सेक्स पावर बढाउँने यस्ता छन उपाए, यार्सादेखि भिएग्रासम्म



 

स्वयम्भूका ५५ वर्षीय रोशन कार्की (नाम परिवर्तन) व्यापारी हुन्। दुई सन्तानका बाबु उनमा यौन दुर्बलता थियो। कामकाजमा व्यस्त हुने उनी दिनहुँजसो मदिरापान गर्थे। श्रीमतीसँग शारीरिक सम्पर्क गर्न मन नलाग्ने र गर्न खोजे पनि लिंग उत्तेजित नहुने समस्याले हैरान भएका उनलाई उनका साथीहरूले रक्सीमा यार्सागुम्बा डुबाएर खाए यौनशक्ति बढ्ने सल्लाह दिए। रोशनले चर्काे मूल्यमा यार्सागुम्बा खरिद गरेर रक्सीको बोतलमा डुबाउने र त्यही रक्सी सेवन गर्न थाले।

 

यार्सागुम्बा डुबाइएको रक्सी सेवनपछि यौनक्षमता बढ्ने आशमा उनले रक्सी सेवन अझै बढाए। रक्सीको मात्रा बढ्दै गएपछि उनको यौनेच्छा झनै ह्रास हुँदै गयो। उनी अल्कोहलिक हुने चरणमा पुगे। बढी रक्सी सेवन गर्न थालेपछि उनलाई उनकी श्रीमतीले मनोचिकित्सक डा. रवि शाक्यकहाँ उपचारका लागि पुर्‍याइन्। डा. शाक्यका अनुसार साथीहरूले यार्सागुम्बा डुबाइएको रक्सी खाँदा यौनक्षमता बढ्छ भनेर दिएको गफ पत्याउँदा रोशन थप समस्यामा परेका थिए।

 

केस २ : ६० वर्षका प्रकाश शर्मा (नाम परिवर्तन) मधुमेहका बिरामी हुन्। उनी आयुर्वेदिक औषधिको पछि लागेर यौन क्षमता बढाउने धुनमा छन्। डिप्रेसनको पनि समस्या भएका उनी पनि डा. शाक्यकोमा नियमित परामर्शका लागि आउँछन्। उनले यौनक्षमता बढ्छ भनेर अदुवा, सिलाजित, पाँचऔँले आदि सेवन गरिरहेका थिए। डा. शाक्यले डायबेटिजका कारण ह्रास भएको यौनक्षमता यस्ता औषधि खाएर बढ्दैन भनेर ‘काउन्सिलिङ’ गर्दा पनि उनले पत्याएनन्।

‘यौनशक्ति बढाउनेसम्बन्धी थुप्रै भ्रमका पछि लागेर उनले अदुवा, लसुन, माछा, भँगेराको मासुलगायत खाने गरेको छु भन्नेहरू उपचारका क्रममा दिनहुँ भेट हुन्छ,’ डा. शाक्य भन्छन्। यौनसँग सम्बन्धित समस्या ९० प्रतिशत मानसिक र बाँकी १० प्रतिशत शारीरिक तथा अन्य रोगसँग सम्बन्धित रहेको कुरा पत्याउन अधिकांश मानिस तयार नभएका कारण हल्लाका भरमा धेरैले जथाभावी औषधि र अन्य खानेकुरा खाइरहेको डा. शाक्य बताउँछन्।

 

‘स्त्री र पुरुषबीच यौन सम्बन्धमा जटिलताहरू मूलतः तीन कारणबाट आउँछन्,’ उनी भन्छन्, ‘मानसिक, शारीरिक र मनोशारीरिक। प्रौढ अवस्था यस्तो उमेर हो, जसमा तीनटै कारणले यौन जटिलता आउन सक्छ।’ उनका अनुसार जवानी फर्काउने कसरतमा कसैले गफ दिएको भरमा आयुर्वेदिक भन्दै जे पायो त्यही खाँदैमा घट्दै गएको यौनक्षमता बढ्दैन।

 

केस ३ : काठमाडौँ, पुतलीसडकस्थित माता मनकामना आरोग्य केन्द्रका डा. बद्रीप्रसाद भट्टराईकहाँ दिनहुँजसो उमेर ढल्किसकेका पुरुषहरू यौनशक्ति बढाउने चाहनामा आउँछन्। केही समयअघि मात्रै उनीकहाँ ८४ वर्षीय दुर्गाप्रसाद (नाम परिवर्तन) उपचारका लागि आए। शारीरिक रूपमा हेर्दा ६० वर्षका जस्ता लाग्ने उनी पेशाले इन्जिनियर हुन्।‘धेरैले यौन उत्तेजनाका लागि भिएग्रा खान्छन्,’ डा. भट्टराई भन्छन्, ‘५० एमजी नर्मल डोज हो।

तर, दुर्गाप्रसाद ‘चार सय एमजी भिएग्रा खाँदा पनि भएन’ भनेर आएका थिए। त्यसबाहेक अन्य औषधि पनि उनले लापरबाहीपूर्वक खाएका रहेछन्।’ विज्ञापनको पछि लागेर खाएको औषधिले यौनशक्तिमा झन् ह्रास आएपछि उनी डा. भट्टराईकहाँ आएका थिए। ‘हामीले मानिसलाई प्राकृतिक रूपमा उपचार गर्ने मात्रै हो,’ डा. भट्टराई भन्छन्, ‘यसको मतलब ८१ वर्षको वृद्धलाई १८ वर्षको जवान बनाउन सकिँदैन।

 

हामीले गर्ने भनेको प्राकृतिक तवरले कमजोरीलाई सुधार्ने मात्र हो।’झट्ट हेर्दा अव्यावहारिक र आश्चर्यजनक लागे पनि उमेर ढल्किँदै गएपछि पुरषहरूको यौन चाहना बढ्दै जाने डा. भट्टराई बताउँछन्। ‘बुढेसकालमा मानिसहरू दायित्व र कर्तव्यबाट मुक्त भइसकेका हुन्छन्,’ उनी भन्छन्, ‘उनीहरूलाई करिअर बनाउने, घरसम्पत्ति जोड्ने, छोराछोरी पढाउने चिन्ता हुँदैन। यो अवस्थामा मानिस कि अध्यात्मतिर लाग्छ कि मनोरञ्जनतिर। मनोरञ्जनमा सबैभन्दा कमन मनोरञ्जन सेक्स हो।’

 

यौनशक्तिमा ह्रास आएको थाहा पाए प्रायः पुरुषले घरेलु उपाय अपनाउने गरेको डा. भट्टराईको अनुभव छ। ‘घिउ, मह, लसुन, फर्सीको बियाँ, खरबुजा, काजु, बदाम, दूधबाट मानिसले समाधान खोजिरहेका हुन्छन्,’ उनी भन्छन्, ‘कहिल्यै नखाने मान्छे र त्यही चिज लामो समयदेखि खादै आएको छ भने त्यो लाभकारी हुन्छ। तर, यसमा औषधिको जस्तो प्रभाव हुँदैन।’

 

बुढेसकालसम्म यौनशक्ति कायम राख्न युवा अवस्थादेखि नै तयारी चाहिने उनी बताउँछन्। ‘सकारात्मक सोच र नियमित व्यायामले यौन जीवन पछिसम्म बलियो बनाइराख्छ,’ उनले भने, ‘बुढेसकालमा स्मरण शक्ति, शारीरिक शक्ति, पाचान शक्ति बलियो हुनुपर्छ भन्ने खोजी कहिल्यै हुँदैन। तर, मान्छेहरूलाई यौनशक्ति चाहिँ बुढेसकालमा पनि जवानीको जस्तो चाहिन्छ।’ कतिपयलाई शरीर कमजोर हुँदा पनि यौनेच्छा किन हुन्छ भन्ने लाग्न सक्छ। ‘यसका लागि हामीले शरीर र मनको विषयलाई बुझ्नुपर्छ,’ योग गुरु योगी विकासानन्द भन्छन्, ‘मन कहिल्यै बूढो हुँदैन। बूढो नभएको मनले यौनेच्छा राख्नु स्वाभाविक हो। मन आफैँमा आकांक्षा र इच्छा हो।

त्यसैले शरीर जति बूढो भए पनि मनले इच्छा गरिरहन्छ।’ अधिकांश मानिसले यौनलाई नै प्रमुख सुखका रूपमा बुझेको उनी बताउँछन्। ‘प्रकृतिमा मानिस मात्र यस्तो प्राणी हो, जसले बच्चा जन्माउनबाहेक मनोरञ्जनका लागि पनि सहवास गर्छ,’ उनी भन्छन्, ‘यौनलाई मुख्य सुख वा मनोरञ्जनको माध्यम बुझेकाले नै मानिस तनले नसके पनि मनले इच्छा गरिरहन्छ। अर्काेतर्फ शरीर शिथिल हुँदा पनि वीर्य बन्ने प्रक्रिया रोकिएको हुँदैन, जसले गर्दा पनि मानिसमा यौन चाहना रहिरहन्छ।’

 

‘पावर बुस्टर’को भ्रम :‘डाक्साब, म ६५ वर्षको भएँ। साथीको लहैलहैमा लागेर महँगो पावर बुस्टर भन्ने सेवन गरेको फिटिक्कै काम गरेन।’‘भिएग्रा र पावर बुस्टर भन्नेमा कुन चाहिँले स्टामिना बढाउँछ ?’‘डाक्साब, प्रेसरको औषधि खाइरहेको छु। मैले पावर बुस्टर सेवन गर्न मिल्छ ?’‘मलाई ब्लू फिल्ममा जस्तो लामो समयसम्म यौन सम्पर्क राख्न मन छ। पावर बुस्टरले फाइदा गर्छ रे, हो ?’विगत केही समयदेखि पावर बुस्टरसम्बन्धी यस्ता प्रश्न गर्ने व्यक्तिहरूले यौनरोग विशेषज्ञ डा. सुमनराज ताम्राकारलाई दिक्क लगाइरहेका हुन्छन्। नेपाली पुरुष वा दम्पतीबीच पावर बुस्टर चर्चाको विषय बनेको उनी बताउँछन्।

 

परिणाम सही वा गलत जेसुकै भए पनि कतिपय अवस्थामा नेपालीहरूमाझ यसको ‘ह्विम’ चलेको उनको भनाइ छ। ‘त्यसैले यसलाई पछिल्लो सेक्स स्टामिना बढाउने कडीका रूपमा लिन थालिएको छ,’ डा. ताम्राकार भन्छन्, ‘पावर बुस्टरका नकारात्मक असरहरू छन्। अग्र्यानिक वा आयुर्वेदिक वा जेजस्तो दाबी गरिए पनि यो साइड इफेक्टबाट पूर्ण रूपमा मुक्त हुँदैन। पावर बुस्टरको सेवन गर्ने नै हो भने यसका सही उपयोग, फाइदा, बेफाइदाबारे जानकारी लिनुपर्छ।’

यार्सा र भियग्राका कुरा : फोक्सो र मिर्गौलाको समस्यामा यार्सागुम्बा प्रयोग गरिने भएकाले लिंग उत्तेजनाको समस्या भएकालाई लाभदायक हुन्छ भनेर बढी प्रचार गरिने गरिएको डा. सुमनराज ताम्राकार बताउँछन्। यार्सागुम्बाको सेवनले रोगसँग लड्न सक्ने क्षमता मजबुत बनाउने, थकान मेटाउने, रगत बढाउने, कोलेस्टेरोल घटाउने काम गर्नुका साथै मुटुको चाल गडबडी, हेपाटाइटिस बी, रक्तअल्पता, श्वासप्रश्वासको रोग, मुटुको रोग र कलेजोको रोगमा पनि फाइदा पु¥याउने उनी बताउँछन्। भिएग्राले अपेक्षाकृत उत्तेजना पैदा गरिदिने डा. ताम्राकार बताउँछन्। ‘भिएग्राले यौनांगमा नाइट्रिक अक्साइडको कामलाई बढावा दिन्छ,’ उनी भन्छन्, ‘यसले गर्दा लिंगको मांसपेशी खुकुलो हुन्छ। जसका कारण रक्तप्रवाह बढ्न गई यौनांगको कमलो तन्तु बिस्तारै कडा र दह्रो हुँदै आउँछ।’

 

भिएग्रा सेवनले धेरैजसोलाई टाउको दुख्ने, तातो अनुभव हुने, नाक रसिलो हुने, आँखा धमिलो हुने, उज्यालोमा हेर्न कठिनाइ पर्ने र कतिपयले सबै कुरा निलो देख्ने समस्या हुने डा. ताम्राकार बताउँछन्। ‘रक्तचाप स्वाट्टै घट्ने, हृदयाघात हुने, मस्तिष्कघात हुने, एक्कासि कान नसुन्ने आदि समस्या हुन सक्छन्,’ उनी भन्छन्, ‘उच्च रक्तचाप र एचआईभीको औषधि खाइरहेकाले भिएग्रा सेवन गर्नु हुँदैन। उनीहरूका निम्ति भिएग्रा हानिकारक हुन सक्छ।’ त्यस्तै, मुटु, कलेजो र मिर्गाैलाका रोगीले पनि भिएग्रा सेवन गर्न नहुने उनको भनाइ छ।

 

‘यौन आनन्द लिने नाममा उमेर ढल्केकाहरूका लागि पावर बुस्टर कुनै पनि हालतमा सान्दर्भिक छैन,’ उनी भन्छन्। डा. रवि शाक्यका अनुसार कतिपयले यौन चाहना बढ्छ भन्दै भिएग्रा सेवन गर्छन्। ‘यसले यौन चाहना बढाउने र उत्तेजित नै नहुने लिंगलाई कडा बनाउने होइन,’ उनी भन्छन्, ‘अलिअलि कडा हुने लिंगमा ब्लड सर्कुलेसन बढाएर पूर्ण रूपमा उत्तेजित बनाउनमा मात्र भिएग्राले सहयोग पु¥याउन सक्छ। चिकित्सकको परामर्शबिना भिएग्रा सेवन गरे ज्यानै जाने जोखिम पनि हुन सक्छ।’

लिंग उत्तेजित नहुने समस्या : लिंग उत्तेजित नहुनुको शारीरिक मात्रै नभई मनोवैज्ञानिक कारण पनि हुन सक्ने डा. शाक्य बताउँछन्। ‘यौन चाहना नहुनु तथा लिंग उत्तेजित नहुनुलाई शारीरिक कारणबाट हेरेर हुँदैन,’ उनले भने, ‘यो समस्याको प्रमुख कारण मनोवैज्ञानिक नै हो।’ उनका अनुसार मनोसामाजिक कारणबाट पनि यो समस्या देखापर्न सक्छ।

 

भन्छन्, ‘पत्नी आकर्षक नलाग्नु, पति–पत्नीबीच मनमुटाव हुनु, पार्टनर यौनक्रियाप्रति व्यावहारिक नहुनु, अस्वस्थ भइरहनु, यौन सम्बन्ध स्थापित गर्दा अरूले देख्ने, समातिने र दण्डित हुने डर र चिन्ता, विफलताको भावना आदिले गर्दा पनि लिंग उत्तेजित नहुने समस्या आउन सक्छ।’कुनै पनि औषधि खानुअघि सबैभन्दा पहिले लिंग उत्तेजनाको समस्याको कारण मनोवैज्ञानिक हो कि शारीरिक, त्यो पहिचान गर्नुपर्ने उनी बताउँछन्। ‘यस्तो स्थितिमा समस्याको सही कारण पत्ता लगाउन विशेष जाँच गर्नुपर्छ,’ उनी भन्छन्।

 

केले गडबड हुन्छ यौन जीवन ?

मधुमेहका रोगी, मानसिक रोगी, हाइपर टेन्सनको औषधि सेवन गरिरहेका मान्छे, ‘साइकोजेनिक’, अत्यधिक मद्यपान गर्ने र लागुऔषध सेवन गर्नेको यौन जीवन गडबड हुने डा. शाक्य बताउँछन्। ‘डिप्रेसनको समस्या भएको व्यक्तिको सेक्स लाइफ पनि बर्बाद हुन्छ,’ उनी भन्छन्, ‘डिप्रेसन महिला–पुरुष दुवैमा सेक्स समस्या पैदा गर्ने प्रमुख कारण हो। डिप्रेसनबाट पीडित अधिकांशलाई सेक्सप्रति रुचि हुँदैन।’ डिप्रेसनले यौनेच्छामा कमी ल्याउनुका साथसाथै यौन प्रक्रियामा समेत असर गर्ने उनी बताउँछन्।

‘डिप्रेसनका कारण लिंगमा कडापना नआउने र शीघ्रपतनको समस्या देखापर्न सक्छ,’ उनी भन्छन्, ‘यस्ता समस्याले डिप्रेसन झन् बढ्ने गर्छ। सेक्स समस्याबाट पीडित व्यक्तिले कतै आफू डिप्रेसनबाट पीडित त छैन भन्नेप्रति ध्यान दिनुपर्छ। समस्या पत्ता नलगाईकन यौनशक्ति बढाउने भन्दै जथाभावी औषधि खाँदा हानिबाहेक केही हुँदैन।’‘कुनै पनि खाद्यवस्तु वा पदार्थले शरीरमा वा रगतमा नाइट्रिक अक्साइडको मात्रा बढाउँछ,’ डा. ताम्राकार भन्छन्, ‘यस्ता खानेकुराले यौन उत्तेजना नै त नभनौँ, कम्तीमा लिंग कडा पार्ने काम चाहिँ गर्न सक्छन्।’

 

कतिपय मान्छे सुनेका भरमा यस्ता खाद्यवस्तु खान्छन्। ‘एक टुक्रा नरिवल वा एक गेडा काजु खाँदैमा यौनशक्ति बढ्छ भन्नु भ्रम हो,’ उनी भन्छन्, ‘तर, आरु, स्ट्रबेरी, एभोकाडो, खरबुजा, केही ड्राई फ्रुट, अण्डा, कफी आदिलाई यौनवद्र्धक खाद्यवस्तुका रूपमा लिने गरिन्छ।’ भिटामिन ‘ई’ले पनि हर्मोन उत्पादनमा सहयोग गर्ने उनी बताउँछन्। ‘सिमी र कुरिलोका साथै चकलेट, फर्सीको बियाँ र खुर्सानीलाई पनि यौनवद्र्धक नै मानिन्छ,’ उनी भन्छन्, ‘केरा, गाजर, गोलभेँडा, स्याउ आदि यौन स्वास्थ्यका लागि राम्रा मानिन्छन्। तर, यसको मतलब कुनै खास खानेकुराले यौनशक्ति बढाउँछ भन्ने कदापि होइन।’

यौन क्षमता बढाउने नाममा ब्रह्मलुट :

 

‘यौनसम्बन्धी सम्पूर्ण समस्याको ग्यारेन्टीका साथ उपचार गरिन्छ’ भनेर खोलिएका केन्द्र र पसलबाट जोगिनुपर्ने डा. शाक्य बताउँछन्। ‘कस्मेटिक प्रोडक्ट वा चकलेट खरिद गरेजसरी विदेशबाट आयात गरिएका यौनशक्ति बढाउने भनिएका औषधिको प्रयोग गर्नु हुँदैन,’ उनको सुझाव छ। राजधानीलगायत देशका विभिन्न शहरमा खुलेका यौन रोग उपचार केन्द्रहरूले शीघ्रपतन, यौन सन्तुष्टि, यौन चाहना, स्वप्नदोष, स्तन सानो वा ठूलो पार्नेदेखि महिलाको गुप्तांग टाइट गर्ने, पुरुषको लिंग लामो र मोटो बनाउनेलगायत आकर्षक ‘नारा’ दिँदै उपभोक्तालाई ठगिरहेको उनको आरोप छ। ‘शतप्रतिशत उपचारका नाममा भ्रामक विज्ञापन दिँदासमेत नियामक निकाय स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभागले कारबाही गर्न सकेका छैनन्,’ उनी भन्छन्, ‘सरकारी निकायहरू एकले अर्कालाई दोष दिएर उपचारका नाममा ठगी गर्नेलाई उन्मुक्ति दिइरहेका छन्।’

नेपालमा यौनवद्र्धक औषधि आयात तथा बिक्री गर्ने संस्था कति छन् भन्ने यकिन तथ्यांकसमेत छैन। शहरका चोक–चोक र गल्ली–गल्लीमा भेटिइने यस्ता संस्थाले विभिन्न नाम र ब्रान्डका तेल, ट्याब्लेट, क्याप्सुल, जेल, स्प्रे, बिक्री गरिरहेका भेटिन्छन्। ‘मलेसिया, भारत, चीनलगायत देशबाट औषधि ल्याएर नेपाली नाम दिएर रिप्याकिङ गर्ने चलन पनि छ,’ डा शाक्य भन्छन्, ‘जर्मनी, अमेरिका, जापान, थाइल्यान्ड, फ्रान्स, कोरियालगायत देशबाट आयात हुने भनिए पनि अधिकांश यस्ता औषधि चीनबाट भित्त्याइन्छन्। आफूलाई सेक्सोलोजिस्ट दाबी गर्ने कतिपयले मनोचिकित्सकले प्रेस्काइब गर्ने औषधि खोलबाट निकालेर यौनशक्ति बढाउने औषधि भन्दै बेच्ने गरेको पनि पाइन्छ।सृजना खड्काले ’सम्पूर्ण साप्ताहिकमा खबर लेख्नुभएको छ ।

 

 

