रात परेपछि बढी उत्तेजना फिल हुन्छ, मेरो कुनै केटासाथी पनि छैन, अव के गरौं ?



 

हामी सबैलाई थाहा भएकै कुरा हो, यौन उत्तेजना एउटा सामान्य कुरा हो र यो विशेष गरेर तपाईंको जस्तो किशोरावस्थामा तीव्र हुन्छ ।

दिउँसो अन्य काममा अलमलिए पनि राति एक्लै हुँदा यसले बढी पिरोलेको हुनुपर्छ ।

आफूमा आउने यौनचाहना र त्यसलाई शान्त पार्न के गर्न हुन्छ, के गर्न हँुदैन जस्तो कुरामा अलमलसमेत हुन सक्छ ।

 

यसरी तीव्र रूपमा यौन चाहना हुँदा पढाइका साथै, घरका अन्य कामकाजमा मन नजान सक्छ ।

घरपरिवार अनि समाजले अपेक्षा गरेको कुरामा चाहेअनुसार ध्यान केन्द्रित गर्न सकिँदैन ।

त्यसबाट एक किसिमको मानसिक द्वन्द्व उत्पन्न हुन्छ जसले चिन्ता र तनाव दुवै थप्छ । यसले पढाइजस्ता काममा बढी नकारात्मक असर पार्छ ।

 

किशोरावस्थामा यौनसम्पर्कको विकल्प नहुन सक्छ । विवाहपूर्व यो एक किसिमले वर्जित विषय हो । केटासाथी हुँदासमेत यौनसम्पर्क राख्न असजिलो हुने स्थितिमा केटासाथी नहुँदा यो थप गाह्रो कुरा हो । तपाईलाई थाहै हुनुपर्छ कि यस्तो स्थितिमा यौन उत्तेजना शान्त पार्न कतिपय किशोरीले हस्तमैथुन गर्छन् ।

यौन आनन्द प्राप्त गर्ने वैकल्पिक उपाय 

विवाह नगरेसम्म यौनसम्पर्क नराख्ने तपाईंको विचारको म सराहना गर्छु, तर त्यसको अर्थ तपाईंले यौन सुख प्राप्तिबाट वञ्चित रहनुपर्छ भन्ने होइन । महिलाहरूले अन्य पुरुषसँगको यौनसम्पर्कबिना पनि यौनआनन्द प्राप्त गर्ने अनेक उपाय छन् । यसका वारेमा छोटकरीमा चर्चा गरौं । विशेष गरेर किशोरावस्थामा यौनचाहना तीव्र हुँदा हस्तमैथुन यौनेच्छा शान्त पार्ने एउटा राम्रो विकल्प हो ।

 

 

हस्तमैथुनको थालनी आफ्नो शरीर, त्यसमा पनि विशेष गरी यौनअङ्गसम्बन्धी जानकारी प्राप्त गरेपछि मात्र गर्नु सहयोगी हुन सक्छ । हस्तमैथुनबाहेक योनि, स्तन तथा अन्य यौन संवेदनशील अङ्गको मर्दन, घर्षण अनि चलाउने जस्ता क्रियालापमा संलग्न हुन सकिन्छ । त्यसबाहेक अन्य अनेक नयाँ प्रयोगहरू गर्न सकिन्छ । पुरुषहरू जस्तै महिलाहरू पनि यौन उत्तेजक दृश्य, स्पर्श अनि यहाँसम्म कि परिकल्पनाले उजेजित हुन सक्छन् ।

महिलाहरूले हस्तमैथुन गर्दैनन् भन्नेहरू पनि प्रशस्त छन् तर महिलाहरूले पनि हस्तमैथुन गर्छन् । किन्सेले गरेको अध्ययनमा सोधिएका मध्ये ९२ प्रतिशत पुरुषले हस्तमैथुन गरेको कुरा बताएका थिए भने ६२ प्रतिशत महिलाले । पछि गरिएका अध्ययनहरूमा ८२ प्रतिशतसम्म महिलाले आफूलाई हस्तमैथुनको अनुभव भएको बताएका थिए । कान्तिपुर साप्ताहिकबाट साभार

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग