कुकुरसँग यौनसम्पर्क हुनुको कारण के हो ? (लौ हेर्नुहोस अचम्म)



 

यौन मानिसको एक अभिन्न कुरा हुँदाहुँदै पनि यो एकदम गोप्य कुरा पनि हो । यौनसम्बन्धी कतिपय क्रियाकलापको सन्दर्भमा समाजको आ–आफ्नै नियम एवं मूल्य–मान्यता हुन्छ ।

सामान्यत: मानिसहरूले त्यसकै परिधिभित्र रहेर व्यवहार गर्छन्, तर समाजका नियम वा मान्यताभन्दा फरक किसिमको व्यवहार गर्ने व्यक्ति पनि समाजमा नहुने होइनन् ।

यस्तो व्यवहारलाई अंग्रेजीमा प्याराफिलिया भनिन्छ । सजिलो भाषामा भन्ने हो भने सामान्य व्यक्तिलाई यौन उत्तेजना प्रदान नगर्ने वस्तु वा व्यवहारवाट यौन उत्तेजना प्राप्त गर्नु नै प्याराफिलिया हो ।

कोही आक्कलझुक्कल यस किसिमको यौन व्यवहारमा संलग्न हुन गयो भन्दैमा त्यसलाई प्याराफिलिया भनिँदैन ।

प्याराफिलियामा त्यस किसिमको क्रियाकलाप यौन आनन्द पाउने कुराको केन्द्र बिन्दुका रूपमा हुन्छ र उनीहरूले त्यस्तो क्रियाकलाप नियमित रूपमा गर्छन् वा गर्न एक किसिमको आन्तरिक बाध्यता महसुस गर्छन् ।

कुकुरसँगको यौनसम्पर्क पशुकरणी हो र पशुकरणी पनि एक किसिमको प्याराफिलिया नै हो । जनावर वा पशुसँग योनि वा गुदद्वारमा यौनसम्पर्क राख्नु नै पशुकरणी हो र यसलाई bestality भनिन्छ ।

त्यसैगरी Zoophilia भन्नाले यदि कसैले यौन उत्तेजनाका लागि पशुसँग गरिने यौनक्रियाकलाप वा यौन परिकल्पनालाई बारम्बार दोहोर्‍याउँछ वा यौन उत्तेजनाका लागि नभई नहुने कुरा बन्छ भने त्यस्तो परिस्थितिलाई जनाउँछ ।

पशुकरणी गर्दा बाख्रा, बिरालो, सुँगुर, कुकुर, गाईवस्तु वा गधा आदि जनावर प्रयोग गरिएको पाइन्छ । केहीले घरपालुवा चरा जस्तै कि कुखुरासँग समेत यस्तो व्यवहार गरेको पाइन्छ ।

यसमा मानिसहरूले आफूसँग उपलब्ध तथा शान्त स्वभावका जनावर नै प्रयोग गरेको देखिन्छ ।

के कारणले हुन्छ ?

यो कुरा भन्न सजिलो भने छैन । यस किसिमको अनौठो व्यवहार किन हुन्छ भन्ने विषयमा अनेक सिद्धान्त छन् तर अन्तिम निक्र्यौल भने अझै हुन बाँकी नै छ जस्तो बुझिन्छ ।

धेरै व्यक्तिले यसलाई सामाजिक विकाससँग गाँसेका छन् र सम्बन्ध विकास गर्ने क्षमतामा कमी भएकाहरू यस्ता व्यवहारमा लाग्छन् भनिन्छ ।

संयोगवश आकस्मिक रूपमा कुनै परिस्थिति वा क्रियाकलापसँग यौनसुख गाँसिएको स्थितिमा कुनै व्यक्तिले त्यही कुरा बारम्बार दोहोर्‍याएर यौन सुख प्राप्त गर्न खोज्छ । यो त्यसैको परिणाम हो भन्नेहरू पनि छन् ।

