दुई करोड भारतीय रुपैयाँ बुझेर सन्नी लियोनले नृत्य गरेको नेपाली फिल्म ‘पासवर्ड’ को यो गीत हेर्नुहोस भिडियो सहित



हाम्रो इकोनोमि

 

बलिउड अभिनेत्री सन्नी लियोनीले नाचेको नेपाली फिल्म पासवर्डको गीत रिलिज गरिएको छ ।

राजधानीमा कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरिएको थियो । अर्जुन पोखरेलको संगीत रहेको गीतमा दुर्गा खरेलको स्वर र विक्रम जोशीको शब्द छ ।

यो गीत यूकेमा खिचिएको हो । फिल्मको अधिकांश दृश्य पनि यूकेमा नै खिचिएको छ ।

बिहीवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा सन्नीलाई दुई सयभन्दा बढी डान्सरले साथ दिएका छन् । गीतको कोरियोग्राफी विष्णु देभाले गरेका हुन्, जो बलिउडका प्रख्यात डान्स कोरियोग्राफर हुन् ।

उनले सलमान खान, शाहरुख खानलाई नचाइसकेका छन् । गीतको मिडियोमा मेकिङ गजबकै देखिन्छ ।

गीतमा सन्नीसँग फिल्मका लिड अभिनेता बिक्रम जोशी (विक्की) ले पनि नृत्य गरेका छन् । अभिनेता अनुप विक्रम शाही र कलाकार बुद्धि तामाङलाई पनि गीतमा देख्न सकिन्छ ।

‘पासवर्ड’ को कथा र स्कृनप्लेको माग अनुरुप नै सन्नीलाई गीतमा नृत्य गराइएको निर्देशक सम्राट बस्नेतले बताए । उनले यो फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन् ।

सन्नी लियोनीलाई २ करोड भन्दा बढी दिएर यो गीतमा नचाइएको चर्चा चलेको थियो । सन्नीसँग पर्दामा विक्रम जोशी पनि देखिएका छन् ।

सन्नी लियोनी नाच्दा यो गीतको क्रेज बढ्न सक्छ । तर, सन्नी लियोनी नाचेको गीत रोजाइमा भने समस्या देखिएको छ । सन्नीलाई महंगो रकम दिएर नचाउँदा निर्मातालाई फाइदा होला कि नहोला, केही दिनमै थाहा लाग्नेछ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...