कस्ता अंग ठुला भएका युवती हरु भाग्यशाली हुन्छन ,जानीराखौँ यी अंग हुन्छन् ,



 

 

महिलाहरूको हरेक अंगमा उनीहरूको कुनै न कुनै रहस्य लुकेको हुन्छ । महिलाहरूको हरेक अंगले उनीहरूको स्वभावको बारेमा केही दर्शाउँछ ।पुराणमा पनि महिलाहरूको केही अंगहरूलाई भाग्यशाली भनिएको छ ।

आज हामी महिलाहरूको ती अंगको बारेमा चर्चा गर्दैछौं, जुन ठूलो भएमा महिलाहरूलाई भाग्यशाली भनिन्छ ।

ठूलो कान- जुन महिलाको कान ठूलो हुन्छ, उनीहरूको उमेर लामो हुन्छ र भाग्यशाली मानिन्छ । लामो कपाल- महिलाहरूको लामो कपाल भाग्यशाली हुनुको निशानी हो ।

लामो हात- जो महिलाको हात लामो हुन्छ, उनीहरूलाई सुख र ऐश्वर्य मिल्छ । लामो खुट्टा- लामो खुट्टा भएका महिलाहरूलाई लक्ष्मी समान शुभ मानिन्छ ।

ठूलो नाइटो- जो महिलाको नाइटो ठूलो र गहिरो र दायाँतर्फ मोडिएको हुन्छ भने उनीहरू धनवान र भाग्यशाली हुन्छन् ।

लामो घाँटी- जो महिलाको घाँटी लामो हुन्छ, उनीहरू परिवारको लागि धनवान र भाग्यशाली हुन्छन् ।
यो पनि हेर्नुहोस :

प्रधानमन्त्री ओलीले भने–निर्मला पन्तको हत्यारा पत्ता लाग्थ्यो, तर…पुरा पढ्नुहोस
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘निर्मला पन्तको हत्यारा यसअघि नै सजिलै पत्ता लाग्थ्यो’ भन्ने दाबी गरेका छन् ।

राजनीतिक दल र गैरसरकारी संस्थाका कारण हत्यारा पत्ता लाग्न नसकेको प्रधानमन्त्री ओलीको विश्लेषण छ । मंगलबार नेकपा संसदीय दलको बैठकमा बोल्ने क्रममा प्रधानमन्त्री ओलीले निर्मला पन्त हत्या प्रकरणबारे भने, ‘निर्मला पन्तको केस, त्यो सजिलोसँग पत्ता लाग्थ्यो ।

’ निर्मला पन्त प्रकरणलाई राजनीतिक मुद्दा बनाएर सरकारका विरुद्ध सुरुदेखि नै तमासा देखाउने काम भएकाले हत्यारा पत्ता लाग्न नसकेको प्रधानमन्त्री ओलीले दाबी गरे ।संसदीय दलको बैठकमा प्रधानमन्त्रीले भने, ‘अहिले १२ वर्ष अगाडिका अपराधका मुद्दाहरुमा गिरफ्तार भइरहेका छन् । व्यापक रुपमा गिरफ्तार भइरहेका छन् ।

एउटा निर्मला पन्तको केस, त्यो सजिलोसँग पत्ता लाग्थ्यो । तर, राजनीतिक पार्टी र गैरसरकारी संस्थाहरु मैदानमा उत्रिए । …

पहिलो दिनदेखि सरकारका विरुद्ध तमासा गर्ने काम सुरु भयो ।’प्रधानमन्त्रीले अगाडि भने, ‘घटना घट्न पाएको छैन, फलानोलाई किन गिरफ्तार गरेको, फलानोलाई किन गिरफ्तार नगरेको, भनियो’ प्रधानमन्त्रीले भने, ‘राजनीतिक पार्टीका कारण निर्मला पन्तबारे निश्पक्ष छानविन हुन पाएन ।’ निर्मला पन्तका बुबा र आमालाई मानसिक सन्तुलन गुमाउने गरी राजनीतिक खेलौना बनाइएको प्रधानमन्त्रीले आरोप लगाए । ‘निर्मलाका बुबा र आमालाई घेरेर बन्दीजस्तो बनाइयो ।

मानसिक सन्तुलन गुमाउने अवस्थामा पुर्‍याइयो’, प्रधानमन्त्रीले भने, ‘यो प्रवृत्ति उचित होइन ।’ निर्मला पन्त प्रकरणबाहेक अन्य अपराधका घटनामा भने सरकारले सफलता हात पारिरहेको प्रधानमन्त्रीले दाबी गरे । देशमा शान्ति सुरक्षाको अवस्था राम्रो रहेको उनले आफ्नो दलका सांसदहरुलाई सुनाए । निर्मला पन्तको हत्यारा पत्ता नलागे पनि देशमा शान्ति सुरक्षाको स्थितिमा अभुतपूर्व सुधार देखिएको प्रधानमन्त्रीले दाबी गरे ।

उनले भने, ‘त्यो एउटा घटना पत्ता लागेन, तर अरु तमाम घटनाहरुमा अपराध यसरी पत्ता लागेको छ कि अहिलेजति समाजमा शान्ति सुव्यवस्था कायम भएको छ, त्यति विगत निकै धेरै वर्षदेखि कायम भएको थिएन ।’निर्मला पन्तको हत्यारा पनि समय क्रममा पक्राउ पर्ने र यो घटनालाई राजनीतिक गर्नेहरुको पनि खुलासा हुने प्रधानमन्त्रीले दाबी गरे ।

प्रधानमन्त्री ओलीले निर्मला पन्त हत्या प्रकरणमा ‘तमासा देखाइएको’ भनेता पनि स्थानीय प्रहरी प्रशासनले छानविनमा सुरुदेखि नै लापरवाही गरेका कारण पीडितको पक्षमा सहानुभूति राख्नेहरु आन्दोलनमा उत्रिएका थिए ।

स्थानीयबासीहरु आन्दोलनमा नउत्रिएको भए यो घटना त्यत्तिकै सामसुम हुने स्थिति थियो । किनभने, देशभरिका यस्ता बलात्कारका कैयौं घटनाहरु त्यत्तिकै सामसुम हुँदै आएको स्थिति छ । त्यसो त निर्मला पन्तका हत्यारालाई कारवाही गर्ने वा यो घटनाको छानविन गर्ने कार्यमा स्थानीय प्रहरी प्रशानबाट लापरवाही भएको कुरा स्वयं ओली सरकारले स्वीकार गरिसकेको छ ।

अनुसन्धानमा लापरवाही गरेको आरोपमा केपी ओली नेतृत्वको सरकार आफैंले कञ्चनपुरका एसपी लगायत प्रहरी टोलीलाई निलम्बनको कारवाही गरेको अवस्था छ ।

गौतम बुद्ध रङ्गशाला बन्छ ’ भन्दै आए चर्चित कलाकार बद्रि पंगेनी र पूर्णकला बि.सी .
चर्चित गायक बद्री पंगेनी र पूर्णकला बिसीले क्रिकेट गीत सार्वजनिक गरेका छन् ।धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियान सफल बनाउन सबैलाई आग्रह गर्दै उनले क्रिकेटसम्बन्धी गीत सार्वजनिक गरेका हुन् ।

‘रङ्गशाला बन्छ नेपालीको’ बोलको गीतलाई दुर्गा पंगेनीले लेखेका हुन् भने संगीत बद्री पंगेनीले नै दिएका छन् । गीतमा पूर्णकला बिसीले उनलाई साथ दिएकी छिन् ।

हरेक नेपालीको सपना, देशको गौरवको परियोजना नेपालीलेनै सफल बनाउनुपर्ने जस्ता भाव बोकेको गीतको भिडियो सुदिप बरालले खिचेका हुन् भने शंकर बिसीले निर्देशन गरेका हुन् ।

भिडियोमा धुर्मुस सुन्तलीले गरेका उदाहरणीय कार्यहरु समावेश गरिएको छ । खेलाडीहरुले संसारभर नेपाल चिनाइरहेको बेला रङ्गशाला अनिवार्य आवश्यक रहेको र नेपालीहरु मिलेर रङ्गशाला निर्माणमा सहयोग गर्नुपर्ने गायक बद्री पंगेनी बताउँछन् ।

गीत धुर्मुस सुन्तली फाउन्डेशनको अफिसियल युट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग