बर्षा राउतको पहिरनले सामाजिक संजालमा हंगामा (हेर्नुहोस् ५ तस्विरमा)



हाम्रो इकोनोमि

 

नेपाली सिनेमा क्षेत्रमा कुनै समय फेन्स सेन्स नभएको भन्दै खुबै आलोचना भोग्दै आएकी नायिका हुन बर्षा राउत ।

मोटो बजनकै कारण पनि आलोचित भएकी बर्षाले पछि आफनो अभिनय र राम्रा राम्रा फिल्महरुको कारण दर्शकहरुको मन जित्दै गईन् ।

यसबीचमा उनले राम्रो शुभेच्क्षुक र फ्यानहरु बढाएकीछिन् । कुनै समय फेसन सेन्सकै कारण आलोचित बनेकी बर्षा अब भने पहिरनकै कारण चर्चामा समेत आउँन थालेकीछिन् ।

हाल रिलिज भईरहेको फिल्म जात्रै जात्राको सफलताले दंग परेकी बर्षाले अष्ट्रेलियामा भएको शोको दौरान लगाएको पहिरनले उनी आलोचित पनि बनिरहेकीछिन् भने ट्रोलको सिकार बनेकीछिन् ।

प्राय सिम्पल पहिरन र भुमिकामा रुचाईएकी बर्षाले उक्त शोको दौरान लगाएको पहिरनको कारण उनलाई बिवाह भन्दा बिवाहपछि झन बोल्ड बनेको भन्दै ट्रोल बनाईरहेकीछिन् । उनको सोही पहिरनलाई लिएर डबल मिनिङ शब्द प्रयोग गरिएका ट्रोलहरु बनिरहेका छन् ।

हुनत बर्षा ट्रोल भएको पहिलो पटक भने होईन तर पहिरनकै कारण ट्रोल भएको भने पहिलो पटक नै हो । प्राय कलाकारहरु लाइमलाईटमा आउँन बोल्ड अनि हट पहिरनको साहयता लिने गर्छन् र विभिन्न स्क्यान्डल मच्चाउँने गर्छन् किनकी त्यसपछि मिडियाले राम्रै कभरेज गर्छ तर बर्षा आफैमा पनि लोकप्रिय नायिका हुन उनलाई चर्चामा आउँनकै लागि यस्तो पहिरनको आवश्यकता सायदै पर्दैन ।


समाजिक संजालमा बर्षाको पहिरनलाई लिएर एकाएक भाईरल भएको छ । उनका सुभचिँतक र समर्थकले पहिरनमा कुनै समस्या नभएको तर बर्षलाई तेति नसुहाएको उनका समर्थकले लेखेका भेटिन्छन भने उनको पहिरनलाई लिएर आलोचना गर्ने हरुको सङ्ख्यापनि उत्तिकै छ । सायद एउटा यो कारण पनि होला बर्ष सधै सिम्पल ड्रेसअपमा देखिने भएका कारण पनि एउटा यो पहिरन अल भद्दा भएको जस्तो ठान्ने पनि कतिपयको प्रतिक्रिया छन । तर एक नायिकाको पहिरनलाई लिएर आउने आलोचना र प्रक्तिक्रिया भने नौला होईनन् । एक नायिकको पनि निजि जिन्दगी हुन्छ त्यसैले यसमा धेरै ट्रोल र आलोचना गर्नु तेति सान्दर्भिक नहोला । फोटो कृष्ण श्रेष्ठको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...