महिलाहरुले कसरि गर्छन त हस्तमैथुन ! जान्नुहोस्



हाम्रो इकोनोमि

 

महिलाको सन्दर्भमा योनिलाई नै प्रमुख यौनअङ्ग मानिन्छ । यद्यपि महिलाका अन्य विभिन्न अङ्ग पनि यौनका दृष्टिकोणले सम्बेदनशील हुन्छन् ।

जस्तै– भगक्षेत्र, ठूलो तथा सानो भगोष्ठ, भगांकुर, स्तन आदि ।

त्यसबाहेक मुख तथा अधर, नितम्ब, गुदद्वार, मलाशय, चर्म (छाला) लाई हामीले यौन अङ्गका रूपमा नलिए पनि हामीले पाउने धेरैजसो यौन सुख यही अङ्गबाट प्राप्त गरिरहेका हुन्छौं ।

जाँध, तिघ्राको भित्री भाग, धाँटी, काखी आदि यौन संवेदनशील हुन सक्छन् । स्पर्शको अनुभति विभिन्न किसिमका हुन सक्छन्, जस्तै कि मर्दन, हल्का स्पर्श, सुमसुम्याइ आदि ।

पुरुषको तुलनामा महिलाहरूले हस्तमैथुन गर्ने तरिकामा बढी विविधता हुन्छ । महिलाहरूले विभिन्न यौनअङ्गलाई प्रयोगमा ल्याई हस्तमैथुन गरेको पाइन्छ । हस्तमैथुन गर्दा यौन परिकल्पना एउटा महत्वपूर्ण पक्ष हो ।

हस्तमैथुन गर्दा आफूले चाहेअनुरूप यौन क्रियाकलापमा संलग्न व्यक्ति, स्थान अनि आसनको कल्पना गर्न सकिन्छ र त्यसमा मानसिक पक्ष सबल रूपमा जोडिएर थप आनन्द प्राप्त हुन्छ ।

भगांकुर चलाउनु

भगांकुर चलाउनु वा त्यसको घर्षण नै महिला चरमसुखमा पुग्ने सबैभन्दा महत्वपूर्ण यौन क्रियाकलाप हो । यस्तै ९० प्रतिशत महिलामा यौन संवेदनशीलताको केन्द्र भगांकुरलाई नै मानिन्छ । आफूलाई सजिलो लाग्ने वा मन पर्ने कुराले यसलाई चलाउन सकिन्छ ।

त्यसलाई चलाउने वा घर्षण गर्नेबाहेक दबाब दिने, विस्तार हल्लाउने वा जोडले हल्लाउने वा त्यसलाई कुनै वस्तुले थिच्ने जस्ता अनेक उपाय अपनाउन सकिन्छ । पानीको हल्का फोहराको प्रयोगलाई पनि कतिपय महिलाले विशेष उत्तेजना प्रदान गर्ने कुराका रूपमा लिएका छन् ।

योनिमा केही पसाउनु

योनिमा केही पसाएर यौन आनन्द लिन सकिन्छ । यसो गर्दा योनिमा पर्याप्त मात्रामा रस आइसकेको हुनुपर्छ र यौन उत्तेजना हुँदा यो स्वाभाविक रूपमै हुन्छ । त्यस्तो नभएको स्थितिमा अन्य कुनै चिप्लो पदार्थ प्रयोग गर्न बिर्सनु हुँदैन । त्यस्तो पसाउने कुरा सफा भएको कुरा सुनिश्चित गर्नु पर्ने हुन्छ ।

यौन प्रसाधनको प्रयोग

भगांकुर होस वा योनि, हस्तमैथुनमा औंलाको प्रयोग नै महत्वपूर्ण हुन्छ । औला बहुउपयोगी हुने भएकाले त्यसलाई चाहेअनुरूपको दबाब, गति वा तरिकाले चलाउन सकिन्छ जसले आनन्द थप्छ । त्यसबाहेक महिला शरीरका अन्य अङ्गहरूको स्पर्श, मर्दन वा सुमसुम्याई यौन आनन्द पाउने कुरामा सहायक हुन्छन् ।

अचेल यसरी यौन आनन्द लिने क्रममा महिलाहरूले यौन प्रसाधन वा वस्तुहरू पनि प्रयोग गर्न थालेका छन् । कतिपयले पुरूषको लिङ्ग आकारको कृत्रिम वा प्राकृतिक वस्तु पनि प्रयोग गर्छन् । अंग्रेजीमा खष्दचबतयचक भनिने यौन प्रसाधन विभिन्न आकार–प्रकारमा उपलब्ध हुन्छन् । तुलनात्मक रूपमा यसको प्रयोगबाट यौन आनन्द प्राप्त गर्न सजिलो हुनाले पनि कैयौं महिलाले यसलाई मन पराउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...