धेरै पटक यौनसम्बन्ध राखेकी थिएँ, फेरि भर्जिन हुन के गर्नुपर्ला ?



 

म २० वर्षकी भएँ । मैले आफ्नो केटासाथीसँग धेरै पटक यौनसम्बन्ध राखेकी थिएँ । अहिले उसले मलाई छोडेको एक वर्ष भयो । मेरो परिवारबाट अर्को केटासँग विवाह गराइँदैछ । म भर्जिन छैन । त्यसैले मैले यौन सम्बन्ध राखेको थाहा हुन नदिन के गर्नुपर्छ ? मेरो भनाइको अर्थ फेरि भर्जिन हुन के गर्नुपर्ला ?

डा. राजेन्द्र भद्रा

तपाईंहरू बीच सहमतिमै यौनसम्बन्ध भएको देखिन्छ । यद्यपि सहमतिमै भएका यौनसम्पर्क समस्याविहीन हुने भने होइनन् । भाग्यवश तपार्इं अनिच्छित गर्भ वा यौनरोगको समस्या भोग्नुपर्ने स्थितिमा पुग्नुभएन । सम्बन्धको स्थायित्व एउटा महत्वपूर्ण पक्ष हो, तर तपाईंको केटासाथीसँगको सम्बन्धले निरन्तरता पाएन । सम्बन्धले निरन्तरता नपाउँदा त्यसका शारीरिक तथा मानसिक समस्या भोग्नुपर्ने स्थिति त आउँछ नै, जुन अहिले तपार्इंले भोग्नुपरिरहेको छ ।

कौमार्यताको कुरा

विशेष गरेर केटीको कौमार्य विकसित मानव सम्यताको मात्र नभै पहिलेदेखि नै मानव यौनिकताको महत्त्वपूर्ण पक्ष रहेको पाइन्छ । यसमा कसको नियन्त्रण हुने भन्ने एक किसिमको द्वन्द्व जहिले पनि पाइन्छ । विवाहमा कुमार केटालाई कन्या (केटी) खोज्ने चलन भए पनि विशेष गरेर कुमारी केटीको सन्दर्भमा कौमार्य भङ्ग भए–नभएको कुराले निकै महत्व राखेको पाइन्छ । यस्तो स्थितिका कन्या कुमारीलाई अक्षत योनि भनिन्छ । यसका लागि अंग्रेजी शब्द भर्जिन प्रयोग गरिन्छ ।

कुनै पनि व्यक्तिसँग यौनसम्पर्क राख्नु नै कौमार्य भङ्ग हुनु हो । अहिले कस्तो किसिमको यौन क्रियाकलापलाई यौनसम्पर्क मान्ने अनि कस्तोलाई नमान्ने भन्ने प्रश्न पनि छ । केटीका लागि कुमारित्व र केटाका लागि कुमारत्व शारीरिक कुरा मात्र होइन, भावनात्मक कुरा पनि हो । लिङ्ग प्रवेश नभै यौन उत्तेजक रूपमा यौनाङ्गमा हात तथा औंलाको भरपुर प्रयोग गरेर यौन क्रियाकलापमा संलग्न भएको कुरालाई के भन्ने ? जस्ता प्रश्न बाँकी नै रहन्छ । जैविक रूपमा यौनसम्पर्कको अनुभवहीनता नै कौमार्य भङ्ग नहुनु अर्थात् कुमार वा कुमारी हुनु हो । धेरैजसो स्थितिमा कौमार्य भङ्ग हुने कुरा किशोरी वा युवतीको वा भनौं महिलाको सन्दर्भमा गरिन्छ । त्यसैले होला, कुनै विवाहित दुलहीको कौमार्य परीक्षण गर्ने अनेक उपाय गरिए पनि विशेष गरेर महिलाको योनिच्छद दुरुस्त छ कि छैन भन्ने कुरा विभिन्न परिस्थितिमा भर पर्ने गरेको पाइन्छ ।

कौमार्य परीक्षण

योनि महिलाको नली आकारको प्रजनन अंग हो र बाहिरबाट देखिने प्वाललाई योनिद्वार भनिन्छ । यही योनिद्वारको ठीक भित्रपट्टि गुजुमुज्ज परेको पातलो छालाको पत्र वा झिल्ली हुन्छ । यसलाई योनिच्छद (Hymen) भनिन्छ । पहिले–पहिलेको जमानामा योनिमा भएको योनिच्छद यौनसम्पर्क गर्दा च्यातिएर रगत आउनुलाई नै केटीको कौमार्य भङ्ग भए–नभएको आधार बनाइन्थ्यो, तर वास्तविक कुरा के हो भने यो आधारलाई वैज्ञानिक मान्न सकिँदैन । कतिपय युवतीको योनिच्छद जन्मजात नै नहुन सक्छ वा त्यसको विकास राम्रोसँग नभएको हुन सक्छ भने यौनसम्पर्कबाहेकका अन्य क्रियाकलापले पनि यसलाई पहिले नै च्यातिदिएको हुन सक्छ । महिलाहरूमा योनिच्छद च्यातिने जस्ता शारीरिक प्रमाण भएको भनिएको स्थितिमा पनि अहिले आएर पक्का शारीरिक सम्बन्ध राखेको वा नराखेको भन्न नसकिने स्थितिमा पुगेको छ । पुरुषमा त यो अझ अप्ठयारो हुन्छ भन्ने कुरा त स्पष्ट नै छ ।

फेरि कुमारी बन्ने कुरा

कतिपय सम्प्रदायमा यौनसम्पर्क राखिएपनि कौमार्य नवीकरण गर्ने प्रचलन छ । यद्यपि एकपटक यौनसम्पर्कको अनुभव लिएपछि पुन: अनुभवहीनताको स्थितिमा पुग्न सकिँदैन । त्यसैले सैद्धान्तिक रूपमा तपाईंले आफ्नो कौमार्य फर्काउन सक्नुहुन्न । तपाईंले योनिच्छदलाई पुन: बनाउने कुरा गर्नुभएको होला । अहिले कतिपय देशमा त्यस्तो चलन छ । च्यातिसकिएको भए पनि योनिच्छद (hymenorrhaphy) शल्यक्रिया गरेर पुन: बनाइएको पनि पाइन्छ, यसले योनिच्छदलाई कुमारित्वको आधार मान्ने कुरालाई थप जटिल र अमान्य बनाइदिएको छ ।

थाहा नदिन के गर्ने ?

आफ्नो पहिलेको प्रेम तथा यौनसम्बन्धका बारेमा तपाईंले कतै चर्चा गर्नुभएन भने तपाईं उक्त अवस्थावाट गुज्रनुभएको होला भन्ने कुरा थाहा पाउन सजिलो छैन । महिला यौनअङ्गको बनावटका सम्बन्धमा पुरुषलाई सामान्य जानकारी हुने भए पनि तपाईंको योनिको बनावट वा स्वरूप यस्तै नै थियो भन्ने थाहा हुँदैन भने यौनसम्पर्क राखेको कुरा थाहा पाउन त झन् गाह्रो कुरा हो । कुमारित्व योनिच्छद भए–नभएको कुरालाई आधार बनाउन नमिल्ने कुरा त तपाईंले बुझि नै सक्नुभयो ।

विचार गर्नुपर्ने कुरा के भने घर–परिवार, छर–छिमेक अनि समाजले जहिले पनि यस्ता सम्भावित सम्बन्धलाई नियालिरहेको हुन्छ भने गोप्यता वा गोपनीयताको कुरा वास्तवमा तुलनात्मक हुन सक्छ । अर्को व्यक्तिसँगको सामीप्यता कसै न कसैले देखेको हुन्छ र यस्ता कुरा सार्वजनिक हुन सक्छन् र अन्त्यमा श्रीमान्ले पनि जानकारी पाउने सम्भावना हुन सक्छ । अर्को विचार गर्नुपर्ने कुरा, तपाईंको प्रेमीले तपाईंहरूबीचको यौनसम्पर्कलाई चर्चामा ल्याउने खतरा कति छ भन्ने हो, तर उसले भयादोहन गर्न नसकोस् भनेर मन बलियो बनाउनुपर्छ । अर्कातिर तपार्इंले शल्यक्रियाको प्रयास गर्नुभयो भनेचाहिँ मानिसलाई थाहा हुने सम्भावना अझ बढ्छ ।

तपाईंले पहिलेको प्रेमीसँगको जीवनलाई त्यहीं छोडेर अघि बढ्नु उचित हुन्छ । जे–जस्तो परिस्थिति आउँछ त्यसको सामना गर्न आफूलाई तयार राख्नुपर्छ । आफूले यौनसम्पर्क राखेको कुरा थाहा पाइएला भन्ने कारणले विवाह नगर्ने सोच बनाउनु उचित होइन । विवाहपूर्व यौनसम्पर्क गरेकै भरमा विवाहित जीवन नचल्ने होइन, अन्यथा पुनर्विवाह गर्नेहरूको जीवन जहिले पनि दु:खद हुने थियो । कुनै यौन क्रियाकलापमा संलग्न भएका कारणले शारीरिक रूपमा यौनसुख लिनेदिने कार्यमा संलग्न हुन नसक्ने पनि होइन । यदि असर पर्छ भने मनोसामाजिक रूपमा । अर्को व्यक्तिसँग यौनसम्पर्क गरेको थाहा हुनुलाई धेरैले अप्रिय मान्छन् । यस्तो कुरा यौनाङ्गको स्वरुप हेरेर होइन, कसैले भनिदिएर थाहा पाइएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं