सेक्स गर्दा गर्दै पलङ भाँचिएपछि फर्निचर कम्पनीविरुद्ध मुद्दा
संसारमा दुनियाँलाई चकित पार्ने अनौठो किसिमका घट्नाहरु घटिरहेका हुन्छन् । घटना सुन्दा हाँसोमा परिणत गराउने र घट्ना विश्वास नै गर्न नखालका समेत हुन्छन् ।
दक्षिण पूर्वी ईङ्गल्याण्डको वर्कशायर शहरमा एक नव दाम्पत्य जोडी जोन मार्शल र क्लेयरले यस्तै अनौठो घटना सामना गरेका छन् ।
उनीहरुले यौन सम्बन्ध राख्ने क्रममा पलङ नै भाँचिएको छ ।
पलङ भाँचिए पश्चात श्रीमती क्लेयर भुईमा पछारिइन् र उनको शरीरमा गम्भीर चोट लागि प्यारालाइसिस भएको थियो ।
यो घट्ना पश्चात क्लेयरको मेरुदण्डको हड्डीमा गम्भीर चोट लागेको छ भने घट्नापछि श्रीमती क्लेयरले बेड बनाउँने कम्पनीविरुद्ध अदालतमा मुद्दा समेत हालेकी छिन् ।
उनीहरुले केही दिन अगाडी मात्र यो पलङ किनिएको भनेर लण्डन हाइकोर्टमा मुद्दा सुनुवाईका क्रममा बताएका थिए ।
श्रीमतीको आरोप यस्तो छ कि, जुन दुर्घटना भएको हो बेडमा भएको खराबीका कारण भएको हो र बेड पनि केही हप्ता पहिले मात्र किनेको भनेर दावी गरिन् ।
बेडमा केही पनि खराबी नभएको भनेर बेड कम्पनीले घरमा डेलिभरी हुँदा दावी गरेको थियो, तर बेड पहिला नै बिग्रिएको रहेछ भनेर महिलाले दावी गरिरहेकी छिन् । एजेन्सी