आज माधुरी दिक्षित ५१ औ जन्मदिन मनाउँदै, यस्तो छ अझैपनि हट हिट हुनुको राज



 

आज चर्चित अभिनेत्री माधुरी दिक्षितको ५१ औ जन्मदिन । उहाँलाई हाम्रो तर्फबाट जन्मदिनको हार्दिक शुभकामना । उहाँ १५ मई १९६७ मा जन्मिनु भएको हो । उनी उमेरले ५० काटिन । तरपनि अझै यौवन देखिन्छिन् । भिनेत्री माधुरी दिक्षित अहिलेसम्म कुनै अभिनेता वा अभनेत्रीको वृद्ध आमाको भूमिकामा देखिएकी छैनन् । माधुरीको अब आउँदै गरेको फिल्म ‘टोटल धमाल’ मा उनी निकै नै ग्ल्यामरस भूमिकामा देखिनेछिन् ।

 

फिल्म ‘कलंक’ मा पनि माधुरी महत्वपूर्ण भूमिकामा देखिनेछिन् । फिल्म ‘कलंक’ मा उनी कुनै अभिनेता वा अभिनेत्रीकी वृद्ध आमाको भूमिकामा देखिने छैनन् । खबरहरुका अनुसार माधुरी दिक्षित अबका ५÷६ वर्ष यता त्यस किसिमका भूमिका निर्वाह गर्ने पक्षमा छैनन् ।

 

माधुरी दिक्षित र सञ्जय दत्तको जोडीले ९० को दशकमा धेरैओटा चर्चित हिन्दी चलचित्र उत्पादन गरेको छ। ‘खलनायक, साजन, थानेदार र इलाका’।

 

झण्डै दुई दशकपछि माधुरी दिक्षित एकपल्ट फेरी सञ्जय दत्तसँग अभिषेक वर्मनको चलचित्र ‘कलंक’ मा देखिदैछिन्। उनलाई खुसी लागेको छ की पुरानो सहकलाकारसँग काम गर्ने मौका फेरी मिलेको छ। उलाई यो पल्ट काम गर्दा असाध्यै आनन्द आयो।

 

माधुरी दिक्षितले भनिन्, ‘सञ्जय दत्तको छवि चलचित्र साजनबाट फेरियो। दत्तलाई एक्सनसँग जोडिन थालिएको थियो। जब साजनमा उनलाई दिइएको रोलको बारेमा बाहिर थाहा भयो, त्यतिबेला एक्सनको हिरोलाई यस्तो रोल दिँदा चलचित्र फ्लप हुने बताइएको थियो। तर साजन सफल भएपछि उनलाई अलग पहिचान मिल्यो।’

 

मराठी चलचित्रतर्फ रुचि राख्ने माधुरीले रुपमा १५ अगस्टमा नेटफ्लिक्समा चलचित्र प्रदर्शन गरेर आफ्नो नाम निर्देशकको सूचिमा राखिसकेकी छन्।

 

मराठी चलचित्र थियटरमा प्रदर्शन गर्ने विषयमा माधुरीले भनिन्, ‘मराठी चलचित्रलाई ४०० सय थियटर मात्र पाइन्छ, अझ अरु दुई तीन अरु मराठी चलचित्र आएभने हल अझै कम भेटिन्छन्। त्यही बेलामा कुनै हिन्दी चलचित्र चल्यो भने शो कट हुन्छ।’

 

यही समस्याबाट गुज्रिरहेकी माधुरीले आफ्नो चलचित्र नेटफ्लिक्समा प्रदर्शनक गर्ने निर्णय गरिन्। अभिषेक वर्मनले निर्देशन गरेको चलचित्र कलंकमा माधुरी दिक्षितसँग मुख्य भूमिकामा सञ्जय दत्त, वरुण धवन, आलिया भट्ट, सोनाक्षी सिन्हा र आदित्य रोय कपूर छन्।

केही हट हिट पोज हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग