्रिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पतिले तान्त्रिकसँग यौन सम्बन्ध राख्न बाध्य पारेको सो घटना  छोराले देखेपछि सहयोग माग्दै कराएका थिए ।

त्यसपछि घटनाबारे कसैलाई नभन्न छाेरालाई धम्की दिइएको बताइएकाे छ ।

प्रहरी अधिकारी आकाश कुलहरीले पीडितका भाइ राजेश कुमारले दादोन प्रहरीमा निवेदन दिएर आफ्नी दिदीले दुई दिनअघि डराएको भावमा आफूलाई बचाउन फोनमा आग्रह गरेको जानकारी दिएका छन् ।

सुरुमा सो घटनालाई सौहार्दपूर्ण रुपमा समाधान गरिएको थियो । त्यसपछि अर्को दिन उनले श्रीमतीलाई नदीको छेउमा जान सहमत गराएर त्यहाँ लगी धकेलेदिएका थिए ।

सो घटनापछि मनपाल र सन्तपाल दुर्गा दासका नामले चिनिने तान्त्रिक नदी तरेर बदाउ जिल्लातर्फ भागेका थिए ।

उजुरी प्राप्त भएपछि प्रहरीले दुवै जनालाई पक्राउ गरेको छ भने महिलाको शव नदीबाट निकालिएको छ ।

प्रहरीले तान्त्रिकविरुद्ध यसअघि पनि आपराधिक क्रियाकलापको रेकर्ड दर्ता भएको बताएका छन् ।

गत वर्ष उनको साथबाट प्रहरीले ठूलो परिमाणमा हेरोइन बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...