महिला भर्जिन छ/छैन कसरी थाहा पाउने ?



 

साधारणतय: योनिच्छेद नफाटेका केटीहरुलाई कुमारी अर्थात भर्जिन भनिन्छ । स्त्रीको योनीको मुखमा टासिएर रहेको नरम र पातलो जालो जस्तो हुन्छ । यो जालो नफाटेकोलाई भर्जिन रहेको र फाटेको पाइमा भर्जिन तोडिएको बुझिन्छ ।

 

जब केटीहरुको पहिलो यौन सम्पर्कका बेला योनिच्छेद तन्किने र च्यातिन्छ भन्ने गरिन्छ । तर, सेक्स नभएपनि विभिन्न कारणले योनिच्छेद् च्यातिन सकिने चिकित्सकहरु बताउँछन् । उनीहरुकाअनुसार व्यायाम गर्दा, साइकल चलाउँदा, रुख चढ्दा पनि योनिच्छेद च्यातिन्छ ।
कतिपय मानिसहरु भर्जिन केटीको पहिलो यौनसम्बन्धका बेला रक्तस्राव हुनुपर्ने मान्यता राख्छन् । र यो नभएपनि दम्पत्तिबीच नै फाटो आउने सम्भावना पनि देखिन्छ । तर, यो एउटा भ्रममात्रै हो ।

 

कैयौं अनुसन्धानले पहिलो यौन सम्पर्कको समयमा रक्तस्राव हुनु वा नहुनुसँग कुमारित्वको कुनै सम्बन्ध नभएको पुष्टी गरेका छन् । यद्यपी ४२ प्रतिशत महिलालाई भने पहिलो यौन सम्पर्कको समयमा रक्तस्राव हुन्छ भने बाँकीलाई नहुने चिकित्सकको दाबी छ ।

 

यसर्थ हालसम्म कुनै पनि केटी भर्जिन रहेको र नरहेको ठोकुवा गर्न सकिँदैन । स्वयम् केटीले आफू भर्जिन रहे नरहेको थाहा पाउन सक्छिन् भने अरुले पत्ता लगाउन कठिन छ ।

 

यौन सम्पर्कबाट श्रीमती सन्तुष्ट भए नभएको कसरी थाहा पाउने ? डाक्टर यस्तो भन्छन

 

तपाईंकी श्रीमती सन्तुष्ट नभएकै हो वा तपाईंलाई त्यस्तो लागेको मात्र हो भन्ने कुराअनुसार फरक–फरक समाधान हुन सक्छ । तपाईंकी श्रीमतीमा यौनेच्छा बढी भएको पनि हुन सक्छ । यो कुरा तपाईंहरूबीचको सम्बन्धको सुमधुरता मात्र होइन, शारिरीक तथा मानसिक स्थितिमा पनि भर पर्छ । महत्वपूर्ण कुरा के छ भने यौनसम्पर्कवाट मात्र महिलाले यौन सन्तुष्टि प्राप्त गर्ने होइन । महिलाले कसरी यौन सुख प्राप्त गर्न सक्छन् भन्ने कुरामा ध्यान दिने मात्र होइन, त्यसमा संलग्न पनि हुनुपर्छ ।

 

महिलाको सबैभन्दा यौन संवेदनशील अङ्ग ‘भगाङ्कुर’ बाहिरतिरै हुन्छ । त्यसलाई हात वा औंलाले चलाएर यौन चरमसुख प्राप्त गर्न सहयोग गर्न सकिन्छ । योनि अर्को महत्वपूर्ण अङ्ग हो । यसको बाहिरतिरको भाग यौन संवेदनशील हुन्छ । योनिमा केही पसाई त्यसबाट घर्षण गराएर आनन्द प्राप्त गर्न सकिन्छ । स्तन तथा अन्य यौन संवेदनशील अङ्गको मर्दन, घर्षण अनि चलाउने जस्ता क्रियालापमा संलग्न हुन सकिन्छ । त्यसबाहेक अन्य नयाँ प्रयोग गर्न सकिन्छ । यौन क्रियाकलापमा संलग्न हुँदा पाक्क्रीडामा संलग्न भए यौन उत्तेजना प्राप्त गर्न र चरमसुखसम्म पुग्न सजिलो हुन्छ।

 

यसले यौनसम्पर्कमा संलग्न दुवै जनालाई साथसाथै चरमसुख प्राप्त गर्न मद्दत गर्छ । दुवैले एकसाथ चरमसुख प्राप्त गर्नु सजिलो कुरा होइन र यही नै हुनुपर्छ भन्ने पनि छैन । साथसाथै चरम सुख प्राप्त भएन भनेर पीर गर्नुपर्ने आवश्यता छैन, पालैपालो यौन चरमसुख प्राप्त गरे पनि हुन्छ ।

 

पुरुष भर्जिन श्रीमति खोज्छन्, भर्जिन श्रीमति खोज्ने पुरुषहरु नै धेरै वेश्यालय धाउँछन्! म पनि भर्जिन श्रीमान खोजौँ?