केहीले यौन सम्पर्क राख्नै नपाउनु (sexual starvation), मानसिक रूपमै फरक किसिमको हुनु तथा यौन अतृप्ततालाई यसको प्रमुख कारण मानेका छन् । तपाईं विवाहित हुनु भएकाले यौन भोकमरीको स्थिति छैन ।

यौनरोग निको हुन्छ भन्ने अन्धविश्वासले पनि मानिसले पशुकरणी गरेका छन् । त्यसै गरी कतिपयले त मात्र जिज्ञासा (कस्तो हुँदो रहेछ हेरौं भनेर) वा आफ्नो यौनजीवनमा केही नौलोपन ल्याउन यसो गरेको समेत पाइएको छ ।

के यौनरोग लाग्ला ?

हुन त कुकुर तथा अन्य जनावरमा पनि उनीहरूकै यौनरोग हुन्छ, तर मानिसमा लाग्ने यौनरोग विशेषत: मानव–मानव बीच सर्ने रोग हो र सामान्यत: जनावरमा भएका यौनरोग मानिसमा सर्दैन ।

यसको अर्थ यो होइन कि अन्य रोग भने लाग्दैन । तपाईंलाई थाहै होला, कतिपय रोग पशुबाट मानवमा सर्छ र त्यस्ता रोगलाई हामी zoonoses भन्छौं ।

केही रोग सामान्य सम्पर्कवाट पनि सर्छ भने केही जनावरको वीर्य, योनिरस, पिसाब, थूक, दिसा वा रगतको सम्पर्कवाट सर्छ । यसका केही उदाहरण हुन् । कहिलेकाहीं जनावरको वीर्यको सम्पर्कले कडा किसिमको एलर्जीसम्म हुनसक्छ ।

असर परे/नपरेको कसरी थाहा पाउने ?

तपाईंमाथि असर परे/नपरेको कुरा थाहा पाउने उपाय परीक्षण नै हो । यसका लागि तपाईंले चर्म तथा यौनरोग विशेषज्ञवाट जँचाउनु उपयुक्त हुन्छ ।

तपाईंको यौन क्रियाकलापका साथै रोगको इतिहास, लक्षण तथा चिन्हहरू अनि अन्य परीक्षणका आधारमा के भएको छ भनेर निदान गरिन्छ । यसैक्रममा तपाईंलाई के भएको अनि असर परे/नपरेको थाहा पाउन सकिन्छ ।

रोगको इतिहास र लक्षणहरूका आधारमा के–कस्तो परीक्षण गर्नु उपयुक्त हुन्छ सोही अनुसार चिकित्सकले सल्लाह दिन्छन् ।

सिफिलिस, एचआईभी, हर्पिस, हेपाटाईटिसजस्ताका लागि रगतको परीक्षण उपयुक्त हुन्छ भने क्लामाईडिया वा गोनोरियाजस्ताका लागि पिसाबको परीक्षण गराउनुपर्छ ।

कुकुरसँगको यौन सम्पर्कबाट नै तपाईंको वीर्यमा परिवर्तन आएजस्तो लाग्दैन । एकपटक वीर्यको परीक्षण गराउनु भयो भने केही खराबी छ भने पक्कै थाहा पाउन सकिन्छ ।

अन्त्यमा, विचार गर्नुपर्ने अर्को कुरा के छ भने कुकुरसँगको आशक्तिले मानवसँगको प्रेमपूर्ण यौन क्रियाकलाप आदान प्रदान गर्न सक्ने क्षमतामा नकारात्मक असर पार्छ ।

नेपालको मुलुकी अपराध (संहिता) ऐन, २०७४ ले पशुकरणीलाई दण्डनीय अपराधका रूपमा उल्लेख गरेको छ ।

यो समाजमा अमान्य विषय भएकाले धेरैलाई थाहा भए तपाईंको सम्मानमा समेत नकारात्मक असर पर्न सक्छ । त्यसमाथि कसैले उजुरी गरिदिए यो एउटा ठूलै समस्या बन्न सक्छ ।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग