टाइट जीन्स लगाउदा क्यान्सर , हृदयघात देखि बाँझोपनको खतरा



हाम्रो इकोनोमि

 

आधुनिक जीवनशैली अपनाएर स्टाइलिश देखिने चक्करमा युवतीहरू नयाँ फेशन ट्रेन्ड अपनाइरहेका हुन्छन्

आजकल टाइट जीन्स लगाउने फेशन खुबै चलेको छ । आफ्नो फिगर राम्रो देखिन्छ अनि फेशनेबल भइन्छ भनी टाइट जीन्स लगाउने महिलाहरूले स्वास्थ्यलाई हानि गरिरहेका हुन्छन् ।

पर्फेक्ट फिगरको चक्करमा क्यान्सर र हृदयघात जस्ता गम्भीर रोग निम्तिरहेका हुन्छन् ।

टाइट जीन्स लगाउँदा गर्भाशय साँघुरिन्छ र बाँझो हुने खतरा बढ्छ । यस्तो जीन्सले पेटलाई निकै थिच्छ र पछि गएर समस्या आउँछ ।

युटेरसमा संक्रमण हुन्छ र समयमै उपचार नपाइएमा ट्युबमा स्थायी ब्लकेज आउँछ र पछि गएर आमा बन्न समस्या हुन्छ ।

टाइट जीन्स लगाउँदा महिला र पुरुष दुवैमा कम्मर र पिठ्युँसम्बन्धी समस्या पनि निम्तिन्छ ।

यसले गर्दा मांसपेशीमा जोड पर्छ र नितम्ब स्व तन्त्र रूपमा हल्लिन पाउँदैनन् । अनि मेरुदण्डको हाडमा पीडा हुन थाल्छ । यसैले गर्दा महिलाहरूमा स्लिप डिस्कको पनि समस्या आउँछ ।

टाइट जीन्सका कारण गोडाका नसामा भएका भल्भ कमजोर हुन्छन् अनि नसा फैलिन थाल्छन् जसबाट गाँठो बन्छ ।अनि गोडा बाउँडिने समस्या पनि बढ्छ ।

यसले मुटुरोग पनि निम्त्याउँछ । रक्तसञ्चार रोकिने भएकाले मुटुसम्म सही मात्रामा रगत पुग्दैन ।

अनि मुटुरोगका साथै हृदयघातको सम्भावना बढ्छ । स्वास्थ्य अनुसन्धानकर्ताहरूले यस्तो जीन्स लगाउँदा छालाको क्यान्सरको जोखिम निकै बढ्ने बताएका छन् ।

लामो समयसम्म टाइट जीन्स लगाउँदा पुरुष र महिला दुवैका गोडाका नसामा रगत जम्छ र रक्तसञ्चारको गति पनि घट्छ ।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...