यौन सम्बन्धपछि युवतीहरुमा देखिन्छ यस्ता ९ परिवर्तनहरु

यौनले कुनै पनि सम्बन्धमा ठूलो परिवर्तन ल्याउँछ । इमोशन्सका साथ जोडीका बीचको सम्बन्धलाई पनि यसले प्रभावित पार्ने गरेको छ । यौनले मानिसमा धेरै प्रकारका परिवर्तनहरु हुन जान्छ । जसमा यौनले युवतीहरुलाई बढी मात्रामा प्रभावित पारिरहेको हुन्छ। यौन सम्बन्ध शुरु गरेपछि युवतीहरुको शरीरमा कयौं प्रकारका परिवर्तन आउँछन् । ती मध्ये केहीलाई हामी यहाँ उल्लेख गर्दै छौं ।

हर्मोनमा आउने परिवर्तन

यौन सम्बन्धपछि पुरुषको तुलनामा महिलाको शरीरमा धेरै अक्सिटक्सिन तथा डोपामाइन हार्मोन छोड्छ । जसका कारण उत्तजेनाका साथ व्यवहारमा पनि असर पर्न सक्छ । यो असर केही समयको लागि मात्र नभएर विस्तारै पुरै व्यक्तित्वमा असर पार्छ । वा यो परिवर्तन यौन कार्यको समाप्तिपछि समाप्त हुँदैन । यो बाँकी जीवनमा रहिरहन्छ ।

 

आत्मविश्वास

यौन सम्बन्धले महिलामा आत्मविश्वास बढाउँछ । जब पार्टनरले युवतीको हरेक चीजमा प्यार गर्छन् भने युवतीको आत्मविश्वासमा समेत वृद्धि हुन जान्छ ।

 

स्तनका सक्रियता

यौनका क्रममा र त्यसपछि पनि स्तन पहिलाको तुलनामा सक्रिय बन्न जान्छ । बास्तवमा यौन सम्बन्धका बीचमा स्नायू प्रणालीले पनि काम गर्छ र स्तन अधिक मात्रामा सक्रिय हुन जान्छ । यौनपछि पनि स्तनको सक्रियता बढीरहन्छ तर जब दिमाग र शरीर शान्त हुन्छ तव यसको सक्रियता कम हुँदै जान्छ ।

स्तनको आकार

यौन सम्बन्धको शुरुवातापछि महिलाको स्तनको आकार पनि बढ्न थाल्छ । यस्तो हर्मोनमा आउने बदलावका कारण हुन्छ । तर यस्तो सबै युवतीमा लागू हुन्छ भन्ने अनिवार्य भने हुँदैन ।

 

योनीमा परिवर्तन

यौन सम्बन्ध वा सक्रियताको शुरुवातपछि महिलाले आफ्नो योनीमा बदलाव आएको महसुस गर्छन् । यस्तो यौनका क्रममा भएको बढी शारिरीक सक्रियताका कारण हुने गरेको छ । यही कारण हो कि समयका साथ योनीको आकारमा बृद्धि हुन्छ ।

 

मनोवैज्ञानिक प्रभाव

जोडीको बीचमा यौन सम्बन्धको शुरुवातले उनीहरुलाई नयाँ स्थितिमा लैजान्छ । यसको असर खासरुपमा महिलाहरुमा धेरै पर्छ । किनकी महिलालाई यौनले फरक महत्व र अर्थ राख्छ । यसैकारण महिला पार्टनरका विषयमा धेरै इमोशनल्ली सेन्सेटिव हुन्छन् ।

 

हिँडाइमा परिवर्तन
बेल्जिनको एक अध्ययनका अनुसार यौन सम्बन्धपछि महिलाको चाल(हिँडाइ)मा प्राकृतिक परिवर्तन आउँछ । जसले उनको हिँडाइमा समेत असर पार्छ ।

 

शारिरीक परिवर्तन

यौन पछि महिलाको शारिरीक वनावट वा बडी शेपमा पनि परिवर्नन हुन जान्छ ।

तौलमा बृद्धि

आम रुपमा हेर्ने हो भने पहिलोपटक सेक्स गरेपछि महिलाको तौल बढ्न शुरु हुन्छ । यस्तो हमौनमा आएको परिवर्तनका कारण हुन्छ ।
यौन कारकाण रक्तकोषहरु फैलन जान्छ ।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति

दुर्गाका समर्थकले आगो लगाएका ट्रकका चालकको मृत्यु

    दुर्गा प्रसाईं पक्राउको विरोध गर्दै उनका समर्थकद्वारा आगजनी गरिएको भारतीय ट्रक

धवलशमशेर राणालाई गिजाको क्यान्सर

    राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर राणालाई क्यान्सर भएको छ ।