 

फोर जी’को जमनामा ब्रत बसेर भर्जिन पत्नि पाइन्छ भनेर कोही भगवान आएर मेरो कानमा सुनाए भने राम–राम म एक महिनासम्म पानी पनि नपिइ ब्रत बस्ने थिएँ ।’एकजना युवकको यो स्टाटस पढेर मनमा धेरै कुरा उम्रिए । दिमागमा कुरा खेलेपछि कलमको साहारा लिन बाध्य भएँ ।

मनमा कुरा खेलेपछि केही नलेखी बस्नै सकिएन । एउटी केटीले पुरुषलाई होच्चाएर केही शब्द लेख्यो भने बुरुक्क उफ्रिने जमात, पुरुषकै यस्ता कुरामा ‘हो मा हो’ जनाउँछ । आजका केटी भर्जिन् छैनन् भन्ने आशय राख्नु भन्दा पहिले आजसम्म तिमीले कतिवटा केटी खेलायौ भन्ने कुराको हेक्का राख्न जरुरी ठान्ने कि ।

 

तिम्रा साथीहरुले कतिवटी केटीको भर्जि्निटीमा र्याल काढे र लुटे भन्ने हेक्का राख्ने कि ! जसरी आगोविना प्लाष्टिक जल्न सक्दैन त्यसरी नै कुनै पनि केटाको साथविना केटीले आफ्नो भर्जि्निटी अरुलाई सुम्पिन सक्दिन । “ एउटा गल्फ्रेन्ड हुँदा हुँदै अर्कीलाई प्रेम प्रस्ताव राख्ने पुरुषहरु नै समाजमा यस्ता ढोंगी गफ दिन्छन् ।

घरमा श्रीमती हुँदाहुँदै गर्लफ्रेन्ड बनाएर डुल्ने को ? अरुकी राम्री श्रीमति देखे उसैसँग जिस्किन खोज्ने को हो ? बाटोमा हिँड्दा ‘ओ मैया कता हो’ खिसी गर्दै युवतिहरुलाई जिस्क्याउने को हो ? भर्जिन श्रीमती पाउन ब्रत बस्न सक्ने पुरुष आफू भर्जिन हुन जरुरी छ कि छैन ? हुन त समाज नै यस्तै छ ।

 

सानैदेखि छोरा खोलामा पौडी खेल्न जान्छ र छोरीले कुचो लिएर घर बढार्नुपर्छ । छोरी घरभित्र डाडु पनियोसँग खेलीरहँदा छोरा घरबाहिर फुटबल खेलिरहन्छ । छोरी कोही केटासँग फोनमा बोल्दा ‘लौ अब छोरी बिग्रि’ भनेर बिहेको लागि केटा खोज्ने समाज, छोरा बोल्दा कोही उसका साथी होलान् भनेर सुनिरहन्छ ।

 

परिवर्तनको खाका बोकेर जतिसुकै आधुनिकताको गीत गाए पनि महिलालाई हेर्ने पुरुषको सोच निच नै छ भन्ने कुराको पुष्टि सामाजिक संजालमा देखिने यस्तै कमेन्ट र स्टाटसबाट पनि प्रष्ट हुन्छ ।दुख लाग्छ, महिला जतिसुकै शिक्षित भए पनि, समृद्ध भए पनि पुरुषहरुले महिलालाई हेर्ने आँखा नै ‘सेक्सिस्ट’बनिदिएपछि परिवर्तन सम्भव छैन । ती पुरुष साथीको स्टाटसमै केन्द्रित बनौँ, पुरुष भर्जिन श्रीमति खोज्छन् ।

यही निच चिन्तनका कारण पुरुषप्रति महिला सधैँ सशंकित रहन्छन् । उनी त नेपाली समाजका पुरुषहरुका प्रतिनिधि पात्र हुन् । भर्जिन युवति खोज्ने पुरुषहरु नै धेरै वेश्यालय धाउँछन् । किनकी, श्रमितिमा भर्जि्निटी खोज्नु आफैँमा कुण्ठा र ढोंग हो । सामाजिक संजालमा दैनिक रुपमा सार्वजनिक भइरहने यस्तै प्रतिक्रियाले महिला–पुरुषको दूरी बढाउनुका साथै समाजलाई असहिष्णु बनाउँदै लैजान्छ । तर महिलालाई सम्मान गर्न नजान्ने ‘सेक्सिस्ट’ पुरुषहरु यस्ता गम्भीर विषयमा कहिल्यै उदार भएर सघन बहस गर्दैनन् ।

 

बरु कुण्ठा र ढोंगले भरिएका बिचार फेसवुकमा पोख्छन् ।पुरुषले झैँ कुनै युवतिले पनि आफ्नो श्रीमान विहेअघि भर्जिन होस् भन्ने सर्त राखी भने के हुन्छ ?भर्जि्निटीबारे पुरुष जे सोच्छन् त्यो सोच नै निकृष्ट लाग्छ । अत्याधुनिक दुनियामा भर्जि्निटीबारे सोच बनाउने कुरामा सबै उदार बन्नैपर्छ । ति पुरुषलाई सोध्नुछ, ‘ओ सेक्सिस्ट पुरुष ! तिमीले विहेको लागि भर्जिन युवति खोजे झैँ, म पनि भर्जिन पुरुष खोजौँ ?’ के जवाफ दिन्छौ यस्तो सोध्दा ?

तर यस्तो सस्तो कुरामा बिचार अल्झाउनु छैन मलाई । प्रेम, यौन, विवाह जस्ता प्रकृतिक र सांस्कृतिक पक्षहरुबारे अलि फराकिलो दायरा बनाएर हेर्नुपर्छ ।पक्कै पनि समाज बदलिँदैछ । यस्ता विषयमा हेरिने दृष्टिकोण फेरिएको अवस्य छ । यद्यपी कुण्ठाले भरिएका ‘सेक्सिस्ट’ पुरुषहरुको सोचले गर्दा पुरुषसत्तालाई थप मलजल पुर्याएको तितो यथार्थ अझै छ ।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग