युवतीको प्रश्न : यौनसम्पर्क गर्न अति इच्छा हुन्छ तर डर लागेर आउछ ?



 

म ३२ वर्षीया युवती हुँ । करिब ७ वर्ष अघि मेरो एकजना केटा साथीसँग यौनसम्पर्क भएको थियो ।

मलाई यौनसम्पर्क गर्न अति इच्छा हुन्छ तर मैले कसैसँग पनि यौनसम्पर्क गरेकी छैन किनभने ममा चाहना भए पनि अर्को पुरुषसँग यौनसम्पर्क राख्ने सोच मात्र राख्दा पनि एकदम डर लागेर आउने, मुटु कमजोर हुने, आत्मविश्वास हराउने आदि हुन्छ ।

त्यस्तो अवस्थामा ममा केही गर्ने आँट वा हिम्मत नआउने, आफसे आफ आत्मबल घटेर जाने हुन्छ जसले गर्दा कसैसँग पनि घरवार जोड्न नसक्ने गरी मेरो जीवन वरवाद भएको छ ।

पुरुषसँग सम्बन्ध राखेर पनि म कसरी निडर रहन तथा आत्मबल गुमाउनबाट जोगिन सक्छु ? किन कसैसँग यौनसम्पर्क राख्दा मानिस यति धेरै डराउँछ ? यो समस्या समाधान गर्न मैले के गर्न सक्छु ?

 

तपाईंले आफ्नो पहिलेको केटासँगको सम्बन्धका विषयमा सीमित जानकारी मात्र दिनुभएकाले तपाईंको अहिलेको समस्या त्यससँग सम्बन्धित छ कि छैन भन्न सकिने स्थिति भएन ।

यौनसम्पर्कको भय

तपाईंलाई थाहै होला कि विभिन्न परिस्थिति हुन्छन् जुन परिस्थितिमा व्यक्तिलाई डर लाग्छ । यो एउटा स्वाभाविक प्रक्रिया पनि हो । प्राकृतिक रूपमा जीवनयापन गर्दा यस्ता डरले जीवन सुरक्षाका लागि अमूल्य भूमिका खेल्छन् ।

यौनसम्पर्क राख्दा यौन साथी कस्तो पर्ला भन्ने डर, नचिनेको व्यक्तिसँग यौनसम्पर्क राख्दा यौन रोग लाग्ने डर वा कसैसँग यौनसम्पर्क राख्दा कसैले देख्ला कि भन्ने डर वा विवाह पूर्व यौनसम्पर्क राख्दा कसैले थाहा पाउला कि भन्ने डर लाग्छ ।

यी डर स्वाभाविक हुन् तर कतिपय स्थितिमा अस्वाभाविक रूपमै डर लाग्छ, जसलाई हामी भय भन्न सक्छौं । विशेष गरेर डर लाग्नु पर्ने कारण साधारण वा सानो भए पनि यसप्रति व्यक्तिले देखाउने प्रतिक्रिया भने असामान्य रूपमा बढी हुन्छ र व्यक्ति भयभित हुन पुग्छ ।

 

डर वा भय उत्पन्न गराउने तत्वको अनुपस्थितिमा वा अति नै थोरै भए पनि व्यक्ति आफ्नो सोचकै भरमा अति नै भयभीत हुने स्थिति भने असामान्य हो, तपाईंलाई पनि यस्तै भएको देखिन्छ ।

छोटकरीमा भन्ने हो तपार्इंमा यौनेच्छा भए पनि यौनसम्पर्कको भयले सताएको छ ।

यौनसम्पर्क राख्न भयभित हुने परिस्थितिलाई चिकित्सा शास्त्रको भाषामा Genophobia वा Coitophobia भनिन्छ । चिकित्सा शास्त्रको भाषामा Geno को अर्थ ग्रीक भाषामा यसको को सन्तान (offspring) हुन्छ र त्यसैगरी ऋयष्तगक को अर्थ यौनसम्पर्क हुन्छ ।

एजयदष्ब शब्द भने ग्रीक भाषको उजयदयक बाट आएको शब्द हो जसको अर्थ भय हुन्छ । अहिले बोलिचालीको भाषामा यौन दमन भएका समाजका लागि पनि यो शब्द प्रयोग भएको पाइन्छ ।

Coitophobia को कारण के होला ?

तपाईंले आफ्नो पहिलो यौन अनुभव वा अनुभूतिका बारेमा खासै जानकारी दिनुभएको छैन त्यसैले पनि यस्तो तपाईंलाई किन भयो होला भनेर भन्न सकिने स्थिति छैन तर सामान्यतया: किन कुनै व्यक्तिमा यौनसम्पर्कको भय हुन्छ भन्ने सन्दर्भमा चर्चा गरौं ।

 

 

यौन सम्पर्कको भय भएका व्यक्ति यौनसम्पर्कको सुरुवात गर्न खोज्दा वा यसको विचार मात्र आए पनि भयभित हुन्छन्, संत्रास (panic) बाट आक्रान्त हुने स्थिती आउँछ । तपाईंका कतिपय लक्षण डर लागेर आउने होस् वा मुटु कमजोर भएकाले होस् यो स्थितीसंग सम्बन्धित भए जस्तो देखिन्छ ।

पहिले कुनै यौन आघात पुग्ने किसिमको अप्रिय घटना यसको कारण भएको पाइन्छ ।

यौनशोषणमा पर्नु, अनिच्छाका बावजुद यौन संवेदनशील अंगको स्पर्श, मर्दन वा छेडछाड (sexual molestation) भोगेको, बलात्कारको शिकार भएको वा कलिलो उमेरमै भयानक किसिमको यौन घटनाको प्रत्यदर्शी भएको जस्ता घटनाको अमिट छाप पछिसम्म परेको स्थितिमा यस्तो स्थितिको कारकका रूपमा लिन सकिन्छ ।

अर्का तिर कतिपय व्यक्ति आफ्नो शरीर वा व्यक्तित्व राम्रो नभएको मानेर असुरक्षा अनि हीनभावनाले ग्रसित हुन्छन् जसले गर्दा यस्तो स्थिति आइपर्न सक्छ ।

समाधान के होला ?

तपाईंले पहिले भोग्नुभएको कुनै अप्रिय घटनाका सम्बन्धमा केही नलेख्नु भएकाले यसै भन्न सकिने स्थिति भएन तै पनि यौनसम्पर्कको भयलाई कसरी कम गर्न सकिएला भनेर चर्चा गर्दैछु ।

आध्याँरोदेखि होस् वा सर्पदेखि भयभित हुने कुरा धेरैले बुझ्न सक्लान तर धेरै ले यौन सम्पर्कदेखि नै भयभित हुने कुरा बुझ्न गाह्रो हुन्छ किनभने यौनसम्पर्क राख्न सबैजसो नै लालायित हुन्छन् । यस्तो समस्याको समाधान गर्न नसकिने होइन तर यो व्यक्तिअनुसार फरक–फरक हुनसक्छ ।

 

तपाईंलाई थाहा भएकै कुरा हो कि कारणअनुसार यसको उपचार गर्नुपर्ने हुन्छ । तपाईंमा भएको यस प्रकारको भयको जडसम्म पुग्न आवश्यक छ । तपाईंले यसको जडसम्म पुग्न आफैंलाई र आफ्नो विगतका घटना र त्यसले आफूलाई पारेको प्रभावका बारेमा केलाउनु पर्ने हुन्छ ।

कतिपय स्थितिमा आफैंले आफ्नो स्थिति केलाउन सजिलो नहुन सक्छ । त्यसका लागि तपाईंले मनोचिकित्सक, मनोरोग विशेषज्ञ वा मनोपरामर्श दिने व्यक्तिको सहायता लिनुपर्ने हुन्छ । यो पक्कै हो कि यस्ता किसिमका समस्या समाधान गर्न र सामान्य स्थितिमा आउन समय लाग्न सक्छ तर तपाईं आत्मविश्वासका साथ अघि बढ्नुभयो भने यस्ता समस्याको समाधान सम्भव छ ।

तपाईंको यौन जीवनमा साथ दिने कोही न कोही व्यक्ति पक्कै आउनेछ अनि कतिपय स्थितिमा उ पनि तपाईंको समस्या कम गर्न सहयोगी हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग