सन्नीले पहिलो पटक यी पहिलो बोल्ड फोटोशुटले आमाको मंगलसुत्र फिर्ता ल्याएकी थिइन् ! -१० तस्विर
सन्नी लियोनीको बायोपिक ‘करणजीत द अनटोल्ड स्टोरी अफ सन्नी लियोनी’ अहिले चर्चाको विषय बनेको छ ।
फिल्ममा मुख्य भुमिका सन्नी स्वयंले निर्वाह गरेकी छिन् । डिजिटल प्लेटफर्ममा रिलिज १० एपिसोडको वेब सिरिजमा सन्नीका जिन्दगीका केही किस्सा प्रस्तुत गरिएको छ ।
पहिलो कमाईका सन्दर्भमा एउटा किस्सा चर्चित छ । घरको आर्थिक स्थिती कमजोर भएपछि सन्नीको आमाले आफ्नो मंगलसुत्र धरौटी राखेकी थिईन् ।
जब सन्नीले उक्त कुरो थाह पाईन् उनले आफ्नो पहिलो कमाईले आमाको मंगलसुत्र निकालिन् ।
फोटोशुटका लागि राजी थिईनन्
यो किस्सा सन २००३ को हो, जब सन्नीलाई एडल्ट म्यागजिन ‘पेन्टहाउस’का लागि बोल्ड फोटोशुटको अफर आयो । सन्नीका बुबाको जागीर गईसकेको थियो भने आमालाई घर चलाउने तनाब थियो । यस्तो वेलामा आएको अफर स्वीकार्ने कि नस्वीकार्ने सन्नी दोधारमा परिन् । एकदिन सन्नी आमासंगै बजार गईन् । आमाले मंगलसुत्र धरौटी राखेर केही पैसा लिएको देखिन् । सन्नीलाई लाग्यो । आमाको रक्सि पिउने वानी छ त्यहि कामका लागि मंगलसुत्र धरौटीमा राखिन् । जब आमाले घरको समस्या वारे सन्नीलाई जानकारी गराईन् । सन्नी आफैं तनावमा परिन् ।