श्रीमान श्रीमतीबीचको झगडा स्वस्थ सम्बन्धको संकेत’



 

 

श्रीमान्–श्रीमतीको सम्बन्ध स्वस्थ र लामो समयसम्म टिक्ने एक नयाँ अध्ययनले निष्कर्ष निकालेको छ । यसमा ४४ प्रतिशत विवाहित जोडीको मान्यता छ ।

वास्तवमा, जो जोडीको शान्तिपूर्ण ढङ्गले लगातार विवाद भइरहन्छ उनीहरु लामो समयसम्म सम्बन्धमा रहने बताइएको छ ।

ब्राइट साइडले राम्रो सम्बन्धका लागि झगडा किन आवश्यक छ भनेर जानकारी दिएको छ ।

१. परिपक्व सम्बन्धको सूचक हो झगडाः

श्रीमान्–श्रीमतीबीच लामो सम्बन्ध चाहनुहुन्छ भने झगडा गर्नबाट नरोकिनुस् । यदि तपाईं विवादका बेला मनको कुरा खोल्नुहुन्छ भने तपाईं आफ्नो सम्बन्धलाई अर्को चरणमा पुर्‍याउन कटिबद्ध हुनुहुन्छ भनेर बुझ्नुपर्छ ।

परिपक्व व्यक्तिले कहिले पनि पार्टनरमाथि हातपात गर्दैनन् न त चिच्याएर गाली नै गर्छन् ।  उनीहरु स्वस्थ तर्कसहित एउटा मध्यमार्ग स्थापित गरेर आफ्नो सम्बन्धलाई सुधार्ने बाटोतिर लाग्छन् ।

२. झगडा गर्नु भनेको तपाईंलाई उहाँको चिन्ता छः

यदि तपाईंलाई आफ्नो पार्टनरको कुनै बानी मनपर्दैन भने त्यसलाई नजरअन्दाज गर्दा नै स्थिती सहज हुने धेरैलाई लाग्ला । तर यदि तपाईं आफ्नो सबै पीडा, दुःख र असहजतालाई झगडामार्फत् राम्रो नतिजा पाउन चाहनुहुन्छ भने यो तपाईंको साँचो मायाको प्रतिबिम्ब हो ।

अर्को शब्दमा भन्ने हो भने झगडा गर्नेहरु प्रतिबद्ध हुन्छन् । एकपटक सम्झनुहोस् त, तपाईं आफ्नो आमाबुवा र दाजुभाइ दिदीबहिनीसँग कति झगडा गर्नुहुन्छ । यही नीति पार्टनरमा पनि लागु हुन्छ । यदि तपाईं पार्टनरसँग झगडा गरिरहनुहुन्छ र कुरा सुल्झाउनुहुन्छ भने तपाईं निकै प्रतिबद्ध हुनुहुन्छ ।

३. झगडाले कुराकानीमा सहजीकरण गर्छः

आफ्नो सम्बन्धमा विश्वास कायम गर्न चाहनुहुन्छ भने तपाईं चुप बस्नुहुँदैन । दिमागलाई खुल्ला राखेर आफ्नो पार्टनरसँग कुराकानी गर्नुहोस् । आफूले गरेका प्रत्येक क्रियाकलापको जिम्मेवारी लिनुहोस् र पार्टनरको भनाई के हो, राम्रोसँग सुन्नुहोस् ।

संवादका धेरै प्रकारमध्ये विवाद पनि एक हो र विवाद निकै इमान्दारसमेत हुन्छ । यसले पार्टनरबीच अपनत्व र विश्वास स्थापित गर्न सहयोग गर्छ ।

४. झगडा भनेको स्वस्थ सम्बन्धको संकेत होः

मनोवैज्ञानिकका अनुसार स्वस्थ सम्बन्धका सात मुख्य कारक तत्व छन् र यीमध्ये बहस पनि एक हो । वास्तवमा, यदि कुनै जोडीको कहिले पनि विवाद भएको छैन भने उनीहरुबीच सबैकुरा राम्रो छैन भनेर बुझ्नुपर्छ ।

जोडीलाई आफ्नो भावना र मान्यतामाथि पुनर्विचार गर्न विवादले सहयोग गर्छ ।  यद्यपि, तपाईंहरुको विवाद स्वस्थ हुनुपर्छ । यसमा हातपात हुनुहुँदैन, नाम काट्नु हुँदैन र ठूलो स्वरले झर्कनु हुँदैन ।

५. झगडाले तपाईंहरु बीचको सम्बन्धलाई बलियो बनाउँछः

यदि तपाईं पार्टनरसँग झगडा गरिरहनुभएको छ भने त्यसमा तपाईंको जीत र हारको कुनै महत्व हुँदैन । सबैभन्दा महत्वपूर्ण कुरा के हो भने तपाईंले आफ्नो पार्टनरलाई अलि बढि चिन्नुभयो र त्योभन्दा महत्वपूर्ण तपाईंले आफैंले आफैंलाई पनि थप चिन्नुभयो ।

सानोतिनो झगडाले तपाईंहरुको वास्तविक स्वभाव दर्साउँछ । यदि तपाईंहरुले सँगै मिलेर चुनौतीको सामना गर्न जान्नुभयो भने तपाईं सम्झौता गर्न हिच्किचाउनुहुन्नँ जसले तपाईंको सम्बन्धलाई बलियो बनाउँछ ।

६. झगडाले तपाईंको रिस नियन्त्रण गर्छः

सम्बन्धमा बस्नु त्यति सजिलो छैन । यदि तपाईं आफ्नो पार्टनरलाई केयर गर्नुहुन्छ भने तपाईंले सधैं आफ्नो सीमालाई लचिलो बनाउनुपर्छ । र यदि पार्टनरले तपाईंले झैं नसोचेको अवस्थामा तपाईंलाई रिस उठ्न सक्छ ।

केही महत्वपूर्ण कुरामा पार्टनरले सम्झौता गर्न नचाहेको खण्डमा तपाईंको रिस बढ्न सक्छ । यसैले सम्बन्धलाई चिसो बनाइरहेको हुन्छ ।

समस्यासँग जुध्नका लागि आफ्नो नकारात्मक सोचलाई दिमागबाट पखाल्नुहोस् ।

७. झगडा गर्नुको अर्थ तपाईंहरु धेरैजसो सँगै बस्नुहुन्छ

केही अनुसन्धानका अनुसार, सम्बन्धमा सबैभन्दा ठूलो गल्ती भनेको एकअर्कासँग टाढा रहनु हो । हामीलाई यसबारे थाहा हुन्छ तर मुख खोल्नुहुन्नँ । र जोडीबीच हुने कम संवादले सम्बन्धलाई टुटाउने काम गर्छ ।

तर तपाईंमध्ये धेरैलाई लाग्ला कि स–साना कुराको छलफलले सम्बन्धमा खासै असर पार्दैन । तर यो साँचो होइन । झगडाले तपाईंलाई समस्यामा केन्द्रीत हुन सहज गर्छ र यसले ठूलो रुप लिनु अघि नै सुल्झाउँछ ।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग