पुरुषको कुन चिजले लठ्ठ पार्नसक्छ महिलालाई ?



 

रिएको एक अध्ययनअनुसार केसैलाई आफूतर्फ आकर्षित गर्न तथा आफ्नो पार्टनरलाई रिझाउन तपाईको सुगन्धले महत्वपूर्ण भूमिका खेल्छ ।

कसैलाई ‘सेक्सुअल्ली अट्रेक्ट’ गर्न पैसा, सुन्दरता तथा फिगरलगायत कुरा तपाईको सुगन्धको अगाडि सब बेकार हुन सक्छन् ।

एक्स्ट्रा मेरिटल डेटिङ साइट भिक्टोरिया मिलनले १२ देशका ती मानिसमाथि अनुसन्धान गरेको थियो, जो आफ्नो पार्टनरसँग चीट गरिरहेका थिए ।

उनीहरुको उक्त धोकेबाजीको कारणबारे सोध्दा हैरान गर्ने करण सामुन्ने आयो ।

उनीहरुले भनेका कुराहरुबाट थाहा हुन्छ कि तपाईको शरीरको सुगन्धको कति ठूलो भूमिका हुन्छ ।

अध्ययनमा सामेल ७८ प्रतिशत महिलाले शरीरबाट नराम्रो गन्ध आउने पुरुषसँग रात बिताउनु भन्दा उनीहरु एक्लै घर जान मन पराउने बताए ।

तर पुरुषहरुको प्राथमिकता भने अगल छ । अध्ययनमा सामिल १० मध्ये ५ जना पुरुषले भनेका छन् कि कुनै महिलासँग बेडरुममा गएपछि कुनै पनि प्रकारको गन्धले उनीहरुलाई फरक पार्दैन् ।

यद्यपी अध्ययनमा सामेल भएका ५३ प्रतिशत महिलाहरुले आफूहरुलाई प्राकृतिक गन्ध आउने पुरुष मन पर्ने बताए ।

६३ प्रतिशत पुरुषहरुले पनि महिलाका बारेमा यस्तै प्रकारको राय व्यक्त गरे ।

अध्ययनमा सामेल ५० प्रतिशत महिलाले यो पनि भने कि, कुनै जोडीको सम्बन्ध टुट्नुमा पर्टनरको नराम्रो गन्धको पनि भूमिका हुन्छ ।

खराब स्मेलका कारण उनीहरु रोमाञ्स गर्न सक्दैनन् । जसकारण ब्रेकअफ हुनसक्छ ।

 

भुलेर पनि नगरौं यस्तो अवस्थामा यौन सम्पर्क, तपाईको यौन पार्टनरका लागि हुन सक्छ घातक

सुखी दाम्पत्य जीवनको लागि यौन अत्यावश्यक कुरा हो । तर पनि कतिपय यस्ता अवस्था हुन्छ, जतिबेला यौन सम्पर्क राख्नु सहि हुँदैन । दाम्पत्य जीवन सुरु गरिसकेका वा नगरेका सबैको लागि यो जनाकारी आवश्यक छ अन्यथा ठुलो समस्यामा परिन्छ, जब समस्या पर्छ तब पछुताएर पनि केहि फाइदा हुँदैन ।

 

तल दिईएको जानकारी पढ्नुहोस् ः

१. आपसी सहमति र इच्छा बिपरित

यौन सम्पर्कका लागि दुबै पार्टनर मानसिक तथा शारीरिक रुपमा तयार हुनुपर्छ । यदि पार्टनरले इच्छा देखाएको छैन भने जबरजस्ती सम्पर्क राख्नु राम्रो होइन । यसले तपाईप्रति हेर्ने दृष्टिकोणमै फरक पर्छ । साथै असमझदारीको अवस्थामा जेलसम्म पनि पुग्नु पर्ने हुन्छ । पार्टनर नमान्दा९नमान्दै सेक्समा तल्लिन हुँदा त्यसलाई जबर्जस्ति करणीको मुद्धा पनि लाग्छ ।

पार्टनरका लागि टिप्स

यौन सम्पर्कअघि पार्टनरलाई बिस्तारै मानसिक रुपले तयार गर्ने । यसका लागि उनलाई आफ्नो सामिप्यता महसुष गराउनु पर्छ । प्रेमपूर्वक व्यवहार गर्नुपर्छ ।

२. झगडा वा मनमुटाव भएको बेला

धेरैले के ठान्छन् भने, मनमुटावको अवस्थामा यौन सम्पर्क गर्दा सम्बन्धमा सुधार आउँछ । तर, कहिले कहिं त्यसले उल्टो नतिजा दिन्छ । यौनको अर्थ प्रेम दर्शाउनु पनि हो । जबरजस्ती यौन सम्पर्क राख्ने प्रयासले थप झगडा निम्त्याउन सक्छ । किनभने यो शारीरिक क्रिया त हो तर, यसमा भावना पनि आवश्यक हुन्छ ।

 

लडाई–झगडा सुल्झाउनका लागि सबैभन्दा पहिला पार्टनरलाई फकाउनुहोस् । आफ्नो गल्ती छ भने माफी माग्नुपर्छ । पार्टनरलाई खुसी तुल्याउन गिफ्ट दिन सकन्छ । जब पार्टनर खुसी हुन्छ, तपाईले उनलाई पगाल्न तपाईलाई गाह्रो पर्ने छैन ।

३. गर्भवती भएको अवस्थामा

पत्नी गर्भवती भएको बेला यौन सम्पर्क राख्नुहुन्छ कि हुँदैन, कसरी राख्ने, कहाँ राख्ने रु यावत जिज्ञासा उठ्छ । विशेषज्ञका अनुसार गर्भवती भएको छैटौं हप्ताबाट बाह्रौ हप्तासम्म यौन सम्पर्क नराख्नु नै उचित हुन्छ । किनभने यसबेला यौन सम्पर्क राख्नाले गर्भपतनको संभावना हुन्छ । यसका साथै गर्भवती भएको अन्तिम दुई महिना पनि यौन सम्पर्क राख्नु हुँदैन ।

 

पार्टनरका लागि टिप्स

गर्भवती भएको बेला पार्टनरको पुरा ख्याल राखौं । उनीहरुलाई हरबखत खुसी राख्नुपर्छ । विज्ञका अनुसार गर्भवती भएको चौथो र सातौ महिनासम्म यौनसम्पर्क राख्न सकिन्छ, यद्यपी पार्टनरको सहज महसुष भएमा मात्र ।

 

४. शल्याक्रिया लगत्तै

शल्याक्रिया चाहे जतिसुकै सानो होस, जबसम्म घाउ पूर्ण रुपले निको हुँदैन यौनसम्पर्क राख्नु हुँदैन । सामन्य त चिकित्सकले शरीरको शल्याक्रियापछि तीन महिनाका लागि यौन सम्पर्क नगर्ने सल्लाह दिने गरेका छन् ।

पार्टनरका लागि टिप्स

तपाईले यो सोच्नुपर्छ कि, शल्याक्रियापछि औषधी र थेरापीको कारण पार्टनरलाई यौन सम्बन्धमा इच्छा हुँदैन । यसका साथै शरीरको घाउले उनीहरुलाई केहि सोच्न दिदैन । यस्तो अवस्थामा उनलाई तपाई प्रेम र उर्जा दिनुपर्छ ।

 

यौन उन्माद थाम्न नसकेर ३० बर्षीया महिलाले १३ बर्षे बालकलाई बाँधेर बलात्कार गर्न खोजेपछि…

 

भारतको यूपीमा ३० वर्षीय महिला बलात्कार प्रयासको आरोपमा पक्राउ परेकी छिन्। पक्राउ परेकी महिला माथि १३ वर्षीय किशोरलाई बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ गरिएको हो।

पक्राउ परेकी महिला माथि जबर्जस्ति करणी प्रयास सँगै कुटपिटको मुद्दा चलाइने बुझिएको छ। पिडित बालकको आमाले समयमानै उद्धार नगरेको भए महिलाले बालकलाई बलात्कार गरिसकेको हुने थिइन्।

 

पिडित बालकको गुप्तअङ्गमा चोट पुगेको बुझिएको छ। घर नजिकैको चौरमा खेलिरहेका बालक धेरै समय सम्म पनि घर नफर्किएपछि पिडित बालककी आमा आफ्नो छोराको खोजिमा जुटेकी थिइन्।

 

खोजि गर्दै गर्दा आफ्नै छिमेकमा रहेकी एक महिलाले लिएर गएको पत्ता लागेको थियो। आरोपी महिलाको घरमा पिडित बालकलाई बन्दक बनाइराखेको अवस्थामा फेला परे पछि बलात्कार प्रयासको घटना बाहिरिएको थियो।

 

घटना मंगलबारको भएको बुझिएको छ। पिडित बालकलाई आरोपी महिलाले पहिला फकाउन खोजेकी थिइन्। तर नमानेपछि बाँधेर बलात्कारको प्रयास गर्दै गर्दा बालकको उद्धार भएको थियो।

उद्धार गरेसँगै पिडित बालकको परिवारले प्रहरीमा उजुरी गरेपछि बलात्कार प्रयास गर्ने महिला पक्राउ परेकी थिइन्। पक्राउ परेकी महिलाको अहिले स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग