काठमाडौंमा बढ्याे खुलमखुला यौन क्रियाकलाप, नियन्त्रण गर्न सादा पोसाकमा प्रहरी परिचालन



हाम्रो इकोनोमि

 

महानगरीय प्रहरी परिसर (काठमाडौं) ले राजधानीका विभिन्न स्थानमा हुने यौन क्रियाकलाप तथा खुलमखुला रूपमा हुने यौन बार्गेनिङ रोक्न अभियान सुरु गरेको छ।

सार्वजनिक स्थानमा अपाच्य हुनेगरी यौन लक्षित क्रियाकलाप बढ्न थालेको भन्दै परिसरले त्यस्ता गतिविधि रोक्न विशेष अभियान आइतबार सुरु गरेको हो।

मानिसलाई पच्नै नसक्ने गरी अनैतिक क्रियाकलाप हुन थालेपछि प्रहरीले राजधानीमा त्यस्ता गतिविधि रोक्न अभियान सुरु गरेको परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताएका छन्।

आजको राजधानीमा महेश्वर गौतमले यो खबर लेखेका छन्। आइतबार मात्रै प्रहरीले राजधानीका नयाँ बसपार्क, चाबहिल, कोटेश्वर, कलंकी लगायतका क्षेत्रबाट विभिन्न व्यक्ति पक्राउ गरेको जनाएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले अनैतिक क्रियाकलाप हुने ठाउँलाई मध्यनजर राख्दै प्रहरीले उक्त क्षेत्रमा छापा मारेको जानकारी दिए ।

उनले भने, ‘काठमाडौँमा हुने अनैतिक क्रियाकलापलाई रोक्नका लागि प्रहरीले उक्त अभियान सञ्चालन गरेको हो ।’

महिला प्रहरीलाई सादा पोशाकमा उक्त क्षेत्रमा परिचालन गरेको थियो ।

पक्राउ परेकालाई म्याद थप गरी अनुसन्धान गरिरहेको परिसरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...