पढाइ चलिरहँदा कक्षाकोठामै लाजमर्दो काम गर्दागर्दै भेटीए ९ कक्षाका २ छात्रा



हाम्रो इकोनोमि

 

कक्षाकोठामै लाजमर्दो काम गरेको अभियोगमा एक सरकारी विद्यालयले आफ्ना २ छात्रालाई स्कुलबाटै निकालिदिएको छ ।

उनीहरुले कक्षामा पढाइ चलिरहेका बेला पछाडि बसेर निकै घृणित काम गरिरहेका थिए ।

उनीहरुको हर्कतबारे कक्षाकै एक विद्यार्थीले शिक्षकलाई बताएपनि उनीहरुलाई शिक्षकले रंगेहात समातेका हुन् ।

यी दुवै छात्राहरु ९ कक्षामा पढ्ने भएको बताइएको छ । घटना आन्ध्र प्रदेशको हो । यी दुई छात्राले कक्षाको अन्तिम बेचमा बसेर कोल्ड ड्रिंकमा रक्सी मिसाएर पिउँदै थिए ।

पक्राउ परेपछि उनीहरुले आफ्ना पिताका कारण आफूहरुलाई रक्सी पिउने लत लागेको बताएका छन् ।

निदामनुरुको एक सरकारी स्कुलमा ९ कक्षामा पढ्ने यी दुई छात्राको स्कुलका प्रधानाध्यापक सुरेश कुमारका अनुसार उनीहरुले बियरको बोतल स्कुल ब्यागमा लुकाएर ल्याएका थिए ।

कक्षाका अरु विद्यार्थीहरुलाई शंका नहोस् भन्नको लागि उनीहरुले सफ्ट ड्रिंकमा बियर मिसाएर कक्षामै पिउन थालेका थिए ।

कक्षाका विद्यार्थीहरुले सोध्दा उनीहरुले साथीहरुलाई कुरामा भुलाएका थिए तर एक विद्यार्थीलाई रक्सीको शंका लागेपछि उनले शिक्षकलाई भनिदिए ।

शिक्षकले जब उनीहरुको स्कुल ब्याग चेक गरे भित्रबाट बियरका खाली केन निस्किए ।

त्यसपछि उनीहरुका अभिभावकलाई खबर गरियो र उनीहरुलाई कारवाही गरियो । दुवै छात्रालाई स्कुलबाट निकालिएको छ । उनीहरुको क्रियाकलापले अन्य बालबालिकामा गलत असर परेको भन्दै उनीहरुलाई निकालिएको हो ।

यी दुवै छात्राका पिता रक्सीको लत भएका भएको बताइएको छ । पिताकै रक्सी चाखेपछि उनीहरुले रक्सी पिउन सिकेको बताएका छन् ।

यी दुई छात्रालाई यसरी समातिएको पहिलो घटना भने होइन । उनीहरुलाई यसअघि पनि यसैगरी रक्सी पिइरहेको अवस्थामा रंगेहात समातिएको थियो ।

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले गर्‍यो सीमा व्यापार सुरु

    भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...