श्रीमानकै अगाडि श्रीमतीको सामूहिक बलात्कार, भिडियो पनि बनाए



हाम्रो इकोनोमि

 

महिलामाथिको यौन हिंसा डरलाग्दो समस्याको रुपमा बढिरहेको छ । नेपाल मात्र होइन छिमेकी देश भारत पनि यो समस्याबाट मुक्त छैन ।

भारतको राजस्थानको अलवर जिल्लामा एक दलित महिलालाई आफ्नै श्रीमानको अगाडि ने सामूहिक बलाकार गरेका छन् ।

दम्पत्तीको बाटो छेकेर सुनसान स्थानमा पुर्‍याइयो र श्रीमतीमाथि सामूहिक बलात्कार गर्नुको साथै श्रीमानलाई निर्घात कुटपिट समेत गरेका छन् ।

पीडितका अनुसार आफ्ना श्रीमानसँग मोटरसाइकलमा गइरहेका बेला पाँचजनाले उनीहरुलाई घेरेर रोके र सुनसाना स्थानमा लगेर श्रीमानको सामुन्ने नै बलात्कार गरेका थिए ।

बीबीसीकाे अनुसार उनीहरूले बलात्कार गरेकाे र श्रीमनमाथि निर्घात कुटपिट गरेकाे भिडियाे समेत बनाएका छन् ।

अहिले उक्त भिडियाे भाइरल बन्दै गएकाे छ । यस विषयमा दलित संगठनले अलवरको थानामा प्रदर्शन पनि गरेका छन् ।

बलात्कार गरेकाे आराेपमा एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ भने चार जनाकाे खाेजी भइरहेकाे छ ।

लोकसभा चुनावका कारण पुलिसले यो घटनालाई थुप्रै दिनसम्म लुकाएर राखेकाे दलित संगठनले आराेप लगाएकाे छ ।

घटना अप्रिल २६ को बताइएकाे छ।भिडियो भाइरल गरिदिने चेतावनी दिएकाले पीडित दम्पत्तीले यसबारे मुख खोल्ने हिम्मत नगरे दलित संगठनकाे दाबी छ ।

दलित संगठनले मंगलबार पनि प्रदर्शन गर्दै राष्ट्रिय राजमार्ग समेत अवरूद्ध पारे ।

त्यसपछि पुलिस सक्रिय भएर एक अभियुक्तलाई पक्राउ गर्‍यो ।

 

राज्यका पुलिस महानिर्देशक कपिल गर्गले पत्रकार सम्मेलनमा घटनामा पाँचजनाको संलग्नता देखिएको र अभियुक्तको खोजीमा १४ समूह गठन गरिएको जानकारी दिए ।

पीडितको मेडिकल एवं फरेन्सिक जाँच पनि भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले...

अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...