फिलिपिन्सका राष्ट्रपतिले भाषण गरिरहेकै बेला श्रीमतीकै अगाडी पाँच महिलालाई चुमेपछि



हाम्रो इकोनोमि

फिलिपिन्सका राष्ट्रपति रोड्रिग्रो दुतेर्तेले श्रीमतीकै अगाडी जापानको स्टेजमा भाषणका बेला पाँच महिलालाई चुम्बन गरेका छन् ।

दुतेर्तेले यी महिलाका कारण नै उनको समलैङ्गिकताको उपचार हुन सकेको बताएका छन् ।

उनको यो बयान फिलिपिन्सका विपक्षी नेता एन्टोनियो त्रिलानेसमाथि केन्द्रीत भएको अनुमान गरिन्छ ।

दुतेर्तेले त्रिलानेसको अभियानले उनी समलिङ्गी भएको दर्साउने आरोप लगाउने गर्छन् ।
दुतेर्ते जापानमा बस्ने फिलिपिन्सका जनतालाई सम्बोधन गरिरहेका थिए ।

यहाँ विपक्षी नेतामाथि निशाना साँध्दै उनले भने, ‘म र त्रिलानेस कुनै बेला एउटै थियौं, तर महिलाका कारण म ठिक भएँ । म पुनः एक पुरुष बनेको छु ।’

उनले स्टेजमा उभिएका केही महिलालाई चुम्बन गर्न समेत आग्रह गरे । मिडिया रिपोर्टका अनुसार दुतेर्तेले अविवाहित तर उमेरदार महिलालाई चुम्बन गर्न चाहेको बताए । त्यसपछि उनले एक युवतीतर्फ इशारा गरे ।

उनको इशारापछि पाँच महिला स्टेजमा उपस्थित भए र दुतेर्तेलाई चुम्बन गरे । भाषण सिद्धिएपछि राष्ट्रपतिले ‘अरु कोही मलाई चुम्बन गर्न चाहनुहुन्छ’ भनेर सोधे तर कोही महिला स्टेजमा उत्रिएनन् । यो घटनाको भिडियो क्लिप सोसल मिडियामा निकै चर्चित भइरहेको छ ।

View image on TwitterView image on TwitterView image on Twitter

स्टेजमा आफ्नो व्यवहारका लागि विवादमा आइसकेका छन्ः

दुतेर्ते यसअघि पनि थुप्रै पटक स्टेजमा आफ्नो व्यवहार र बयानका कारण विवादमा आइसकेका छन् ।

यसैवर्ष उनले एक भाषणमा बाइबलको विरोध गरेका थिए । साथै भगवानका लागि आपत्तिजनक शब्दको प्रयोग गरेका थिए ।

त्यसपछि क्याथोलिक बहुसंख्यक देश फिलिपिन्समा विवाद भयो । विवाद चर्किएपछि यदि कसैले भगवान छन् भनेर पुष्टि गर्न सके आफूले तुरुन्त राजीनामा दिने भन्दै पन्छिए ।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...